स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु
नेपालगन्ज ७ साउन । गाउँ समुदायमै स्थानीय सरकार स्थापना भएपछि सेवा प्रवाहको अवस्थालाई परिवर्तन गरी आधुनिक बनाई प्रभावकारीता बनाउनुपर्नेमा जोड दिइएको छ । सेभ द चिल्ड्रेनको सहकार्यमा बाँके युनेस्को क्लबको संयोजनमा इन्द्रपुर स्वास्थ्य चौकीको आज गरिएको सामाजिक परिक्षण कार्यक्रमका सहभागीहरुले सबै अधिकार अब गाउँमा आएपछि परम्परागत स्वास्थ्य सेवा सुधार गरी नयाँ बाटोमा लैजानुपर्ने सुझाव दिएका थिए । स्थानीयस्तरमै स्रोत साधनको व्यवस्थापन गरी स्वास्थ्य संस्थालाई मिनी अस्पतालको रुपमा अवधारणा अघि...
सुर्खेत -कर्मचारी कल्याणकारी समाज, स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही साउन ३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तोडफोड पदाधिकारीको योजनामा भएको भन्दै उनीहरुको राजीनामा माग गरेको छ। प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्लेसहितका पदाधिकारीले यहाँ अध्ययनरत एचए र स्टाफ नर्सका विद्यार्थी परिचालन गरी तोडफोड गर्न लगाएको समाजका अध्यक्ष रामकान्त उपाध्यायले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाए। उपकुलपति वाग्लेलगायत अन्य पदाधिकारीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीलाई...
काठमाडौं, ७ साउन- चिकित्सा शिक्षा सुधार लगायतका माग राखेर अनसनमा बसेका डा. गोविन्द केसीको अनशन आज २४ औं दिनमा पुगेको छ । यसअघि ११ औं अनशनका समयमा डा. केसी सबैभन्दा बढी २३ दिनसम्म अनशन बसेका थिए । अहिले उनी १५ औं अनशनमा छन् । डा. केसीले असार १६ गते जुम्लाबाट अनशन शुरु गरेका हुन् । जुम्लामा स्वास्थ्य उपचार गर्ने पर्याप्त व्यवस्था नभएपछि सरकारले उनलाई बिहीबार जबरजस्ती काठमाडौंमा ल्याएको थियो । सरकारले डा. केसीको मागका...
राधा आचार्य, नेपालगञ्ज, ३ श्रावण। बाँकेका सबै स्वास्थ्य संस्थामा आज बहिरङ्ग बिभागका सेवाहरु बन्द गरिएको छ। नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका कारण बाँकेमा पनि सबै स्वास्थ्य संस्थाका आकस्मिक सेवा बाहेक सबै सेवा ठप्प पारिएको हो। नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेज नेपालगन्जले आपत्कालीन सेवा मात्र दिइरहेको छ भने नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, भेरी अस्पतालमा समेत आस्कमिक सेवा मात्र प्रदान गरिएको छ। अस्पतालका...
जुम्ला,३ श्रावण । जुम्लामा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीले काठमाडौ जान अस्वीकार गरेका छन्। कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई हप्ता बढी समय देखि आमरण अनशन बसिरहेका डा. केसीको स्वास्थ्य गम्भीर भएको भन्दै सरकारले बिहीबार आज बिहान डा.केसीलाई लिन हेलिकोप्टर पठाएको थियो । डा. केसीले आफूलाई सरकारले अपहरण गरेर काठमाडौं लैजान खोजेको आरोप लगाएका छन् । डा. केसीले आफ्ना सर्मथक तथा पत्रकारहरुसित भने, ‘मलाई अपहरण गरेर काठमाडौं लैजाने प्रयास भइरहेको छ...
नेपालगन्ज, ३ श्रावण। बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवनरक्षाका लागि काठमाडौँ ल्याउन सरकारले आज बिहान हेलिकोप्टर पठाएको छ । उहाँको जीवनरक्षा र स्वास्थ्य उपचारका लागि काठमाडौँ ल्याउनु अत्यावश्यक भएकाले आज बिहान हेलिकोप्टर पठाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो । मन्त्रालयका सचिव खगराज बरालको टोली उहाँलाई लिन गएको छ । काठमाडौँ ल्याएपछि केसीलाई तत्काल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिनेछ । गएराति प्रधानमन्त्री...
नेपालगञ्ज,३१ असार – अबको एक दुई दिन पछि श्रावण महिना लाग्दै छ । साउन महिना सुरु भएसंगै बाँकेका निकै व्यस्त बजारमा सडक छेउमै हरियो चुरा र मेहंदी लगाउन सुरु गरिएको छ । अन्य समयमा यस्ता सामाग्रीहरु लगाउन खासै महत्व नदिनेहरु पनि श्रावण महिनामा भने विषेश महत्वका साथ हरियो चुरा, मेहन्दी तथा पहिरन लगाउन चासो देखाउने गरेको देखिएको छ । श्रावण महिनामा भगवान् शिवलाई जल चढाउने संस्कृतीसंगै नेपाली नारीहरुले हरियो चुरा,...
जाजरकोट, ३०असार । पाँच महिना देखि तलव नपाएको भन्दै नलगाड नगरपालिका अन्तरगतका स्वास्थ्यका कर्मचारीहरुले बिहिबार देखि सवै सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मीहरु पटक–पटक नगरपालिका संग तलव माग गर्दा पनि संबन्धित निकायवाट कुनै सुनुवाई नभएपछि आन्दोलन गर्नु परेको स्वास्थ्यका कर्मचारी बिजय चौधरीले बताए । स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको तलव बाटो निमार्णमा खर्चिनु दुखद भएको बताउदै चौधरीले केन्द्र सरकार र प्रदेश सरकार व्यखवर हुनु दुःखद भएको जिकिर गरे...
नेपालगन्ज, ३० असार । हिजोआज जताततै ‘काली मार्सी चामल’ को चर्चा चुलिएको छ । राजनीतिदेखि स्वास्थ्य क्षेत्रसम्म यसकै चर्चा परिचर्चा छ । आफैंमा लामो इतिहास बोकेको फाइदाजनक यो अन्नबाली एकाएक हिट हुन पुगेको छ । कारण तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको घरमा खाना खाएको प्रसंग हो । जुम्लाको निकै पोषिलो र अत्याधिक काव्रोहाइड्रेट प्राप्त गर्न सकिने यो चामलको...
हुनेवाला जीवनसाथीलाई लिएर सबैको मनमा आ-आफ्नै इच्छा हुन्छ । कोही आफ्नो भविष्यको जीवनसाथी सपनाको राजकुमारलाई बनाउन चाहन्छन् , त कोही आफूले सबैभन्दा धेरै मन पराएको व्यक्तिलाई नै आफ्नो जीवनसाथीको रुपमा हेर्न चाहन्छन् । जसबाट उनीहरुले माया, प्रेम, विश्वास लगायतका विभिन्न कुराको अपेक्षा राख्ने गर्छन् । यस्ता अपेक्षा पुरुषहरुले महिलाबाट मात्र हैन, महिलाहरुले पुरुषबाट पनि राख्ने गर्छन् । महिलाले पुरुषबाट गर्ने अपेक्षा : कुनै पनि महिलाले आफ्नो श्रीमान् बाट गर्ने अपेक्षा भनेकै...