स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु
तुलसीपुर,१८ भदौ।नेपाल नेत्रज्योति संघ दाङका अध्यक्ष कृष्णकुमार गिरीले संघद्धारा सञ्चालन भएका आँखा अस्पतालहरुले दिने सेवा गुणस्तरीय तथा अत्याधुनीक सुबिधा सम्पन्न गराउनको लागी आफुहरु लागेको बताउनु भएको छ। आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्र्तगत सञ्चालन भएको छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको अत्याधुनिक पूर्ण ल्याव सेवा उद्घाटन गदै गिरीले अव सवै आँखा अस्पतालमा अत्याधुनिक ल्याव सेवा सञ्चालन हुने बताउनु भयो । गिरीले यस अघिपनि ल्याव सेवा दिएको र त्यसलाई व्यवस्थीत गदै...
काठमाण्डौ,१८ भदौ।आन्दोलनमा उत्रिएका चिकित्सकहरूलाई सरकारले वार्तामा बोलाएको छ। स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले वार्ताका लागि बिहान ११ बजे चिकित्सकलाई मन्त्रालयमा बोलाएका हुन्। ‘राज्यमन्त्रीले वार्तामा बोलाउनु भएको छ। हामी जान्छौं तर आन्दोलन पनि जारी राख्छौं,’ नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले भने। संघको आयोजनामा आज देशभरका अस्पतालमा प्रशासनिक काम बन्द गरिएको छ। आइतबार आकस्मिकबाहेक सेवा बन्द गरेर चिकित्सकहरूले नयाँ मुलुकी ऐनमा भएको इलाज व्यवस्थाको विरोध गरेका थिए। ऐन बनाउँदा आफूहरूलाई एक पटक पनि नसोधिएको...
काठमाडौ,१८ भदौ। अपराध संहिताका उपचारसँग सम्बन्धित केही बुँदा संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलित भएपछि आइतबार देशभरको स्वास्थ्य सेवा प्रभावित भए । चिकित्सकहरुले उपचार नगरी आइतबार राजधानीलगायत जिल्ला सदरमुकामहरुमा प्रदर्शन गरेका थिए ।संघले आज सोमबार समेत देशभरका स्वास्थय संस्थाको प्रशासनिक काम बन्द गर्ने जनाएको छ । यस्तै मंगलबार आकस्मिकबाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना नलिने, बुधबारदेखि आकस्मिक सेवा बाहेक अन्य शल्यक्रिया बन्द गर्ने, बिहीबारदेखि आकस्मिकबाहेक ल्याब तथा रेडियोलोजी सेवा बन्द...
नेपालगञ्ज, १७ भदौ । नेपाल चिकित्सक संघले आज( आईतबार) देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ । नेपाल चिकित्सक संघ बाँके भेरी शाखाले पनि केन्द्रिय कार्यक्रम अनुसार जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा सांकेतिक विरोध स्वरुप आज आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको जनाएको छ । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । चिकित्सक संघ बाँके भेरी शाखाका अध्यक्ष डा.विनोद कर्णले सरकारले आफ्ना कुरा नसुनेपछि...
नेपालगन्ज, १७ भदौ । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ । डाक्टरहरुले आजै नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेका छन् । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलले भने, ‘सरकारले हाम्रा कुरा नसुनेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपर्यो ।’ उनका अनुसार मुलुकी अपराध संहिता संशोधनको माग गर्दै आइतबार बिहान १० बजे माइतीघर मण्डलामा...
दैलेख, १५ भदौ ।दैलेखको दुल्लु अस्पतालमा चिकित्सकसहित अन्य सुविधा नहुँदा स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ। कहिले चिकित्सक नहुनु, कहिले अस्पतालमा औषधि नहुनु र कहिले खानेपानीको अभाबले स्वास्थ्य सेवा प्रभावित भएको हो । एउटा दशौँ तहको विशेषज्ञ चिकित्सक र दुईवटा आठौँ तहको चिकित्सकको दरबन्दी रहेको उक्त अस्पताल स्थापनाकालदेखि हालसम्म पनि माथिल्लो तहको विशेषज्ञ चिकित्सकको पदपूर्ति नहुँदा बिरामी उपचार पाउनबाट बञ्चित हुँदै आएका छन् । विशेषज्ञसहित २१ स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा अधिकांश...
नेपालगञ्ज, ३ भदौ ।“छ वर्ष भयो श्रीमानको उपचार गराउन थालेको । रु सात लाख खर्च भइसक्यो । तर, रोग निको नै हुँदैन” बाँके बैजनाथ गाउँपालिका–३ की शर्मिला थारूले आफ्नो व्यथा यसरी सुनाउनुभयो । शर्मिलाका श्रीमानलाई कहिल्यै निको नहुँने रोग ‘सिकलसेल एनिमिया’ भएको छ । यो रोग निको पार्ने उपचार त छैन । तर, पोषणयुक्त खानपान र रहनसहनलाई व्यवस्थित गर्न सकियो भने सामान्य जीवन बाँच्न सकिन्छ। पश्चिम नेपालका आदिवासी थारू समुदायमा देखिएको...
नेपालगञ्ज, साउन २८ गते– स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यले नै स्वास्थ्य सेवा सहज र प्रभावकारी हुने सम्वद्ध विज्ञले बताएका छन् । जीआईजेडको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाद्धारा आज नेपालगञ्जमा आयोजित स्वास्थ्यमा स्थानीय सरकार र नजीक्षेत्रबीचको सहकार्य सम्वन्धी कार्यशाला गोष्ठिमा सहभागी सम्वद्ध अधिकारीले सो कुरा बताएका हुन् । स्वास्थ्यसँग सम्वद्ध सरकारी अधिकारी, जनप्रतिनीधी, निजी संस्थाका प्रमुख, चिकीत्सक, क्लीनीकका प्रमुख एवं स्वास्थ्यकर्मी सहभागी कार्यक्रममा स्वास्थ्यमा स्थानीय सरकार र नीजीक्षेत्रबीच हुन सक्ने साझेदारी...
डिल्ली पाण्डे,काठमाण्डौ,२७ साउन।नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको परीक्षामा एमबिबिएस र बिडिएस पढेका ७१ प्रतिशत परिक्षार्थी फेल भएका छन्। डाक्टर बनेर बिरामी जाँच्न काउन्सिलमा दर्ता हुनुपर्छ। दर्ता प्रमाणपत्र लिन परीक्षा पास गर्नै पर्छ। शनिबार भएको परीक्षामा सहभागी हुन ९ सय १२ जनाले आवेदन दिएका थिए। तीमध्ये ९ सय ३ परीक्षार्थी जाँच दिन आए। हिजै प्रकाशित नतिजाअनुसार ६ सय ४१ जना फेल भए। २ सय ६२ जनाले मात्र काउन्सिलमा दर्ता हुने भए। यसरी हुन्छ...
सुर्खेत, २७ साउन। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यही साउन ३ गते भएको घटनाको सत्यतथ्य छानबिन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कलानिधि पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो । गठित कार्यदलमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव भक्तबहादुर कार्की र सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख बृर्षबहादुर...