स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु
पोखरा,१३ माघ । चिकित्सक निस्कासनलाई लिएर सुरु भएको विवादसँगै पोखरास्थित गण्डकी मेडिकल कलेज बन्द भएको ४५दिनभइसक्यो । तर, न त पठनपाठन सुरु भएको छ, न अस्पताल नै खुल्न सकेको छ ।पछिल्ला केही दिनदेखि वार्ता भने चलिरहेको छ । तर, सहमति हुन सकेको छैन । गण्डकी मेडिकल कलेजमा कार्यरत डा. विनम्र बस्नेत र डा. विवेक रञ्जितकारलाई अस्पतालले निष्कासित गरेपछि विवाद सुरु भएको थियो। निष्कासित चिकित्सकहरुको पुनर्बहाली गर्नुपर्ने, करारमा रहेका कर्मचारीलाई स्थायी गर्नुपर्ने,...
सुर्खेत, १० माघ ।मध्यपश्चिमका जिल्लाहरूमध्ये सबैभन्दा बढी कुष्ठरोगका बिरामीहरूको संख्या सुर्खेतमा देखा परेको छन् । कुष्ठरोगका बिरामीको संख्या अरु जिल्ला भन्दा सुर्खेतमा धेरै देखा परे पनि गत वर्षको तुलनामा भन्दा यो वर्षमा घट्दै गएको आईएनएफ सुर्खेतले जनाएको छ । आर्थिक वर्ष २०७०/०७१ मा नौ जना, २०७१/०७२ मा बढेर २४ जना, २०७२/०७३ मा २७ जना, र चालु आर्थिक वर्षको साढे ५ महिनामा घटेर नौ जनामा कुष्ठरोगको समस्या देखिएको आईएनएफ सुर्खेतले जानकारी दिएको...
वालिङ, ११ माघ । स्याङ्जामा एचआइभी सङ्क्रमितको सङ्ख्या २५७ रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी÷एड्स कार्यक्रम संयोजक पदमप्रसाद पाण्डेका अनुसार जिल्लामा ३४ बालबालिकासहित १३३ महिला र १२४ पुरुष गरी कुल २५७ जना एचआइभी सङ्क्रमित रहेका छन् । स्याङ्जा तथा आसपासका जिल्लाका एचआइभी सङ्क्रमितको सुविधालाई मध्यनजर गरी जिल्ला अस्पताल स्याङ्जामा सिडीफोर उपकरण जडान गरिएको छ । एचआइभी÷एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकु काठमाडौँले करिब रु १५ लाख मूल्य बराबरको उपकरण...
धनुषा, १० माघ । चिकित्सकको लापर्बाहीका कारण यहाँ आज एक सुत्केरीको मृत्यु भएको छ ।अवैध रुपमा सञ्चालनमा रहेको भनिएका जनकपुरका एक निजी अस्पतालमा चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको बताइएको छ । जनकपुर अञ्चल अस्पतालको अगाडि डा प्रियरञ्जन कुमारले सञ्चालन गर्दै आएको ‘आर्या केयर एण्ड क्युर’ नामक अस्पतालमा आज २२ वर्षीय जिबछी देवीको मृत्यु भएको हो । सर्लाही जिल्ला डुमरिया घर भएको र जनकपुरको पिडारीमा माइती रहेको जिबछीको चिकित्सकको लापर्बाहीका...
यसैगरी दाङ स्तिथ दिब्य ज्योति इंगलिस बोर्डिंग स्कुलले पिडित बिकको उपचारका लागि बिध्यार्थी, शिक्षक, पुर्ब बिध्यार्थी द्वारा आज एक कार्यक्रमका बिच एकतीस हजार दुई सय एक्चालिस रुपैयाँ सहयोग स्वरुप प्रदान गरेको छ ।क्यान्सर पीडित बिकको भारतमा उपचार भइरहेको छ । ...
बाबियाचौर (म्याग्दी), ९ माघ । म्याग्दीका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका प्राविधिक जनशक्तिको अभाव भएको छ । चारवटा स्वास्थ्य संस्था करार दरबन्दीका स्वास्थ्यकर्मीले धानेका छन् । अधिकांश स्वास्थ्य संस्थामा प्रमुखविहीन छन् । दरबन्दीअनुसारका प्राविधिकको पदपूर्ति नहुँदा दुर्गमका सर्वसाधारण गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नबाट वञ्चित भएका मुनाका यामबहादुर भण्डारीले बताउनुभयो । छजनाको दरबन्दी भएको मुना स्वास्थ्य चौकीमा हाल कार्यालय सहयोगीसहित दुईजना मात्र छन् । “एक÷एकजना हेल्थ असिस्टेन्ट र अनमीसँगै दुईजना अहेबको...
कञ्चनपुर, ८ माघ । महाकाली अञ्चल आयुर्वेद औषधालय महेन्द्रनगरले सञ्चालनमा ल्याएको निःशुल्क पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति लोकप्रिय हुँदै गएका छन् । बाथ, नसा, हाडजोर्नीको दुखाइ, अनिन्द्रा, टाउको दुखाइ, कम्मर दुखाइ, मानसिक समस्या र डिपे्रसनका बिरामीका लागि पञ्चकर्म आयुर्वेदिक चिकित्सा पद्धति उपयोगी साबित भएका हुन् । पञ्चकर्म चिकित्साअनुसार स्नेहनअन्तर्गत रोगनाशक अश्वगन्धा, तिल, ब्राम्ही तेलको सहायताले बिरामीलाई मालिस गरेर शरीरलाई सुगठित पारी पीडाबाट मुक्ति दिलाएर शरीरलाई स्फुर्ति गराउने कार्य गरिँदै आएको औषधालयका आयुर्वेद...
पोखरा, ६ माघ । कास्कीको पुरुञ्चौरमा बस्दै आएका एचआइभी सङ्क्रमितलाई अहिले दैनिक जीवन धान्न निकै कठिनाइ परेकोे छ।आम्दानीको स्रोत नभएपछि कसरी बिहान बेलुकाको छाक टार्ने भनेर उनीहरुमा चिन्ता बढ्दै गएको हो । एचआइभी सङ्क्रमित भएपछि समाजको हेय र दुव्र्यवहारका कारण सो ठाउँमा आंकुरा केयर भिलेज संस्थाको सहयोगमा चार सङ्क्रमित र एक अपाङ्ग बस्दै आएका छन् । दैनिक गुजाराका लागि केही आम्दानी होलाकी भनेर पाल्दै आएका बाख्रा पनि रोग लागेर मर्न थालेपछि...
नेपालगन्ज, ४ माघ । कोहलपुर स्थित राष्ट्रिय सेवा दल वार्षिक क्याम्पले बाँकेको टिटिहिरिया गाविसमा आयोजना गरेको चेतनामूलक स्वास्थ्य शिविरमा परीक्षणका क्रममा शङ्कास्पद ५३ जनामा गरिएको सिकल सेल स्कीन टेष्टमा ३५ जनामा सो रोग देखिएको भेरी अञ्चल अस्पतालका डा. राजन पाण्डेले बताउनुभयो । अधिकाशं थारु समुदायका मानिसमा देखिने उक्त रोग रगत परीक्षणका क्रममा टिटिहिरीया गाविसका युवामा बढी देखिएको डा पाण्डेले बताउनुभयो । जाँच गराउन आउने धेरैलाई यो रोगका विषयमा जानकारी नहुँदा...
दाङ, ४ माघ । यहाँको अस्पतालमा ६० प्रतिशत बिरामी बढेका छन् । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा टिचिङ हस्पिटल, महाराजगन्जका आवासीय विशेषज्ञ चिकित्सक आएसँगै अस्पतालमा पनि दिनप्रतिदिन सेवा लिने बिरामी सङ्ख्यामा वृद्धि हँुदै गएको अस्पतालले जनाएको छ । हाल अञ्चल अस्पतालका बिरामीको भीड लाग्ने गरेको छ । आवासीय विशेषज्ञ चिकित्सकबाट सेवा लिने बिरामीसँगै अन्य बिरामी पनि दिनहुँ बढ्दै गएको अस्पतालले जनाएको छ । अस्पतालमा पहिले दैनिक एकसय बिरामीले सेवा लिने गरेकामा...