स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु
डडेल्धुरा, २७ माघ । स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमका नौवटै जिल्ला तथा विभिन्न अस्पतालमा औषधि खरिदका लागि रु छ करोड ८७ लाख निकासा गरेको छ । स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय, नौवटै जिल्लाका जिल्ला जनस्वास्थ्य÷स्वाथ्य र विभिन्न चार अस्पतालमा गरी रु छ करोड ८७ लाख औषधि खरिदका लागि निकासा गरेको हो । भदौ र पुस गरी दुई चरणमा औषधि खरिदका लागि रु छ करोड ८७ लाख रकम निकासा भएको तथा स्वास्थ्य संस्थामा अविलम्ब...
लोग्नेमानिसहरूका लागि गर्भनिरोधक एउटा लेप आएको छ । यो क्रीम राखेपछि शुक्रकीटको प्रवाह बन्द हुन्छ । बाँदरहरूमाथि गरिएको परीक्षण सफल भएपछि अब मानिसलाई यो क्रीम लगाउन दिइने भएको छ । भ्यासलक्रीमलाई पुरुषको ट्युबमा हालिनेछ । क्रीमले शुक्रकीटलाई लिंगमा जान दिँदैन । यस्तो नयाँ गर्भनिरोधक ल्याउने कम्पनीले दुई वर्षको परीक्षणपछि यो क्रीमले काम गर्ने पत्ता लागेको बतायो । केही वर्षभित्रैमा पुरुषहरूमा यसको प्रयोग गर्न सकिने उसको विश्वास छ । यो प्रयोग सफल भयो अनि...
पाल्पा, २४ माघ । पाल्पामा हाल १३ जना कुष्ठरोगका बिरामीले नियमित औषधि सेवन गरिरहेका छन् । जिल्लामा सङ्क्रमित कुष्ठरोगीमध्ये आठ जनाले प्रक्रिया पूरा गरेको पाइएको छ । यस आर्थिक वर्षमा चारजना नयाँ कुष्ठरोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्लामा बर्सेनि १५÷१६ को हाराहारीमा कुष्ठरोगीका बिरामी फेला पर्ने गरेको क्षयकुष्ठ रोग अधिकृत विश्वनाथ न्यौपानेले बताउनुभयो । जिल्ला सदरमुकाम तानसेन नगरपालिका, रामपुर नगरपालिका, खस्यौली, पालुङमैनादी, कसेनी, दोभान,...
कैलाली, २३ माघ । नेपाली सेनाले कैलालीको टीकापुरमा जिल्ला प्रशासन कार्यालयको सहकार्य आज सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार २१० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । सेनाको विशेषज्ञ डाक्टरसहितको ५० जनाको मोबाइल हस्पिटलको टोलीले स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको थियो । शिविरमा कैलाली जिल्ला प्रशासन कार्यालयले निःशुल्क औषधिको व्यवस्था गरेको थियो । स्वास्थ्य शिविरबाट प्रदान गरिएको सेवाका बारेमा रक्षामन्त्री बालकृष्ण खाँण, नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापालगायतले जानकारी...
रामपुर , २३ माघ । सहज सुलभसँग स्वास्थ्य सेवाको पहुँच आमजनता माझ पु¥याउने उद्देश्यले स्थापना भएको सहलकोट स्वास्थ्य चौकीको भवन अहिले जीर्ण अवस्थामा रहेका छन् । स्वास्थ्य चौकीको भवन जीर्ण हुँदा उपचारका लागि यहाँ आउने बिरामी मात्र होइन, त्यहाँ कार्यरत स्वास्थ्य प्राविधिकले समेत सो भवनमा पस्न डराउने गरेको स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य पहलसिं सिञ्जालीले बताउनुभयो । उहाँले भवनको जीर्ण अवस्था देखेर केही बिरामीले कार्यालयभित्र पसेर जाँच तथा उपचार गराउनुका...
सल्यान, २१ माघ । सरकारले निःशुल्करुपमा स्वास्थ्य संस्थामार्फत वितरण गर्ने औषधि खरिद नगर्दा समस्या देखिएको छ । विगत दुई वर्षदेखि केन्द्रबाट आपूर्ति गर्ने औषधि खरिद नभएपछि जिल्लाका स्वास्थ्य संस्थामा औषधि वितरणमा कठिनाइ भएको हो । जिल्ला स्वास्थ्य कार्यालय, सल्यानले दिएको जानकारीअनुसार जिल्ला स्वास्थ्य कार्यालयले कुल मागको २० प्रतिशत मात्र औषधि खरिद गर्न पाउने भएकाले बाँकी औषधि आपूर्तिका लागि केन्द्र तथा क्षेत्रमा भर पर्नुपर्ने भएको हो । “सरकारले निःशुल्करुपमा वितरण गर्ने...
नेपालगन्ज, २० माघ । जिल्लाका अस्पतालमा देखिएको औषधि अभाव हटाउन सरकारले सिधै रकम उपलब्ध गराउने प्रक्रिया थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिलेको खरिद नियमावली औषधि किन्न लामो र झन्झटिलो भएको भन्दै त्यसमा समेत परिवर्तन गरिएकाले अबका वर्षमा कुनै समस्या नहुने स्वास्थ्य मन्त्री गगन थापाले दाबी गरेका छन्। नियमानुसार खरिद गरिएको औषधि आगामी वैशाखमा मात्र जिल्लाहरुमा पुग्ने भएकोले त्यसबीचमा औषधि अभाव हुन नदिन जिल्लामा सिधै पैसा पठाएर समस्याको हल खोजिएको मन्त्री थापाले बताएका...
दमौली, १६ माघ । तनहुँ जिल्लाभित्र १७ जना कुष्ठरोगी रहेका छन् । ६४ औ विश्व कुष्ठरोग दिवसका अवसरमा जिल्ला स्वास्थ्य कार्यालय तनहुँद्वारा आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका क्षय तथा कुष्ठरोग प्राविधिक कृष्णप्रसाद सुवेदीका अनुसार तनहुँमा ११ जना पुराना र ६ जना नयाँ कुष्ठरोगी छन् । तीमध्ये १६ जना सर्ने र एकजना नसर्ने कुष्ठरोगी रहेको उहाँले बताउनुभयो । जिल्लाको दुलेगौडामा तीन, खैरेनीटारमा एक, ब्यास...
दाङ, १५ माघ । दाङको साविक हलवार गाविस नगरपालिकामा गाभिएसँगै त्यहाँ सञ्चालन भएको २४ घन्टे प्रसूति सेवा बन्द भएको छ । प्रसूति सेवा बन्द भएसँगै धेरै महिला घरमै सुत्केरी हुन बाध्य भएका छन । सर्वसुलभ स्वास्थ्य सेवा दिन खोज्दा विभिन्न समस्याका कारण सेवा दिन नसकिएको स्वस्थ्य चौकीका प्रमुख विमल केसीले बताउनुभयो । सुगमताको हिसाबले हेर्दा हाल यो स्वास्थ्य चौकी नगरपालिकामा पर्दछ, भौगोलिक हिसाबले अति नै दुर्गम छ । विगत वर्षदेखि सञ्चालनमा...
काठमाडौं,१५ माघ। यौन उत्तेजनासँग सम्बन्धित विज्ञापन छाप्ने सञ्चार माध्यमलाई अब प्रेस काउन्सिलले कार्वाही गर्ने भएको छ । काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले यसबारे निर्देशिका तयार भइरहेको बताए । जनतामा अनावश्यक भ्रम सिर्जना गर्नेखालका विज्ञापन कुनै पनि सञ्चार माध्यमले प्रकाशन वा प्रसारण गर्न नहुने कार्कीले बताए । अहिले नेपालबाट प्रकाशित पत्रपत्रिकाले यौन शक्तिबर्द्धक औषधि, यौनशक्ति बर्द्धक तेल, तालिमपछि यति हजार तलब ग्यारेन्टी, हाड जोर्नी, नशा, छालाको ग्यारेन्टी उपचार, विना अप्रेशन घरमै बसीबसी निको...