स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु
पाल्पा, २ माघ । एचआइभीबाट सङ्क्रमितको सङ्ख्या यहाँ तीन सय पाँच रहेको छ । जिल्लामा हालसम्म एक सय ६२ महिला र एक सय ४३ पुरुष एचआइभी सङ्क्रमित रहेको बताइएको छ । सङ्क्रमितमध्ये ८० पुरुष एक सय दुई महिलाले नियमित रुपमा एआरटी औषधि सेवन गरिरहेको सक्रिय सेवा समाजले जनाएको छ । एचआइभी सङ्क्रमितको अवस्था, सहयोग र हेरचाहलगायतमा सरकार तथा गैरसरकारी संस्थाले सहयोग गर्दै आए पनि सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन...
काठमाडौँ, २९ पुस । स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा उपकुलपति बन्न पहिलो पटक आह्वान गरेको खुला विज्ञापनमा ३० जनाले निवेदन दिएका छन् । मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि एक साताअघि खुला दरखास्त आह्वान गरेको थियो । यसअघि उपकुलपतिमा राजनीतिक नियुक्ति हुँदै आएको थियो । आवेदन दिएका चार चिकित्सकले दुई प्रतिष्ठानमा र एक चिकित्सकले तीनै प्रतिष्ठानमा दरखास्त दिएको चिकित्सा सेवा महाशाखाका उपसचिव...
दाङ, २८ पुस । यहाँको आँखा अस्पतालले अत्याधुनिक मेसिन खरिद गरेको जनाएको छ । राप्ती आँखा अस्पताल दाङले विभिन्न चार किसिमका आँखा उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक मेसिनहरु जडान गरी सेवा सञ्चालन गरेको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभएको छ । अस्पतालले अत्याधुनिक प्रविधि फेकोबाट शल्यक्रियासँगै आँखाको अल्ट्रासाउन्ड मेसिन, आँखाको दृष्टि नशाको जाँचका, आँखाको प्रेसर जाँच गर्नेका लागि ननकन्टेक टोनोमिटर मेसिन खरिद गरी सेवा सञ्चालन गरेको जनाएको छ...
२४ पुस, उत्तराखण्ड । भारतको उत्तराखण्डस्थित एक सरकारी अस्पतालमा भर्ना भएकी नेपाली महिलाको गुप्ताङमा काठको बेल्ना फेला परेको छ । डाक्टरलाई समेत आश्चार्यचकित बनाउने यो घटनाका सर्जक अर्थात उनको शरीरमा बेल्ना घुसार्ने अरु कोही नभएर ती महिलाका आफ्नै पछि हुन्, जो अस्पतालमै बिरामी कुरुवाका रुपमा बसेका छन् । महिला हिंसाको चरम रुपमा देखा परेको घटनाबारे यतिबेला बेलायत लगायत विश्वका अधिकांश सञ्चारमाध्यमले समाचार बनाएका छन् । तर, नेपालबाट उपचारका लागि भारत...
२३ पुस, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले आफूसँग भएृको सहमति कार्यान्वयन गर्न सरकारलाई तीन हप्ते अल्टिमेटम दिएका छन् ।त्रिवि कार्यकारी परिषद्ले आफूसँग भएको सहमति विपरित विद्यार्थी भर्ना र शुल्कसम्वन्धी अधिकार आईओएम फ्याकल्टी बोर्डबाट खोसेकोमा उनले आपत्ति समेत जनाएका छन् । डा. केसीले शनिबार विज्ञप्ति जारी गर्दै सिनेटको निर्णय उल्टाउने त्रिवि पदाधिकारीलाई कारबाही गर्न र मंसिर १९ मा भएको सम्झौताम कार्यान्वयन गर्न माग गरेका छन् । साथै...
काठमाडौँ, २२ पुस । नेपालको एक मात्र बाल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा (आइसियु) सघन उपचार कक्ष बढाएर ५२ श्ययाको बनाइएको छ । आज अस्पतालको ५५औँ वार्षिकोत्सवका अवसरमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले नयाँ आइसियु कक्षको उद्घाटन गर्नुभयो । आइसियु कम हुँदा देशका विभिन्न ठाउँबाट आएका थुप्रै बिरामीले अन्य निजी अस्पतालमा गएर उपचार गराउनुपर्ने बाध्यता थियो । यसअघि अस्पतालमा १८ वटा सघन उपचार कक्ष रहेका थिए भने अहिले ३४ श्यया थप गरी...
काठमाडौँ, २० पुस । मिर्गौला रोगीका लागि वीर अस्पतालमा २४ सै घन्टा डायलासिस सेवा सुरु भएको छ । बिरामीलाई सुविधा दिने उद्देश्यले दिउँसो मात्र दिइँदै आएको डायलासिस सेवालाई गत आइतवारदेखि २४ सै घन्टा बनाइएको अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो । दैनिक १४ जनाको डायलासिस हुँदै आएकोमा सेवा अवधि थप भएपछि अहिले यसमा दोब्बरले वृद्धि भई दैनिक २८ जनाले यो सेवा पाउन सक्ने निर्देशक बस्नेतले बताउनुभयो । यो अस्पतालमा...
नेपालगन्ज,१९ पुस । विश्वमा हर्टअट्याकका कारण धेरैले ज्यान गुमाउनु परिरहेको छ । हर्टअट्याकले धनी, गरिव उमेर केही पनि भन्दैन । हर्टअट्याक यो समय र यति बजे आउँदैछुँ भनेर कहिल्यै भन्दैन, यो जुनसुकै बेला जहाँ पनि आउन सक्छ । तर हर्टअट्याक हुनासाथ के गर्ने भन्ने उपायका बारेमा जानकारी भएमा यो समस्यालाइ केही समाधान गर्न भने सकिन्छ । हर्टअट्याक पूर्व जानकारी अर्थात घोषणा गरेर आउने समस्या होइन । हर्टअटयाक आउँदा मानिसहरुले यसबाट...
फलेवास (पर्वत), १९ पुस । पर्वत जिल्ला अस्पतालमा पहिलोपटक बिरामीलाई रगत दिन थालिएको छ । सोमबार पहिलोपटक बागलुङ जिल्ला पैयुँपाटा– ८ की मधु केसीलाई रगत चढाएर सफल परीक्षण गरिएको हो । जिल्ला अस्पतालमा सुत्केरी भएकी खत्रीलाई अत्यधिक रक्तस्राव भइ सात मिलिग्राम डेसिलिटर पुगेपछि चिकित्सक सरोजचन्द्र दहालले रगत चढाएर सफल परीक्षण गर्नुभएको हो । सामान्यतया महिलाको शरीरमा १२ देखि १६ मिलिग्राम डेसिलिटर रगत हुनुपर्छ । अहिले खत्रीलाई एक पिन्ट रगत चढाएपछि अवस्था सामान्य...
इटहरी, १९ पुस । जीवन जीउन कला सिकाउने द आर्ट अफ लिभिङले नेपालमा नै पहिलो पटक युरोलोजी अर्थात मिर्गौला, मूत्ररोग तथा नवजात शिशु रोगमा विशेषज्ञता हासिल गरेका दुईजना चिकित्सकलाई सोमबार धरानमा सम्मान गरेको छ । द आर्ट अफ लिभिङ, धरानकी डिडिसी सदस्य पार्वती श्रेष्ठको सक्रियतामा अङ्ग्रेजी नयाँ वर्ष २०१७ मनाउने क्रममा मूत्ररोग विशेषज्ञ डा सुधीर सिंह र नवजात शिशुरोग विशेषज्ञ डा पियुष कनोडियालाई सम्मान गरिएको हो । चिकित्सकद्वयलाई ७० वर्षीया वृद्धा...