स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु
नेपालगञ्ज। बाँकेमा यस बर्ष फागुन १५ गते हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदैछ । नवौं चरणमा खुवाउन लागिएको औषधि यसपटक भने स्वास्थ्यकर्मीले नै खुवाउनेछन् । १५ गते हरेक वडामा तोकिएका बुथमा औषधि खुवाइनेछ भने १६ गतेदेखि २६ गतेसम्म घरदैलो अभियान गरेर औषधि खुवाइने नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशबराज गौतमले जानकारी दिनुभयो । यसअघि महिला स्वास्थ्य स्वयम् सेविकाबाट औषधि खुवाउने गरिएकोमा अभियानलाई थप प्रभावकारी बनाउन यसपटक स्वास्थ्यकर्मीबाटै औषधि खुवाउने रणनीति बनाइएको...
नरैनापुर(बाँके) ।बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ मटेहियामा भएको नि:शुल्क स्वास्थ्य शिबिरमा २ सय ९० जनाको स्वास्थ्य जाँच गरिएको छ । मटेहिया स्वास्थ्य चौकीको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा मंगलबार स्वास्थ्य चौकीमा गरिएको नि:शुल्क छाला तथा कुष्ठरोग शिबिरमा १४७ जना पुरुष र १४३ जना महिलाको स्वास्थ्य जाँच गरिएको स्वास्थ्य चौकी प्रमुख सद्दाम हुसेन खाँले जानकारी दिनुभयो । आइएनएफको प्राबिधिक सहयोगमा भएको शिबिरमा छाला रोग विशेषज्ञ डा.रमन कुमार झाले स्वास्थ्य जाँच...
नेपालगन्ज ।बृटिस स्कुलमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ। शुक्रबार शान्तिनगर नेपालगन्ज स्थित बृटिस ईंग्लिश बोर्डिङ स्कुलमा ईको हिमालयन ईन्टरनेशनल भक्तपुरको आयोजना तथा बिधालयको सहकार्यमा निशुुल्क स्वास्थ्य शिबिर आयोजना गरेको हो। वडा नम्बर ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाको प्रमुख आतिथ्यमा एक दिने निशुल्क स्वास्थ्य चेक जाँच कार्यक्रम गरिएको हो। शिबिरको शुभारम्भ गर्दै वडा अध्यक्ष बेहनाले “स्वास्थ्यनै धन हो र हामी स्वास्थ रहन आहार र व्यबहारमा ख्याल गर्नु पर्ने...
नेपालगन्ज ।नेपाल कुष्ठरोग निवारण संघ नेपालगन्जको नवनिर्मीत भवनको सोमबार उदघाटन भएको छ । विस २०४२ सालमा स्थापना भएको नेपालगन्ज शाखाको सोमबार एक कार्यक्रमका विच नेपालगन्ज उपमहानगरपालीका वडा नं १८ कारकादोमा निर्मीत ६ वटा कोठासहितको भवन संघका केन्द्रिय अध्यक्ष डा. सुर्यप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएकोे छ । ३० लाख रुपैयाको लागतमा भवन निर्माण गरीएको शाखाका अध्यक्ष डा.जीराज शाक्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार, ती भवनलाई व्यवसाय गर्नका लागी भाडामा दिइने र...
नेपालगञ्ज।नेपालगञ्जमा वडा स्तरिय निशुल्क योग कार्यक्रम सञ्चालनमा ल्याइएको छ । ‘शान्ति र समृद्धिका लागि योग’ भन्ने मूल नाराका साथ नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा नेपालगञ्जका सबै वडामा आजदेखि योग कार्यक्रम सञ्चालन गरिएको हो । उपमहानगरपालिका आयुवेर्दिक शाखाको पहलमा पतञ्जली योग समितीसँगको सहकार्यमा प्रतेयक वडाबाट योग गुरु छनौट गरि योगाभ्यास शुरु भएको हो । उपमहानगरपालिकाको पाच लाख आर्थिक सहयोगमा दुई महिना सम्म सञ्चालन हुने निशुल्क योगाभ्यास विहान ५ वजेदखि ७ वजे सम्म गराइनेछ...
नेपालगन्ज,११ माघ। नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई दुई दिने शिघ्र कुपोषणको एकिकृत ब्यबस्थापन सम्बन्धी तालिम दिईएको छ। नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा यस नगर भित्र रहेका १९ जना स्वास्थ्यकर्मीहरुलाई उक्त तालिम दिएको प्रशिक्षक हरिहर तिवारीले बताउनु भयो। बालबालिकामा हुने जटिल कुपोषण सम्बन्धी रोगका बारेमा स्वास्थ्यकर्मीलाई यास बारेमा तालिम दिईएको हो। माघ ९ गते देखि १० गते सम्म भएको २ दिने तालिममा हेल्थ पोस्ट इन्चार्ज,नगर स्वास्थ्य प्रमुख,मेडिकल कलेज नेपालगन्जका ओटीसी प्रमुख लगायत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो। नेपालगन्ज उपमहानगरपालिका...
नेपालगञ्ज, १० माघ । नेपालगञ्ज उपमहानगरपालिकाको अनुगमन टोलीले आज नेपालगञ्जका औषधि पसलहरुमा अनुगमन गरेको छ । उपमेयर उमा थापा मगरको संयोजकत्वमा जिल्लाका सरोकारवाला निकाय सम्मिलित उपभोक्ता हक हित सरंक्षण समिति अन्तर्गत्को बजार अनुगमन टोलीले नेपालगञ्ज मेडिकल कलेज वरपरका तीन वटा औषधि पसलमा अनुगमन गरेको हो । रामलिला मेडिकल हल, सिटी फार्मेसी र सिद्धिविनायक फर्मास्युटिकल्स प्रालि फर्मा डिभिजनमा अनुगमन गरिएको हो । औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जका प्रमुख निनु श्रेष्ठका अनुसार...
नेपालगञ्ज, ९ माघ । नेपालगञ्ज उप–महानगरपालिकाले बुधबार (आज) देखि घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ । नगर क्षेत्रको अती व्यस्त ४ वटा स्थानमा रहने गरि उपमहानगरपालिकाले चारवटा घुम्ती शौचालय सञ्चालनमा ल्याएको हो । ५९ लाख लागतको सार्वजनिक शौचालय हाल नेपालगञ्ज बसपार्क, गुलरिया बसपार्क, पुष्पलाल चौक र त्रिभुवन चौंक नजीक राखिएको छ । नगर प्रमुख डा धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल,प्रहरी...
नेपालगन्ज, ८ माघ ।बाँके र बर्दिया जिल्लालाई अन्धोपनमुक्त बनाउने उद्देश्यले फत्तेबाल आँखा अस्पताल, नेपालगञ्जले विभिन्न निकायसँग साझेदारी गरिहरहेको छ। अस्पतालले दुई जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रमा निःशुल्क आँखा उपचार तथा सहुलियतसहितको मोतिविन्दु छनोट शिविर सञ्चालन गरिरहेको जनाएको छ। स्थानीय निकाय, विभिन्न सङ्घसंस्था, बैंक, सहकारी, प्रहरी, सेना, पेशागत सङ्गठन, समाजसेवी, उद्योगी, व्यवसायीलगायतसँग सहकार्य गरिरहेको अस्पतालका प्रबन्ध निर्देशक डा कौशलकुमार बर्माले जानकारी दिनुभयो । बाँकेको डुडुवा गाउँपालिकाको प्रत्येक वडामा एकदिने शिविर सञ्चालन...
नेपालगञ्ज,३ माघ। सवारी चालकको आज स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा आज वैजनाथ गाउँपालिका सम्झनाचौक स्थित अस्थायी प्रहरी पोष्ट सञ्चालित स्वास्थ्य परिक्षणमा एक सय ९८ जनाले लाभ लिएका छन्। दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउने उदेश्यले सवारी चालक र परिचालकका लागि आँखा र पे्रसर सम्वन्धी परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरिक्षक हिरेन्द्र रोकायाले जानकारी दिनु भयो । कोहलपुर मेडीकल कलेज कोहलपुरका डा देवेन्द्र...