स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु

नेपालगन्ज मेडिकल कलेजमा न्युरो सर्जरी सेवा आधुनिकरण बन्दै

नेपालगन्ज, २९ पुस । नेपालगन्ज मेडिकल कलेजमा न्युरो सर्जरी सेवा आधुनिकरण बन्दै गएको छ । उक्त सेवालाई अझ थप विस्तार गर्ने कलेजको तयारी छ । कलेजले विगत ५ वर्षदेखी पश्चिम क्षेत्रका करिव २४ जिल्लाका बिरामीलाई उक्त सेवा प्रदान गर्दै आएको छ । दक्ष जनशक्ति तथा आधुनिक उपकरणको अभावका बाबजुद पनि न्युरोका बिरामीको नेपालगन्जमै शल्यक्रिया गरेर सेवा दिइरहेको कलेजले जनाएको छ । न्युरो सर्जरी सेवाबारे नेपालगन्जमा आयोजित कार्यक्रममा मेडिकल कलेज शिक्षण अस्पताल...

नेपालगञ्जका वडा अध्यक्षहरुलाई खोप सम्वन्धि तालिम

नेपालगञ्ज,२७ पुस। नेपालगञ्ज उपमहानगरपालिकालाई खोपयुक्त नगर घोषणाका लागि वडा अध्यक्षहरुलाई खोप सम्वन्धि जानकारी प्रदान गरिएको छ । नेपालगञ्जमा आज आयोजित खोप सम्बन्धि गोष्ठीमा नगरलाई पूर्ण खोप घोषणाका लागि गर्नुपर्ने कामहरुका बारेमा छलफल गरिएको थियो । उपमहानगरपालिकाका खोप फोकल पर्सन हरिहर तिवारीले पूर्ण खोपयुक्त वडा घोषणा भइसकेका वडाहरुमा समेत दिगोपनाका लागि कार्यक्रम गरिने र बाँकि वडाहरुलाई पूर्ण खोपयुक्त वडा घोषणाका लागि तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार नगरका २३ वडा मध्ये १६...

सुन्दा अचम्म : सबै रोगको एउटै औषधि सिटामोल !

वीरगञ्ज, २६ पुस । सबै रोगको एउटै औषधि सिटामोल। सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । नेपालको संविधान, २०७२ ले प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक सुनिश्चित गरे पनि पर्सा जिल्लाको दुर्गम गाउँका स्वास्थ्य चौकीमा सिटामोलबाहेक अत्यावश्यक औषधि भने पाइँदैन । सङ्घीय सरकारले स्वास्थ्य चौकीलाई ३९ प्रकारका औषधि दिने गरेपनि अधिकांश स्वास्थ्य चौकीमा सिटामोलबाहेक अन्य औषधिबाट स्थानीय जनता वञ्चित हुँदैआएका छन् । सरकारले स्वास्थ्य चौकीमा सबै प्रकारको...

कालीकोटका अग्नीपीडितका लागि मेडिकल कलेज कोहलपुरको निःशुल्क स्वास्थ्य शिविर

कालीकोट, २० पुस । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरले कालीकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गत पुस ८ गते कालीकोटको पलाँटा गाउँपालिका वडा नं. १ मा भएको आगलागीका पीडितलाई मेडिकल कलेजको विशेषज्ञ सहितको मेडिकल टोलीले निःशुल्क स्वास्थ्य जाँच गरेको छ। मेडिकल कलेज सामाजिक विकास इकाई प्रमुख राम बहादुर मल्लको अगुवाईमा गएको मेडिकल टोलीले १५० जना अग्नीपीडितको स्वास्थ्य जाँच गरेको हो। स्वास्थ्य चेकजाँचका क्रममा धेरै जसो मानसिक रोगको शिकार भएको...

चिसो बढेसँगै बैतडीमा बिरामीको संख्या बढ्दै

बैतडी, १४ पुस । केही दिनयता चिसो बढेसँगै बैतडी जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । जिल्ला अस्पतालका प्रमुख डाक्टर जगदिशचन्द्र विष्टका अनुसार अहिले जिल्ला अस्पताल बैतडीमा दैनिक ७० भन्दा बढी बिरामी आउने गरेका छन् । बिरामीमध्ये रुघाखोकी, ज्वरो दम र निमोनियाका बिरामी बढी पुग्ने गरेका छन् । यस्तै जिल्लाका अन्य स्वास्थ्य संस्थाका पनि रुघाखोकी, ज्वरो, दम र निमोनियाका बिरामी बढिरहेको स्वास्थ्यकर्मीले बताएका छन् । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा अवस्थित...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान निजी अस्पतालझै महंगो बन्दै

खेमराज रिजाल/दाङ, पुस १४ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निकै महंगो उपचार केन्द्र बनाउने तयारी थालिएको छ । प्रतिष्ठानले उपचार शूल्क निकै महंगो बनाउने गरि तयारी थालेको हो । प्रतिष्ठानले तयार पारेको शूल्क झण्डै नीजि अस्पताल सरह छ । प्रतिष्ठानमा गाभिएको राप्ती उपक्षेत्रीय अस्पतालले लिँदै आएको उपचार शूल्क भन्दा प्रतिष्ठानको उपचार शूल्क अधिक बढि निर्धारण गर्न थालिएपछि यसको मारमा सबै भन्दा बढि असहाय तथा गरिब नागरिकहरु पर्ने भएका छन् । प्रतिष्ठानले...

रोग लिएर फर्कन्छन् महिला कामदार

(सञ्चिता घिमिरे )काठमाडौँ, १२ पुस ।विदेशमा २०/२१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीया महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो । आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउने उद्देश्यले मलेसिया पुग्नुभएकी उहाँ फर्कँदा पैसा त कमाउनुभयो तर पैसासँग रोग पनि ल्याउनुभयो । घरेलु कामदारका रूपमा कतारमा काम गर्दा उहाँ धेरै खट्नुभयो । बिहान १/२ बजेदेखि काम गर्ने र राति पनि १२ बजेसम्म काम गर्नुपर्ने बाध्यता थियो । दलालले यहाँ भनेर लगेको...

रोल्पाका किशोरी यौन प्रजनन बारे खुलेरै कुरा गर्न थाल्दै

रोल्पा, ११ पुस । विद्यालय र स्वास्थ्यचौकी किशोरीमैत्री भएपछि रोल्पाका किशोरी यौन तथा प्रजनन स्वास्थ्यकाबारे खुलेरै कुरा गर्न थालेका छन् । यौन तथा प्रजनन स्वास्थ्यका बारेमा पाठ्यक्रममा समावेश विषयवस्तु समेत पठनपाठन गर्न लजाउने शिक्षक तथा विद्यार्थी अहिले भने धक नमानेरै खुला बहस गर्ने गर्दछन् ।  पाठ्यक्रममा समावेश यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विषयवस्तु अध्यापन गराउन निकै धक लाग्थ्यो नेपाल राष्ट्रिय माविका स्वास्थ्य शिक्षक महेन्द्रराज रोकाले भन्नुभयो, “अधिकांश कक्षामा स्वास्थ्य अध्ययनका...

जानकी गाउँपालिकाको बेलहरी स्वास्थ्यचौकी आफैं अस्वस्थ

नेपालगन्ज, ६ पुस । बाँकेको जानकी गाउँपालिका–४ स्थित बेलहरी स्वास्थ्यचौकी आफैं अस्वस्थ देखिएको छ । स्वास्थ्य चौकीको भौतिक पूर्वाधारको कुरा त परै जाओस् यहाँ उपचार गराउन आउने बिरामीलाई न औषधिसंगै पिउने पानीको व्यवस्था छ नत बिरामी जाँच गर्ने कोठा नै छ । कोठाको अभावमा जाँच गर्न आउने बिरामी भवन बाहिरै पालो पर्खिनुपर्छ । स्वास्थ्यचौकीमा न्यूनतम आधारभूत सेवासमेत उपलब्ध नभएको स्वास्थ्यचौकीका प्रमुख अहेव टामलाल बेल्वासेले बताउनुभयो । “स्रोतसाधन छैन, छ महीना भयो...

खजुराको वडा नम्वर ४ मा घर पालुवा मदिरा न्यूनीकरण सचेतना कार्यक्रम सम्पन्न

नेपालगन्ज,२५ मंसिर। खजुराको वडा नम्वर ४ मा घर पालुवा मदिरा न्यूनीकरण सचेतना कार्यक्रम सम्पन्न भएको छ। खजुरा गाउँपालिका वडा नम्बर ४ को आयोजनामा आज मंगळवार एफ गाउँको जन कल्याण माबिमा घर पालुवा मदिरा न्यूनीकरण एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको हो। घर पालुवा मदिरा कति हानिकारक छ र यसको बेफाईदाका बारेमा एक दिने सचेतना कार्यक्रम दिइएको हो। वडा नम्बर ४ का अध्यक्ष तिलक बिर सुनारको प्रमुख आथित्यमा,...