स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु
एक हप्तामा महिलाले १० वटा र पुरुषले पाँच वटा चुरोट पिउनु र एक हप्तामा ७ सय ५० मिलिलिटर रक्सी पिउनु क्यान्सरका लागि उति नै खतरापूर्ण रहेको एक अध्ययनले जनाएको छ। ब्रिटेनका शोधकर्ताले गरेको अध्ययनमा थोरै रक्सी पिउनु भन्दा चुरोट पिउनु बढी खतरापूर्ण हुने र यसबाट क्यान्सरको खतरा बढी हुने कुरा सार्वजनिक भएको छ। यस्तो जोखिमलाई कम गर्ने एकमात्र तरिका पूर्णरुपमा चुरोट छोड्नु नै हो। सरकारी दिशा निर्देले एक महिला र पुरुषले एक...
काठमाडौं ।ट्याक्सी चालकको अमानवीय कार्य र लापरबाहीले एक जनाको मृत्यु भएको छ। कुरा हो गत बुधबार तीन दिन अघिको ,सुगर र प्रेसरका बिरामी गोकर्णेश्वरनिवासी ६० वर्षीय गोपाल कारन्जित बुधबार बिहान जाँच गराउन चाबहिलको मेडिकेयर अस्पताल गए । उनी ट्याक्सीमा गए भने छोरा प्रवीण मोटरसाइकलमा । बुबाको जाँच गराएपछि छोरा मोटरसाइकलमै फर्किए । , भने कमजोर महसुस भएको भन्दै ट्याक्सीमै फर्किए । उनले चालकलाई गोपीकृष्ण हलको बाटो हुँदै गोकर्णेश्वर–४ स्थित घरमा लगिदिन भनेका थिए । उनी...
नेपालगन्ज । नेपालगन्जको मनिकापुर स्वास्थ्य चाैकीमा कुष्ठराेग पत्ता लगाउन चर्मराेग शिविर संचालन भएको छ। नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा उक्त शिबिर सन्चालन भएको हो। गर्मी बढे सगै उपमहानगरपालिकाले गाउँ गाउँमा छाला जाँच अभियान सगै यश पटक कुष्ठराेग जाँच अभियान शुरु गरेको स्वास्थ्य शाखाका हरिहर तिवारीले बताउनु भयो।चर्मरोग विशेषज्ञ डा . आरे झाको नेतृत्वमा गएको टोलिले १२५ जनाको छाला जाँच गरेको छ। जाँच गरिएका मध्य अन्य सेवाग्राहीहरुको अवस्था ठिक भए पनि १३ जनालाई भने कुष्ठराेग...
नेपालगञ्ज।नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जले ७२ बर्षीय एक जेष्ठ नागरिकको बायाँ गालामा रहेको झण्डै डेढ किलोग्राम ट्युमरको सफल अपरेशन गरेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ६ बन्दराका ७२ बर्षीय वरीलाल अहिरको बायाँ गालामा १० बर्षको उमेरदेखि पलाएको ट्युमरको सफल अपरेशन गरिएको अस्पतालका सहायक निर्देशक डा.कुमार पोखरेलले बताउनुभयो । अस्पतालले आज पत्रकार सम्मेलन गरेर अहिरको बायाँ गालामा रहेको ट्युमरको निःशुल्क अपरेशन गरिएको जनाएको छ । चैत्र ७ गते अस्पताल...
काठमाडौँ ।नेपाल मेडिकल काउन्सिलले डाक्टरहरूको लाइसेन्स परीक्षामा सीप जाँच गर्नुपर्ने आवाज वर्षौंदेखि उठदै आए पनि सम्बोधन हुन सकेको छैन । सीप परीक्षा नलिइँदा चिकित्सा सेवाको गुणस्तरीयता र विश्वसनीयता शंकाको घेरामा छ ।चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा।डा। जगदीशप्रसाद अग्रवालले काउन्सिलले ज्ञानको परीक्षा पास गरेका डाक्टरहरूलाई सीप परीक्षामा समेत उत्तीर्ण भएपछि मात्र चिकित्सा पेसा गर्ने अनुमति प्रदान गर्नुपर्ने बताउँछन् । उनले गुणस्तर कायम राख्न लाइसेन्स परीक्षाको उत्तीर्णांक ५० प्रतिशतभन्दा माथि हुनुपर्नेसमेत बताए...
बर्दिया ।बर्दियामा एक बालिका १२ वर्ष नपुग्दै सुत्केरी भएकी छिन्। ०६३ चैत १३ गते जन्मिएकी भावनाले ०७५ फागुन ७ गते माइतीमै छोरी जन्माएकि हुन् । आमा बन्दा उनको उमेर ११ वर्ष १० महिना २४ दिन मात्रै भएको थियो। स्वास्थ्य संस्था नै नपुगी उनले माइतीको छाप्रोमै बच्चा जन्माएकि हुन् । गर्भ रहेको ९ महिनामा सुत्केरी भएकी भावना र उनकी छोरी पूर्णिमा अवस्था सामान्य रहेपनि उमेरका कारण दुवैको स्वास्थ्य अवस्था जोखिमपूर्ण अवस्थामा...
नेपालगञ्ज। बाँकेमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा ल्याइएपछि दर्ता सहयोगीहरु गाउँ÷टोलमा खटीएका छन् । तपाईको स्वास्थ्य हाम्रो अठोट भन्ने मुल नाराका साथ नेपाल सरकार स्वास्थ्य बीमा बोर्डद्धारा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । २०७२ साल चैत्र २५ गतेदेखि कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको हो । ४० औं जिल्लाका रुपमा बाँकेमा विहीबार देखि स्वास्थ्य विमा सदस्यता दर्ता शुभारम्भ गरिएको हो । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोख्रेलले जिल्ला समन्वय समिति...
नेपालगञ्ज । १३ प्रतिशतमा संक्रमण भएको भनिएको बाँकेमा आजदेखि नवौं चरणको हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन सुरु गरिएको छ । आजदेखि बाँकेका ८ वटै स्थानीय तहमा औषधि खुवाउन शुरु गरिएको हो । प्रत्येक वडामा तोकिएको बुथहरुमा आज औषधि खुवाइँदैछ भने भोलिदेखि २६ गतेसम्म घरदैलो अभियान गरेर औषधि खुवाइने बताइएको छ । ५ लाख ८८ हजार २ सय ७८ जनालाई औषधि खुवाउन ३ सय ६८ स्वास्थ्यकर्मी खटिएका छन् । स्वास्थ्यकर्मीलाई सघाउन ७...
नेपालगञ्ज । डाक्टरहरुको आन्दोलनका कारण सरकारी अस्पतालहरुको सेवा ठप्प भएको छ । डाक्टरहरु नै आन्दोलमा उत्रिएपछि बिरामीहरु स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् । स्वास्थ्य सेवा नपाउँदा अस्पताल पुगेका विरामीहरु मर्कामा परेका छन् । नेपालगञ्जको भेरी प्रादेशिक अस्पतालमा पनि आजदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको छ । देशभरका सरकारी डाक्टरले आजदेखि आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गरेपछि बिरामीको उपचार प्रभावित भएको हो । कर्मचारी समायोजन विधेयकमा आफूलाई अन्याय गरेको...
नेपालगन्ज । फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाइदै आइरहेका बेला नेपालगञ्जमा पनि वीवीध कार्यक्रम गरिएका छन् । आयोडिनयुक्त नूनको थप प्रवद्र्धन गर्दै यसको कमीबाट हुने रोगलाई निवारण गर्ने ध्येयले सन् १९९८ देखि सो महिनालाई आयोडिन महिनाका रुपमा मनाउँदै आइएको छ । चिकित्सकका अनुसार खासगरी आयोडिनको कमीले गलगाड हुने गर्दछ । आयोडिनयुक्त नूनको मात्र प्रयोग गर्न सचेतना फैलाउन आज नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा सचेतनामुलक ¥याली प्रदर्शन गरियो । गणेशमान चौकबाट निस्कीएको ¥याली...