विदेश/अन्तर्राष्ट्रियमा रहेका समाचारहरु
काठमाडौं,२५ असार – जापानमा बाढी र पहिरोमा परेर जापानमा कम्तिमा एक सय जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी वेपत्ता छन् । जापानका १५ लाख बढीलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ । जापानको क्योडो समाचार एजेन्सीका अनुसार पहिरोमा धेरै व्यक्तिहरु जिउँदै पुरिएका छन् । अधिकांशको मृत्यु हिरोसिमाको प्रिफेक्चरमा भएको छ । सेना, प्रहरी र सहायताकर्मीहरु उद्धार तथा राहतमा परिचालित छन् । प्रधानमन्त्री सिन्जो आबेले भनेका छन्, ‘उद्धारकर्मीहरुले समयको...
इस्लामावाद, २२ असार (एएफपी) । पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरिफलाई दश बर्षको जेल सजायको फैसला गरिएको छ । भ्रष्टाचारको अभियोग लागेका पूर्व प्रधानमन्त्री शरिफलाई इस्लामावादमा रहेको एक अदालतले शुक्रबार कारावासको फैसला गरेको हो । यही जुलाई २५ मा हुन लागेको निर्वाचनको पुर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकीलहरूले बताएका छन् । उहाँलाई दश बर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ । श्रीमतीको उपचारका लागि पुर्वप्रधानमन्त्री शरिफ अहिले बेलायतको लण्डनमा...
नयाँदिल्ली, १७ असार भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको उत्तरी क्षेत्रमा रहेको एक निजी आवासमा एघार जनाको शव भेटिएको छ । बुरारी भन्ने ठाउँमा रहेको एउटा घरभित्र ती शवहरु भेटिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । प्रहरी अधिकारीका अनुसार ११ जनामध्ये १० जनाको शव झुण्डिएको अवस्थामा भेटिएको थियो भने एकजना ७५ वर्षीय महिलाको शव भने घरको भूइँतल्लामा थियो । झुण्डिएको अवस्थामा भेटिएका ती सबैको आँखामा पट्टी बाँधिएको छ । यहाँको एक स्थानीय इन्डिया...
काठमाडौं, १५ असार – बलिउड अभिनेत्री प्रियंका चोपडालाई एउटा चर्चित म्यागजिनले ब्रम्हान्डकै ‘हट’ महिला ठहर गरेको छ । म्याक्सिम म्यागजिनले आफ्नो जून २०१८ को एडिसनमा उनलाई यस्तो उपाधि दिएको हो । पत्रिको कभर पेजमा प्रियंकाको हट तस्वीर पनि समावेश छ । प्रियंकाले यो उपाधि पाएको लगातार पचौंपटक हो । म्यागजिनले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘प्रियंका एकदम प्रतिभाशाली छिन् र सुन्दर पनि । करोडौं फ्यानहरुको समर्थनमा उनी २०१८ का १००...
इन्डोनेसिया, १५ असार – इन्डोनेसियाको एक सुप्रसिद्ध पर्यटकीयस्थल बालीमा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि हजारौँ पर्यटक अलपत्र परेका छन् । बालीमा वर्षेनी लाखौँ पर्यटक पुग्ने गर्छन् । यहाँ वर्षेनी शक्तिशाली ज्वालामुखी पनि विस्फोट हुने गरेका समाचारहरु आउने गर्दछन् । शुक्रबार पनि यस्तै ज्वालामुखी विस्फोट भएको छ । यसका कारण आकासमा निकै बाक्लो तुवाँलो देखिएको छ । उक्त तुवाँलोका कारण बालीको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द भएको छ । विमानस्थल बन्द हुदा हजारौँको सङ्ख्यामा...
वासिंटन, असार १५-अमेरिकाको मेरिल्याण्डमा गोली हानी पाँच जनाको हत्या भएको छ ।स्थानीय पत्रिका ‘क्यापिटल गजेट’को कार्यालयमा भएको गोली प्रहारबाट केही अन्य व्यक्ति पनि घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। प्रहरीले उक्त कार्यालयबाछ १७० जना कर्मचारीलाई सुरक्षित बाहिर निकालेको छ। मेरिल्याण्डको अन्नापोलिसमा रहेको क्यापिटल गजेट बाल्टिमोर सन मिडिया समूहसँग सम्बन्धित रहेको बताइएको छ ।आक्रमणका समयमा धेरै मानिस कार्यालयभित्रै रहेकाले ठूलो मानवीय क्षति भएको समाचारमा जनाइएको छ। गोली प्रहार गरेको आशंकामा प्रहरीले...
खारटौम । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर र विद्रोही नेता रिक माचारका बीचमा स्थायी युद्धबिराम गर्ने सहमति भएको छ ।बुधबार भएको स्थायी युद्धबिरामको सम्झौता ७२ घण्टामा कार्यान्वयनमा आउने अधिकारीहरूले जनाएका छन् ।दक्षिण सुडानमा लामो समयदेखि भइरहेको विध्वंशकारी युद्धलाई अहिलेको सम्झौताले अन्त्य गर्ने विश्वास गरिएको छ । “स्थायी युद्धबिरामको सम्झौतामा सबै पार्टीले हस्ताक्षर गरेका छन्,” सुडानका विदेशमन्त्री अल डियरडीरी अहमदले सुडानको राजधानीमा जानकारी दिए। दक्षिण सुडानका राष्ट्रपति किर र विद्रोहीतर्फका नेता माचारले...
सोल, १४ असार – अमेरिकी रक्षामन्त्री जेम्स म्याटिस चीन, दक्षिण कोरिया र जापानको भ्रमणको क्रममा बिहीबार सोल पुगेका छन् । उनि बिहीबार दक्षिण कोरियाको राजधानी सोल पुग्नुभएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आजै राति अबेरतिर उहाँ जापानको राजधानी टोकियोका लागि उड्ने समाचरमा जनाइएको छ । प्राप्त समाचारअनुसार उनले दक्षिण कोरियामा रहँदा आफ्ना समकक्षीका साथै दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँग पनि भेटवार्ता गरर्ने छन् । संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच...
काठमाडौं,१३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष ६ मुस्लिमसहित विभिन्न ८ राष्ट्रलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध त्यहाँको सर्वोच्च अदालतले सदर गरेको छ । ट्रम्पले गत वर्ष मुसलमान बहुल ६ देशसहित ८ देश सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकहरूलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए । यो निर्णयले ट्रम्पको अन्तर्राष्ट्रिय जगतमा आलोचना भएको थियो । तर त्यहाँको सर्वोच्च अदालतले ट्रम्पको निर्णय सदर गरिदिएको छ । न्यायाधीशको...
रसिया,३ जेठ।विश्वकप अन्तर्गत समूह डीको खेलमा क्रोएसियाले नाइजेरियालाई पराजित गर्दै तीन अंक प्राप्त गरेको छ। शनिबार राति कालिनग्राड रंगशालामा भएको खेलमा क्रोएसियाले नाइजेरियालाई २-० ले पराजित गर्यो। खेलको ३२ औं मिनेटमा नाइजेरियाका ओघेनेकारो इटेबोको आत्मघाती गोलमा क्रोएसियाले अग्रता लियो। कर्नरमा मारियो माञ्जुकिकको हेडर एटेबोलाई लाग्दै गोलमा परिणत भयो। दोस्रो हाफमा ७१ औं मिनेटमा क्रोएसियाका कप्तान लुका मोड्रिकले पेनाल्टीमा गोल गर्दै २-० बनाए। माञ्जुकिकलाई ट्रोस्ट-इकोङ्गले लडाएपछि पाएको पेनाल्टीलाई रियलमा मिडफिल्डरले गोलमा परिणत गरे।एजेन्सी। ...