विदेश/अन्तर्राष्ट्रियमा रहेका समाचारहरु
काठमाडौं,९ साउन । दिल्ली महिला आयोगको टोलीले मंगलबार मध्यरातमा १६ नेपाली महिलाको ‘उद्दार’ गरेको जनाएको छ। मानव तस्करले कुवेत र इराक पठाउन लगेका ती महिलालाई दिल्लीको मुनिर्का क्षेत्रको एउटा सानो कोठाबाट ‘उद्दार’ गरिएको दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालले ट्वीटरमार्फत् जानकारी दिएकी छन्। आयोगमा आएको सूचनाका आधारमा दिल्ली प्रहरीलाई लिएर राति साढे १ बजे उनीहरू बसेको घरमा छापा मारिएको थियो। वैदेशिक रोजगारीको आश देखाएर दलालले ती महिलालाई बेचबिखन गर्न लागेको...
काठमाडौं – पाकिस्तानमा बुधबार आम निर्वाचन भइरहेको छ। संसदको तल्लो सदन नेशनल एसेम्बलीका २ सय ७२ सीट र चारवटा प्रदेश सभाका लागि निर्वाचन भइरहेको हो। १० करोड ६० लाख मतदाता रहेको चुनावमा ८ सय ४९ सिटका लागि ११ हजार ८ सय ५५ उम्मेदवारबीच प्रतिष्पर्धा भइरहेको छ। राष्ट्रिय सभाको २७२ सिटका लागि ३ हजार ४ सय ५९ उम्मेदवार भिड्दैछन् भने चारवटा प्रान्तीय सभाअन्तर्गत ५ सय ७७ सिटका लागि ८ हजपार ३...
फिफाले सन् २०२२ मा कतारमा हुने विश्वकपको मिति सार्वजनिक गरेको छ। फिफा अध्यक्ष गियानी इन्फान्टियोले पत्रकार सम्मेलन गर्दै आगामी विश्वकपको मिति सार्वजनिक गरेका हुन्। प्राय जुन जुलार्इमा हुँदै आएको विश्वकप २०२२ मा भने नोभेम्बर २१ देखि डिसेम्बर १८ का बीचमा हुने भएको छ। पहिले नै कतारमा हुने भनिएको विश्वकपको मितिलार्इ लिएर विवाद हुँदै आएको थियो। वर्षको अन्तिमतिर क्लब फुटबलमा असर पर्नेसक्ने भन्दै धेरैले फिफालार्इ मितिका बारे पुर्नविचार गर्न भनेका थिए। २०१०...
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ पक्राउ परेका छन् । बेलायतबाट अबुधाबी हुँदै शुक्रबार राति स्वदेश फर्किएका शरिफसँगै उनकी छोरी मरियमलाई पाकिस्तानी सुरक्षाकर्मीले गिरफ्तार गरेका हुन् । भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी देखिए पछि जेल सजाय सुनाइएको हो। ६ जुलाईमा भएको फैसलामा शरिफलाई १० र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो । तर शरिफ फैसला सुनाउने बेला श्रीमतीको उपचारका लागि परिवारसहित बेलायतमा थिए । जुलाइ २५ मा हुन लागेको निर्वाचनको...
विश्वकप फुटबलको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको क्रोएसियाको खुसी खेलाडीमा भन्दा पनि देशमा धेरै लागेको छ ।समर्थकहरु खुसीमा डुब्नु त छँदैछ, देशका मन्त्रीहरूले पनि फुटबलले दिलाएको सफलतालाई विशेष रुपमा मनाएका छन् । रूस विश्वकपमा इंग्ल्याण्डलाई हराउँदै फाइनलमा पुगेको क्रोएसियाका मन्त्रीहरुले राष्ट्रिय टिमको जर्सी लगाएर क्याबिनेट बैठक बसे । पहिलो पटक फाइनलमा पुगेको टिमको सम्मानका साथै ऐक्यवद्धता जनाउन सबै मन्त्रीहरु राष्ट्रिय टिमको जर्सीमा सजिएर आएका थिए । यता राष्ट्रपति कोलिन्डा मैदानमा नै...
काठमाडौं,३१ असार। भारतको उत्तर प्रदेशमा एक महिलालाई सामुहिक बलात्कार गरेर जिउँदै जलाइएको छ। महिलाले आफूलाई जलाउनुअघि प्रहरीलाई फोन गरेको तर, कुनै जवाफ नआएको उनका श्रीमानले बताएका छन् । घटना सम्भल जिल्लाको हो, जहाँ दुई सन्तानकी आमा ३५ वर्षकी महिलालाई ५ जनाले सामुहिक बलात्कार गरेका छन् । बलात्कारपछि३१ असार, महिलालाई घर नजिकैको यज्ञशालामा लगेर जिउँदै जलाएको टाइम्स अफ इण्डियाले जनाएको छ । घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन् ।मृतकका श्रीमानले प्रहरीमा...
लाहोर, ३० असार । जेल सजायँको फैसला सुनाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ परेका छन् । बेलायतबाट शुक्रबार साँझ स्वदेश फर्किएका उनलाई लाहोर विमानस्थलबाट नियन्त्रणमा लिइएको पाकिस्नाती सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको छोरी मर्यामलाई पनि सँगै पक्राउ गरिएको छ । पक्राउ परेका दुबै जनालाई इस्लामावाद लगिएको छ भने पासपोर्ट पनि जफत गरिएको छ । एक हप्ता पहिले पाकिस्तानी अदालतबाट दश बर्षको जेल सजायँको फैसला भएकाले पक्राउ पर्ने खतरा हुँदाहुँदै पनि शरीफ जेल...
काठमाडौं, २७ असार-पाकिस्तानको पेशावरमा आत्मघाती हमला हुँदा एक नेतासहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएका छन् । आक्रमणकारीले मंगलबार अबेर राति एक चुनावी कार्यक्रमलाई लक्षित गरी हमला गरेका थिए । सो आक्रमणमा अवामी नेशनल पार्टी ९एएनपी०का नेता हारुन बिलोरसहित १३ जनाको मृत्यु भएको पेशावर शहरका प्रहरी प्रमुख काजी जमीलले बताएका छन् । बिलोर कार्यक्रमको स्टेजमा उक्लिनासाथ आत्मघाती हमला भएको थियो । उनलाई तत्कालै अस्पतालमा पुर्याइए...
नेपालगन्ज,२६ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदका लागि ब्रेट काभानोगलाई नियुक्त गर्न प्रस्ताव गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले स्थानीय समय अनुसार सोमबार बेलुका काभानोगलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित गर्दै उनको प्रशंसा गरे । ट्रम्पले काभानोग उत्कृष्ट न्यायाधीश रहेको बताए । काभानोग अहिले कोलम्बिया पुनरावेदन अदालतका न्यायाधीश हुन् । उनले पूर्व राष्ट्रपति जर्ज डब्लु बुसको सल्लाहकारको रुपमा पनि काम गरेका थिए । काभानोगको नियुक्तिले अमेरिकामा अहिले विवादका...
काठमाडौं । क्यानडियन पप गायक जस्टिन बीबरले लामो समयदेखिकी प्रेमीका हेली बाल्डविनका साथ इन्गेजमेन्ट गरेका छन ।इन्गेजमेन्टको कार्यक्रम निकै गोप्य रुपमा गरिएको छ । यसबारेमा मिडिया तथा कलाकार कसैलाई पनि थाहा दिइएन । २४ वर्षीय जस्टिन पछिल्लो २ वर्षदेखि हेलीको प्रेममा थिए । केही समय अगाडि यी दुवैको ब्रेकअपका खबरहरु पनि आएका थिए । गायक जस्टिन बीबरको नाम हेली बाल्डविन बाहेक कयौं सेलिब्रेटीहरुसँग जोडिएको थियो । बीबर लामो समयसम्म गायिका...