विदेश/अन्तर्राष्ट्रियमा रहेका समाचारहरु

डेनमार्कद्वारा ३६ बर्ष पछि बिश्वकपमा सहभागी भएको पेरू १-० गोलले पराजित

रसिया,२ जेठ। युसुफ युरारेको गोलमा डेनमार्कले विश्व कपको आफ्नो पहिलो खेलमा शनिबार पेरुलाई १–० हराएको छ । खेलको ५९ औं मिनेटमा युरारेले गरेको खेल निर्णायक बन्दा पेरु पहिलो खेलमा निराश बन्नु पर्यो ।पहिलो हाफमा भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रणालीमा पेरुले पेनाल्टी पाएपनि गोल गर्न नसक्दा पराजित हुनु परेको हो । पहिलो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टी क्रिस्टियन कुयुभाले चुकाएका थिए । उनको प्रहार पोष्टको निकै माथिबाट बाहिरिएको थियो । युरारेले कुयुभालाई...

स्पेन र पोर्चुगलको विश्व कपको पहिलो खेल बराबरीमा

रसिया,२ असार।रसिया बिश्वकप  समुह ‘बी’को दोश्रो खेलमा स्पेन र पोर्चुगलले विश्व कपको पहिलो खेलमा बराबरी खेलेका छन् । समूह बीको दोस्रो खेलमा स्पेन र पोर्चुगललाई ३–३ ले बराबरी खेल्दै अंक बाडेका छन् । खेलमा पोर्चुगलले २ पटक र स्पेनले १ पटक अग्रता लिएको थियो ।पहिलो हाफमा २–१ ले पछि परेको स्पेनले दोस्रो हाफमा ४ मिनेटको फरकमा २ गोल गर्दै खेलमा अग्रता बनाएको थियो । तर, ८८ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा...

रसिया बिश्वकप समुह ‘बी’ को खेलमा ईरानद्वारा मोरक्को १-० ले पराजित

रसिया,१ असार। रसिया  बिश्वकपको दोश्रो दिनको दोश्रो खेलमा  इरानले  मोरक्कोलाई १–० लाई हराउदै ३ अंकको खाता खोलेको छ । ईरानको यो जित सगै पोर्चुगल र स्पेन समेत दबाबमा पर्न सक्ने सम्भाबना बढेको छ।आजको प्रतिस्पर्धात्मक खेलमा इरानको जित भने आत्मघाती गोलमा सम्भव भएको थियो । ६० हजार भन्दा बढी दर्शक रहेको खेलमा इन्जुरु समयमा अजिज बौहाडोजको आत्मघाती गोलमा इरानले जित हासिल गरेको हो ।६ मिनेट इन्जुरी समयको एक मिनेट बाँकी...

बिश्वकपको दोश्रो दिनको पहिलो खेलमा उरुग्वेद्वारा इजिप्ट १-० गोलले पराजित

नेपालगन्ज,१ असार।रसिया बिश्वकपको दोश्रो दिनको समुह ‘ए’ को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १-० ले पराजित गर्दै ३ अंक बटुलेको छ। उरुग्वेको जितमा डिफेन्डर खेलको ८६ औ मिनेटमा जोसे गिमिनेजले गोल गरे । आजको खेलभरी इजिप्टले रक्षात्मक खेल खेलेको थियो। ...

बिश्वकपको दोश्रो दिनमा उरुग्वे बिरुद्द इजिप्ट,मोरक्को बिरुद्द ईरान र पोर्चुगल बिरुद्द स्पेन

नेपालगन्ज,१ असार।विश्वकप २०१८ बिहीबार देखि सुरु भएको छ। हिजो बिहीबार समूह ‘ए’को पहिलो खेलमा आयोजक रसियाद्वारा साउदी अरेबिया ५-० गोलले पराजित भयो । आज शुक्रबार समूह ‘ए’ को दोश्रो खेल उरुग्वे र इजिप्ट बिच हुदै छ। उरुग्वे बिरुद्द इजिप्ट दुई पटकको बिश्वकप बिजेता र फिफा वरियतामा १४ औं स्थानमा रहेको उरुग्वे इजिप्ट भन्दा निकै बलियो टोली रहेको छ।उरुग्वेको रक्षापंक्ति तथा अग्रपंक्ति दुवैमा बलियो रहेको छ । उरुग्वेबाट लुइस स्वारेज र काभानी जस्ता...

काश्मिरमा गोली हानाहान, भारतीय सैनिकसहित तीनजनाको मृत्यु

श्रीनगर, भारत ३१ जेठ । भारत अधिनस्थ काश्मिरमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दाहोरो गोली हानाहानमा परी एक सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको छ । सरकार अधिकारीहरुले बुधबार सो जानकारी दिएका छन् । श्रीनगर शहरबाट करिब ६५ किलोमिटर उत्तरमा रहेको बान्दिपोरा जिल्लाको पाना जङ्गलमा दोहोरो गोली हानाहान भएको सरकारी स्रोतले जानकारी दिएको छ । जङ्गलमा भएको यस दोहोरो गोली हानाहानमा परी दुई आतङ्ककारी र एक सैनिकको मृत्यु भएको कर्नेल...

२०१८ विश्वकप आज शुरू हुदै
"उद्घाटन खेलमा आयोजक र साउदी अरेबिया भिड्दै "

नेपालगन्ज,३१ जेठ। फुटबल खेलको महाकुम्भ विश्वकप २०१८ आज( बिहीबार) रसियामा सुरु हुंदैछ । विश्वकप फुटबलको उद्घाटन खेल आयोजक रसिया बिरुद् साउदी अरेबिया बिच हुदैछ। आयोजक रसियाको टोलीमा रक्षापंक्तिमा खेलाडीहरु घाइते समेत भएका छन् भने अर्को तर्फ साउदी अरेबियाको रक्षापंक्तिमा पनि उमेरका खेलाडीहरु धेरै छन्। दुवै टोली आफ्नो डिफेन्सका लागि नचिनिने भएकाले विश्वकपको पहिलो खेलमा धेरै गोल हुने अपेक्षा गरिएको छ । आजको पहिलो खेलमा सम्भावित ११ मा हुने खेलाडीहरु रसियाबाट एकिनफेभ, कुड्र्याशोभ,...

जब किमले भने- ‘नाइस टू मीट यू मिस्टर प्रसिडेन्ट’
"शताब्दिकै ठूलो ‘भेटवार्ता’ सम्पन्न "

नेपालगन्ज, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा ऐतिहासिक वार्ता भएको छ । करिव पचास मिनेट दुई नेताबीच वार्तालाप भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् । दुवै नेताले आपसमा हात मिलाएर ऐतिहासिक भेटघाटको शुरुवात गरेका थिए । वार्तामा बस्नुअघि दुवै नेताले छोटो प्रेस कन्फ्रेन्स गरेका थिए । सो क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले भने– ‘म अत्यन्त प्रफुल्ल महसुस गरिरहेको छु । हामीबीच शानदार कुराकानी हुनेवाला...

विश्वकप फुटबलमा सर्बाधिक गोल गर्ने को को हुन!

नेपालगन्ज,२३ जेठ । रुस विश्वकप फुटबल २०१८ ले यतिबेला संसारलाई तरंगित बनाई रहेको छ । विश्व फुटबलमय बनेको बेला २० औं विश्वकपसम्म आईपुग्दा सम्म कुन–कुन खेलाडीले सुनको जुत्ता पाए त ? सन् १९३० देखि सुरु भएको विश्वकप फुटबल अहिले २१ औं संस्करणसम्म आईपुगेको छ । केही दिनपछि रुसमा विश्वकप फुटबल धुमधामको साथमा सुरु हुँदैछ । विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलाई सुनको जुत्ता दिने प्रचलन छ । विश्वकप फुटबलमा अहिलेसम्म कुन–कुन...

रजनीकान्तमाथि मानहानीको आरोप, जरिवानास्वरुप एक अर्ब एक करोड माग

दक्षिण भारतीय चलचित्र उद्योगका सुपरस्टार रजनीकान्त फिल्म ‘काला’ का कारण कानूनी झमेलामा परेका छन् ।मुम्बईका जवाहर नाडर नामका एक पत्रकारले ‘काला’ मार्फत रजनीकान्तले मानहानी गरेको आरोप लगाएका छन् । पत्रकारका अनुसार यो फिल्म उनका पिता थिरावियम नाडरको जीवनमा आधारित छ । तसर्थ त्यसको जरिवानास्वरुप फिल्म १०१ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । फिल्म ‘काला’ मा रजनीकान्तले जुन पात्रको भूमिका निर्वाह गरेका छन् उक्त पात्र आफ्ना पिताको वास्तविक जीवन...