विदेश/अन्तर्राष्ट्रियमा रहेका समाचारहरु

कतारमा एक नेपालीलाई मृत्युदण्ड, गोली हान्न अदालतको आदेश

काठमाडौं, जेठ २२ – कतारमा एक नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोगमा जेलमा रहेका महोत्तरीको औरहीका अनिल चौधरीलाई ‘गोली हानेर’ मृत्यदण्ड दिन आदेश दिएको हो । कतारको तल्लो अदालतले पहिलो पटक नेपालीलाई गोली हानेर मृत्युदण्ड दिन आदेश दिएको हो । चौधरीलाई कतारी नागरिक अल नुयमीको हत्या हत्या अभियोगमा सन्न् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ गरिएको थियो । ...

भिसा तस्करी गर्ने नेपालीलाई कतारमा एक वर्ष जेल,४० जना माथि मुद्दा दायर

काठमाडौँ,जेठ १७ – कतारको अदालतले अवैध ढंगले भिसा तस्करी गर्ने नेपालीलाई एक वर्ष जेल र २० हजार रियाल ९६ लाख रुपैयाँ जरिवाना तोकेको छ । अदालतले भिसाको अवैध तस्करी गरेको अभियोगमा तवरेज आलामलाई सजाय तोकेको नेपाली दूतावासले जनाएको छ । अदालतले आलाम आउँदो फेब्रुअरी १४ सम्म जेल बस्नुपर्ने समय तोकेको छ । कतार सरकारले कामदारसँग भिसाको शुल्क लिने र कामदारलाई झुक्याएर ल्याउने कार्यलाई गैरकानुनी भन्दै कारबाही गर्ने गरेको छ ।...

सुष्मा स्वराजद्वारा नेपालीमाथिको टिप्पणीमा क्षमायाचना

नेपालगन्ज, १५ जेठ ।  आफ्नो विवादास्पद अभिव्यक्तिप्रति भारतीय विदेश मन्त्री सुष्मा स्वराजले माफी मागेकी छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो अभिव्यक्तिप्रति माफी मागेकी हुन् । उनले भनेकी छन्, ‘यो मबाट गल्ती भएको हो, यसका लागि म माफी चाहन्छु ।’ भारतीय विदेश मन्त्री स्वराजले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा जनकपुरमा भारतीय नागरिकलाई सम्बोधन गरेको बताएकी थिइन् । उनको यो भनाईको आलोचना भएको थियो । उनले ट्वीट मार्फत आफूले बोलेको कुरा जसमा विवाद भएको...

आईपीएल : कोलकातालाई हराउँदै हैदरावाद फाइनलमा

नेपालगन्ज, १२ जेठ । सनराइजर्स हैदरावाद भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । योसँगै अब आइतबर  उपाधिका लागि हैदरावादले चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्ने छ । शुक्रबार बेलुका भएको क्वालिफायरमा कोलकाता नाइट राइडर्सलाई १४ रनले हराउँदै हैदरावादले फाइनलमा स्थान पक्का गरेको हो । हैदरावाद पहिलो क्वालिफायरमा चेन्नईसँगै पराजित भएर दोस्रो क्वालिफायर खेलेको हो । कोलकातामा भएको खेलमा १७५ रनको लक्ष्य पछ्याएको घरेलु टोली कोलकाताले ९ विकेटको क्षतिमा १६०...

विमान दुर्घटनामा १०० जनाको मृत्यु

क्युबा, ११ जेठ । क्युबामा विमान दुर्घटनामा हुँदा करीब १०० जनाको मृत्यु भएको छ । विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्याम आएका खबर अनुसार स्थानीय समय अनुसार शुक्रबार दिउँसो १२ः०८ बजे बोइङ ७३७–२०० विमान दुर्घटनामा परेको हो । खबरमा जनाइए अनुसार विमान राजधानी हवानाको जोस मार्टी एयरपोर्टबाट क्युबाकै अर्को शहर होलगुइनका लागि उडेको थियो । विमान उडेको केही क्षणमै दुर्घटनामा पर्‍यो । विमानमा १०४ जना यात्रु र ६ जना मेक्सिकन चालकदलका सदस्य सवार थिए ।...

तामिल नाडुमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १३ पुग्याे

भारत, ११ जेठ । भारतको दक्षिणी राज्य तामिल नाडुमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको संख्या १३ पुगेको छ । वस्ती नजिक सञ्चालनमा रहेको खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि उनीहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । तमिल नाडु राज्यको टुटिकोरिन सिटीमा प्रदर्शन चर्किदै गएपछि स्थानीय प्रशासनले कफर््यु आदेश पनि जारी गरेको थियो । घटनाका बारेमा छानविन गरेर सत्य तथ्य सार्वजनिक गर्न माग...

अमेरिकाद्वारा इरानमा कडा प्रतिबन्धको घोषणा, इरानको कडा आपत्ति

वासिङ्टन । अमेरिकाले इरानमाथि पुराना प्रतिबन्धहरु पुनः दोहोर्याउने भएको छ । इरानमाथि अमेरिकाले सन् २०१५ मा भएको आणविक सम्झौतापछि ती प्रतिबन्धहरु फुकुवा गरेको थियो । तर हालै अमेरिकाले इरानसँगको उक्त पारमाणविक सम्झौता रद्द गरेको छ । त्यसपछि भने अमेरिकाले ती पुराना प्रतिबन्धहरु पुनः लगाउने भएको बताइएको हो । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले हालैमात्र अमेरिकाले इरानसँगको पारमाणविक सम्झौता रद्द गरेपछि यसअघि फुकुवा गरेका सबै प्रतिबन्धहरू पुनः लगाइने तथा इरानले नयाँ आर्थिक प्रतिबन्धको...

बेलायती राजकुमार ह्यारी र मार्कलको विवाह फोटो फिचर
"बेलायती राजकुमार ह्यारी र मार्कलको विवाह  "

बेलायत । संयुक्त अधिराज्यका राजकुमार ह्यारी र मेगन मार्कलको बहुचर्चित विवाह शनिबार सम्पन्न भएको छ। विन्ड्सस्थित सेन्ट जोर्जेज च्यापलमा औंठी साट्दै उनीहरू विवाह वन्धनमा बाँधिएका हुन्। आफ्नी आमासहित रोल्स रोयल गाडीमा विवाह स्थलमा पुगेकी मेगन मार्कललाई हृयारीका पिता युवराज चाल्र्सले सेन्ट जोर्जेज च्यापलमा हात डोर्‍याएर भित्र लगे । हृयारी भने दाइ विजियमसँग पुगेका थिए । ३३ वर्षिया ह्यारी बेलायतकी गद्दिशिन महारानी एलिजावेद दृतियका नाती हुन् भने ३६ वर्षिया मार्कल...

भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट १२ जनाको मृत्यु

भारत,७ जेठ। उत्तरी भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको मृत्यु् भएको छ । कानपुरको नगर र ग्रामीण क्षेत्रमा भएको यस घटनामा १२ व्यक्तिको मृत्यु भएको बताइएको छ । कानपुर नगरको सचेण्डीमा शनिबार छ जना र कानपुरकै रूरामा आइतबार थप छ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । यस घटनामा अन्य केही व्यक्ति बिरामी परेका तर बिरामीहरुको यकिन संख्यामा दिइएको छैन । बिरामी सवैको स्थानीय अस्पतालमा उपचार भईरहेको बताइएको...

“सन्दिपलाइ खेलाउन किन ढिला गरीयो?” प्रशिक्षकले दिए स्पष्टीकरण

काठमाडौं,७ जेठ । इन्डियन प्रिमियर लिग (आइपिएल ) मा दिल्ली डेयरडेभिल्सले सुरुआती ११ खेलमा सन्दीप लामिछानेलाई बेञ्चमा राख्यो । जब मौका पाए, सन्दीपले आफूलाई प्रमाणित गरे । १७ वर्षीय सन्दीपको बलिङबाट सबै प्रभावित भए । आइतबार दिल्लीको अन्तिम खेलमा ३६ रन खर्चेर ३ विकेट लिँदै टिमलाई जित मात्र दिलाएनन्, मुम्बई इन्डियन्सको अघिल्लो यात्रामा पूर्णविराम लगाउन महत्वपूर्ण भूमिका खेले । यससँगै दिल्ली डेयरडेभिल्समाथि प्रश्न उठेको छ, सन्दीपलाई खेलाउन किन ढिला गरियो प्रशिक्षक...