विदेश/अन्तर्राष्ट्रियमा रहेका समाचारहरु

सन्दीपको ३ बिकेट सगै दिल्ली डेयरडेभिल्सद्वारा मुम्बई इन्डियन ११ रनले पराजित

दिल्ली (एजेन्सी),६ जेठ। भिभो आइपिएल २०१८ अन्तर्गत नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्सले मुम्बई इन्डियन्सलाई ११ रनले हराएको छ । यस हारसँगै मुम्बई प्रतियोगिताबाट बाहिरिएको पनि छ । अघिल्लो दुई खेलमा दुई विकेट लिएका सन्दीपले यस खेलमा ३ विकेट हात पारे । पहिलो इनिङ्समा दिल्लीका लागि आकर्षक लयमा रहेका रिशभ पन्तले सर्वाधिक ६४ रन जोडे । उनले ४४ बलको सामना गर्दै ४ छक्का पनि प्रहार गरे । त्यस्तै...

कर्नाटकमा सत्ताको दाउपेच : कांग्रेसका दुई विधायक गायब

नेपालगन्ज, ३ जेठ । कर्नाटकमा सरकार गठनका लागि विधायकहरूलाई आफूसँग राख्नका लागि दलहरू लागिपरेका छन् । विधानसभा चुनावमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि विधायकहरुलाई तान्ने र राखिराख्ने खेल शुरु भएको हो । यसैबीच कांग्रेसका दुई विधायक गायब भएको खबर छ । बेल्लारीबाट कांग्रेस विधायक आनन्द सिंह इगलटन रिसोर्ट पुगेनन् । उक्त रिसोर्टमा कांग्रेसले आफ्ना विधायकहरूलाई सुखसुविधाका साथ थुनेर राखेको छ । अनि कर्नाटक हैदराबाद क्षेत्रबाट कांग्रेस विधायक प्रताप गौडा पाटिल पनि...

कोलकाता नाइट राइडर्सद्वारा मंगलबार रातिको खेलमा राजस्थान ६ विकेटले पराजित

कोलकाता,२ जेठ। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार राति राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । १ सय ४३ रनको लक्ष्य पछ्याएको कोलकाताले २ ओभर बाँकी रहँदा ४ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । लिग चरणको एक खेल बाँकी रहँदा जितपछि कोलकाता (१४ अंक) तेस्रो स्थानमा थप मजबुद भएको छ भने चौथो स्थानको राजस्थानको १२ अंक छ । पाँचौं स्थानको किङ्स ११ पञ्जाबको पनि...

गाजा क्षेत्रमा फैलिएको हिंसाबाट ५८ जनाको ज्यान गयो

ऐजेन्सी/प्यालेस्टायन,१ जेठ। प्यालेस्टायनको गाजा क्षेत्रमा फैलिएको हिंसाबाट ५८ जनाको ज्यान गएको छ भने २७०० घाइते भएका छन् । इजरायलसँगको सिमानामा पर्ने गाजामा आक्रोसित प्यालेस्टायन प्रदर्शनकारी र इजरायली सेनाबीच झडप भएको हो । अमेरिकाले आफ्नो दूतावास सारेपछि त्यहाँ हिंसा फैलिएको थियो । दूतावास खोल्ने निर्णयप्रति प्यालेस्टायन सन्तुष्ट छैन । प्यालेस्टायनले दूतावास खोल्ने अमेरिकी योजनालाई जेरुसेलममाथि आफ्नो पूर्ण नियन्त्रण कायम राख्ने इजरायली नीतिको समर्थनका रुपमा लिएको छ । ...

ब्राजिलद्वारा रसिया बिश्वकपका लागी २३ जना खेलाडीको नाम सार्बजनिक
"धेरै नँया अनुहारमा  "

ब्राजिल,१ जेठ। ब्राजिल राष्ट्रिय फुटबल टोलीले जुन तेस्रो साताबाट सुरु हुने फिफा विश्वकपका लागि २३ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक गरेको छ । प्रशिक्षक टिटेले घोषणा गरेको टोलीमा पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारको पनि नाम रहेको छ । २६ वर्षीय फरवार्ड विगत केहि महिनायता चोटका कारण मैदान बाहिर रहेपनि प्रशिक्षकले टोलीमा समेटेका हुन् । टोलीमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका चार खेलाडी छन् । गोलरक्षक एडरसन, डिफेन्डर ड्यानिलो, मिडफिल्डर फर्नानडीन्हो र...

जनकपुरबाट अयोध्याका लागी छुटेको बसलाई मुख्यमन्त्री आदित्यनाथद्वारा स्वागत

अयोध्या,२९ बैशाख। नेपालको जनकपुरबाट शुभारम्भ गरिएको ‘जनकपुर-अयोध्या ‘ बससेवाको उद्घाटित बस शनिबार अयोध्या पुगेको छ। शुक्रबार  भारतीय प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षी केपी शर्मा ओलीसँगै जनकपुरबाट संयूक्त रूपमा सो बससेवाको सुरूवात गरेका थिए। अयोध्या पुगेको बसलाई उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले स्वागत गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। सो बस सेवाले दुई देशबिचको तीर्थाटनलाई बढाउने आशा गरिएको छ। बससेवाले  भारतले आफ्नो देशमा भगवान रामसँग सम्बन्धित १५ स्थान मिलाएर सुरू गरेको रामायण सर्किट परियोजनासँग...

इजरायलमा जापानी प्रधानमन्त्रीलाई जुत्तामा खाना दिइएपछि…..

एजेन्सी, २५ वैशाख । दुई मेमा जब जापानी प्रधानमन्त्री सिन्जो आवे र उनकी श्रीमती इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको निजी निवासमा डिनरका लागि पुगे तब त्यहाँ उनलाई जुत्तामा खाना राखेर दिइयो । तर त्यो कुनै वास्तविक जुत्ता नभएर धातूको जुत्ता थियो । प्रधानमन्त्री नेतान्याहूका निजी तथा इजरायलका सेलिब्रेटी शेफले आवेलाई उक्त धातुको जुत्तामा उत्कृष्ट चकलेटहरु राखेर दिएका पेश गरेका थिए । जापानी संस्कृतिमा जुत्तालाई एकदमै अपमानजनक मानिन्छ । आवेले इजरायलको त्यस्तो कलात्मक...

राजस्थान रोयल्सद्वारा तेस्रो स्थानमा रहेको किङ्स ११ पञ्जाब पराजीत

नेपालगन्ज, २६ बैशाख।पुछारमा रहेको राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो स्थानमा रहेको किङ्स ११ पञ्जाबलाई हराएको छ। मंगलबार राती जयपुरमा भएको खेलमा राजस्तानले पञ्जाबलाई १५ रनले हराउँदै अंकतालिकाको छैठौं स्थानमा उक्लिएको छ। १ सय ५९ रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४३ रनमात्र जोड्न सक्यो। टोलीका लागि लोकेश राहुलबाहेक कुनै पनि ब्याट्सम्यानले उच्च प्रदर्शन गर्न सकेनन् । ७० बल खेलेका राहुलले ११ चौका र...

बिहीबारको खेलमा कोलकाता नाइट राइडर्सद्वारा चेन्नई सुपर किङ्स पराजित

कोलकाता,२१ बैशाख।  कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहिबार  पराजित गरेको छ । जितसँगै कोलकाता तेस्रो स्थानमा उक्लेको छ । चेन्नईको हारपछि सनराइजर्स हैदराबाद शीर्षस्थानमा उक्लेको छ भने चेन्नईको समान १२ अंक सहित दोश्रो स्थानमा छ । १० अंक सहित चौथो स्थानमा किङ्स ११ पञ्जाबी रहेको छ। १ सय ७८ रनको लक्ष्य पछ्याएको कोलकाताले १७.५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ८० रन बनाउँदै नतिजा आफ्नो पक्षमा पारेको...

सेना प्रमुखद्वारा ‘बलात्कार’ अस्वीकार !

म्यानमार ,१८ बैशाख । आफ्नो सुरक्षा बलले म्यानमारको राखिन राज्यको मुसलमान समुदायका नागरिकलाई बलात्कारलयागत यौनजन्य अपराध गरेको भन्ने आरोपको म्यानमारका सेना प्रमुखले अस्विकार गरेका छन् । म्यानमारको राजधानी नेपितमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका प्रनिनिधिहरुलाई गरेको सम्बोधनमा सेना प्रमुख मिन आङ हानिङले सो आरोपको अस्वीकार गरेका हुन् । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रतिनिधिहरु हाल बंगलादेश र म्यानमारको भ्रमणमा रहेका छन् । राष्ट्रसंघीय अधिकारीहरुले रोहिंग्याको अवस्थामा अझे सुधार नआएको र उनीहरुलाई...