विदेश/अन्तर्राष्ट्रियमा रहेका समाचारहरु
श्रीहारिकोटा, भारत, १६ चैत । भारतले आफ्नो सञ्चार उपग्रह जीसैट (६ए) लाई सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरी निर्धारित कक्षमा स्थापना गरेको भारतीय अधिकारीले बताएका छन् । राज्यको स्वमित्वमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संस्था, इन्डियन स्पेस रिसर्च अर्गनाइजेसनको जिओसिन्क्रोनस सेटलाइट भेहिकलले जीसैट (६ए)लाई दक्षिणी अन्तरिक्ष स्टेसन श्रीहारिकोटाबाट स्थानीय समय अनुसार अपरान्ह् ४ बजेर ५६ मिनेटको समयमा प्रक्षेपण भएको थियो । प्रक्षेपण गरिएको २० मिनेटमा सञ्चार उपग्रह निश्चित स्थानमा पुगेको एक भारतीय अन्तरिक्ष अधिकारीलाई...
सिन्ह्वा, चीन, १४ चैत । आफ्ना अस्वाभाविक व्यवहार एवम् परमाणु परीक्षणद्वारा अमेरिका जस्तो महाशक्तिसम्पन्न मुलुक अमेरिकालाई समेत हल्लाइदिएका तानाशाह किम जोङ उन चीन भ्रमणमा रहेको अन्ततः पुष्टि भएको छ । गत आइतबार आफ्नी पत्नीसहित गोप्य ढङ्गले चीन पुगेका उग्र स्वभावका किम चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटघाट तथा कुराकानीपछि नरम बनेका एजेन्सीहरूले जनाएका छन् । राष्ट्रपति सीसँगको परामर्शपछि किम जोङ अमेरिकासँग वार्तालाप गर्न मात्र नभई शिखर सम्मेलनमा भाग लिनसमेत सहमत भएका बताइएको छ...
रुस, ५ चैत्र । रुसको कमाण्ड एकपटक पुनः भ्लादिमीर पुटिनको हातमा ६ वर्षको लागि पुगेको छ । भर्खरै सम्पन्न निर्वाचनबाट दुई तिहाई भन्दा बढी मतले पुटिन रुसको राष्ट्रपति निर्वाचित भएका छन् । उनलाई करिव ७६ प्रतिशत भोट हासिल भएको बताइएको छ । यस निर्वाचनमा प्रमुख विपक्षी नेता अलेक्सई नवालनीलाई कीर्ते गरेको आरोपमा प्रतिबन्धित गरिएको थियो । निर्वाचनमा उनका निकटतम प्रतिद्वन्द्वी पावेल गुरुदिनीनलाई केवल १२ प्रतिशत मत प्राप्त भएको जनाइएको...
काठमाडौं ,१चैत्र ।फागुन २८ गते सोमबार विमान दुर्घटना भएपछि युएस बंगला एयरलाइन्सले ढाका-काठमाडौं उडान बन्द गरेको छ । विमान अभावका कारण काठमाडौं ढाका उडान विहीबारदेखि केही समयका लागि रोकेको युएस बंगलाले जनाएको छ । ७१ जना सवार विमान २ दिनअघि मात्रै त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका ७१ जनामध्ये अहिलेसम्म ४९ जनाले ज्यान गुमाइसकेका छन् ।नेपालस्थित युएस बंगलाका प्रतिनिधिका अनुसार विमान अभाव भएपछि करिब एक महिनाका लागि काठमाडौं ढाका उडान...
नेपालगन्ज,३० फागुन।वैज्ञानिक स्टेफन हकिङको बुधबार ७६ वर्षको उमेरमा निधन भएको छ। उनको परिवारले विज्ञप्ति जारी गर्दै क्याम्ब्रिजस्थित घरमै हकिङको निधन भएको जनाएको छ। हकिङका तीन जना छोराछोरी लुसी, रोबर्ट र टिमले आफ्ना प्यारा पिताको निधनले मर्माहत भएको विज्ञप्तिमा उल्लेख गरेका छन्। बेलायतका हकिङ ब्ल्याक होल र सापेक्षतासम्बन्धी सिद्धान्तमा उनले दिएको योगदानका लागि प्रसिद्ध छन्। उनले ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ लगायत थुप्रै विज्ञानसँग सम्बन्धित पुस्तक लेखेका छन्। हकिङ २१ वर्षका हुँदा उनलाई नसासम्बन्धी रोग...
काठमाडौँ,२९ फागुन ।फाल्गुन २८ गते त्रिभुवन बिमानस्थलमा दुर्घटना भएको बांग्ला एयरको विमान दुर्घटनामा घाइतेको उपचारका लागि आपतकालीन सहयोग गर्न तयार रहेको बंगलादेशले जनाएको छ । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले दुर्घटनामा घाइतेको उपचारमा नेपाल सरकारलाई जस्तोसुकै आपतकालीन सहयोग गर्न तयार रहेको बताउनुभएको छ । फ्लाइट नम्बर बिएस २११ को विमान ढाका–काठमाडौं उडानका क्रममा अवतरण गर्दा त्रिभुवन विमानस्थलमा सोमबार दुर्घटनामा पर्दा ७१ जना मध्यमा ४९ जनाको मृत्यु भएको थियो । ...
काठमाडौँ, २० फागुन । इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा भोलि अपराह्न राजधानी आउनुहुने भएको छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले आज जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा विचारविमर्श गर्नुहुनेछ । साथै उहाँले प्रधानमन्त्री अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ । भ्रमण पूरा गरी फागुन २२ गते प्रधानमन्त्री अब्बासी स्वदेश...
एजेन्सी, मुम्बई, १६ फागुन । विश्वभरका आफ्ना करोडौँ फ्यानलाई रुवाउँदै बलिउडकी प्रख्यात अभिनेत्री श्रीदेवी जिन्दगीको अन्तिम यात्रामा निस्केकी छन् । करोडौँ फ्यानको मन मष्तिष्कमा बस्न सफल उनलाई बेहुली जस्तै सजाएर शव यात्रा मुम्बईबाट निकालिएको हो । बलिउडकी ‘चाँदनी’ श्रीदेवीलाई सेतो फूलले सजाइएको ट्रकमा राखेर अन्तिम यात्रामा निकालिएको हो । यसभन्दा पहिले श्रीदेवीलाई बेहुली जस्तै रातो कपडाले सजाइएको थियो । श्रीदेवीको अन्तिम दर्शनका लागि लाखौँ मानिससहित बलिउडका चर्चित हस्तीहरु मुम्बईको सेलिब्रेशन स्पोर्ट्स...
फाल्गुन १३,नेपालगन्ज। वलिउडकि नायिका श्रीदेविको निधन भएको छ । गए राती ५४ वर्षको उमेरमा उनको युनाइटेड अरव इमीरेटसको दुबईमा निधन भएको हो ।श्रीदेवि विवाह समारोहमा सामेल हुनको लागि आफ्नो परीवारको साथमा दुबई गएकी थिइन् । उनको निधन कार्डिएक अट्याक बाट भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन। ...
फाल्गुन १०,काठमाण्डौ।ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० वटा देशहरुलाई समेटेर भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक सार्वजनिक गरेको छ, जसमा ९ स्थान माथि उक्लिँदै नेपाल ३१ अंकसहित १२२ औं स्थानमा देखिन्छ । गत वर्ष नेपाल १३१ औं स्थानमा थियो । सन् २०१७ को नयाँ प्रतिवेदनमा नेपालको स्थितिमा केही सुधार देखिए पनि सन्तोषजनक भने छैन । ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार ४० भन्दा कम अंक ल्याउने देश निकै भ्रष्टाचार हुने भनेर चिनिन्छन् । राजनीति, वित्तिय अनुशासन, न्यायमा पहुँचलगायतका ६...