विदेश/अन्तर्राष्ट्रियमा रहेका समाचारहरु
फागुन ४,नेपालगन्ज। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिनुभएको छ । मोदीले बिहीबार राति १०ः३० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिँदै भारत भ्रमणको निम्तोसमेत दिनुभएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भारतीय प्रधानमन्त्री मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभएको थियो । प्रधानमन्त्री ओलीलाई समकक्षी मोदीले नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता...
फाल्गुन २,नेपालगन्ज । १४ फेब्रुअरीमा सन्त भ्यालेन्टाइनको सम्झनामा यो दिवस मनाइन्छ । यस दिन कुनै केटा वा केटीले प्रपोज गर्दा इन्कार गर्न सक्दैनन् भन्ने मान्यता पनि छ । भ्यालेन्टाइन्स डेमा प्रेमी–प्रेमिका, पति–पत्नीले एक–अर्कालाई गिफ्ट दिएर प्रेम साट्ने गर्छन् । इ.सं. २६९ को १४ फेब्रुअरीमा सन्त भ्यालेन्टाइनलाई फाँसी दिइएको थियो । भ्यालेन्टाइन रोमका पादरी थिए । उनी पादरी मात्र थिएनन्, प्रेमका पुजारी पनि थिए । त्यसैले उनलाई फाँसी दिइएको दिनलाई प्रेम दिवसका...
वासिङटन, २९ माघ (रासस÷सिन्ह्वा)। हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ । क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले सौर्य चक्रकाबारेमा अध्ययन गर्दा यस्तो तथ्य भेटिएको जारी प्रतिवेदनमा बताइएको हो । उनीहरुले त्यतिबेला सम्ममा सूर्यको तापक्रम सात प्रतिशतसम्म घट्नसक्ने विश्वास व्यक्त गरेका छन् । सूर्यको तापक्रम घटेपछि पृथ्वीमा पर्ने तापक्रम पनि कम हुनेभएको छ । तर चिसो हुनेक्रम संसारभर एकैनासको भने नहुने अध्ययनले देखाएको छ ।...
जम्मू, २७ माघ । भारत प्रशासित जम्मूको पठानकोट मार्गमा रहेको भारतीय सेनाको सुजुवान क्याम्पमा भएको आक्रमणमा परी दुई भारतीय सैनिक मारिएका छन् । आक्रमणमा ६ जना सैनिक घाइते भएका छन् । हतियारधारीको समूहले शनिवार विहानै सैनिक क्याम्पमा आक्रमण गरेका थिए । आक्रमणमा परी मृत्यु हुनेमा सुवेदार मदन लाल र एम असरफ मिर छन् । घाइते हुनेमा एकजना कर्नेल तहका सैनिक, हवल्दार अब्दुल हामिद, लेस नायक बहादुर सिंह र सुवेदार चौधरीकी छोरी...
नेपालगन्ज, २६ माघ । २३ औं विन्टर ओलम्पिक दक्षिण कोरियाको प्योङच्याङमा शुक्रबारबाट सुरु हुँदैछ । प्योङचाङमा उदघाटन समारोहको भव्य तयारी गरिएको छ । शुक्रबारदेखि शुरु हुने यो ओलम्पिक २५ फेब्रुअरीसम्म चल्ने छ । दक्षिण कोरियाका १३ स्थानमा १५ खेलको स्पर्धा हुनेछ । १०२ स्वर्ण पदकका लागि विश्वका ३ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै सन् २०१४ को ओलम्पिकमा शक्तिवर्धक औषधि लिएको आरोपमा प्रतिवन्ध खेपेको रुसका १६९ खेलाडीले यो प्रतियोगितामा स्वतन्त्र...
माघ २२/ सडकमा गुड्ने गाडी चोरी भएको त बरु सुनिएकै हो । तर चीनमा भने सडक नै चोरी भएको छ । पूर्वी चीनको जिनाग्सु क्षेत्रस्थित सानकेशू गाउँमा गत जनवरी २४ मा ८ सय मिटर लामो सडक चोरी भएको हो। उक्त क्षेत्रमा चोरले रातारात ८ सय मिटर लामो कंक्रिटको सडक चोरेको रिपोर्ट पुलिसमा गरिएसँगै त्यो चर्चाको विषय बनेको छ । स्थानीय मानिसहरुले चोरले सडक खनिरहेको पनि देखेका थिए । तर त्यो चोर भन्ने...
माघ १८, काठमाडौं । भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल भ्रमणका लागि आज नेपाल आउँदैछिन् । उनी वायुसेनाको विशेष विमानमार्फत अपराह्न तीन बजे नेपाल आउन लागेकी हुन् । काठमाडौं आएलगत्तै उनले राजनीतिक भेटवार्ता गर्ने बताइएको छ । स्रोतका अनुसार, उनले शुरुमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने तयारी गरेकी छन् । स्वराजले आजै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र मधेसकेन्द्रित दलका नेतासँग पनि छलफल गर्ने तयारी छ । तर, भेटवार्ताको समय र...
माघ १६ ,नेपालगन्ज।केही वर्षको स्थगन पश्चात् सन २०१६ देखि नियमित काठमाडौ–दुबई सिधा उडान भर्दै आएको नेपाल एयरलाइन्सको दुबईमा नयाँ कार्यालय उद्घाटन गरेको छ। दुबईको देरास्थित सलाउहुदीनमा खोलिएको एयरलाइन्सको नयाँ कार्यालय नेपाली दूतावास युएईका कार्यवाहक राजदूत सागर प्रसाद फुँयाल र नेपाल वायुसेवा निगम वाणिज्य विभागका निर्देशक जनकराज कलाखेतिले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। कार्यालय उद्घाटन समारोहमा बोल्दै नेपाली दूतावास युएईका कार्यवाहक राजदूत सागर प्रसाद फुयाँलले नेवानिले नेपालीलाई दिँदै आएको सेवा सुविधाको प्रशंसा...
अमेरिकामा हालै फैलिएको एक हल्लापछि अचानक पोर्न साइटहरुमा पोर्न सामाग्रीहरुको संख्या ह्वात्तै बढ्यो । पोर्न साइटहरुको ट्राफिक यति बढ्यो की यसअघिका सबै पूराना रेकर्डहरु तोडिए । वास्तवमा हालै अमेरिकाको हवाई प्रान्तमा मिसाइल आक्रमण हुन लागेको गलत हल्ला आगोझैँ फैलियो । अचानक जारी भएको अलर्टपछि मानिसहरुमा तहल्का मच्चियो । तर पछि थाहा भयो की अमेरिकी सुरक्षा एजेन्सीका एक अधिकारीले गल्तीले अलर्ट बटन थिचेपछि मानिसहरुको मोबाइलमा यस्तो सूचना पुगेको रहेछ । मानिसहरु त्रतिस...
माघ ३,नेपालगन्ज । लागू औषध तस्करको आरोपमा इन्डोनेसिया प्रहरीले एक नेपालीलाई गोली हानेर मारेको छ । मारिनेमा ३४ वर्षीय शरण तामाङ छन् । उनको नेपालको ठेगाना भने खुलाइएको छैन । लागू औषध तस्करीको सूचनाका आधारमा अपरेशन चलाइएको सेन्ट्रल जाकार्ता मेट्रो पुलिसका चिफ सिनियर कमिशन रोमन हुटाजुजुले बताएका छन् । ...