विदेश/अन्तर्राष्ट्रियमा रहेका समाचारहरु

आईपीएलको शीर्ष स्थानमा सनराइजर्स हैदरावाद,कोलकोत्ता पाँचौमा

नेपालगन्ज,१७ बैशाख । कोलकोत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चौथो जित निकालेको छ । आइतबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले हराउँदै कोलकाताले चौथो जित निकालेको हो । एम चिन्नास्वामी क्रिकेट स्टेडियममा बेंगलोरले दिएको १७६ रनको लक्ष्य कोलकाताले १९ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । कोलकाताको जितमा क्रिस लियनले अविजित ६२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै रोविन उथप्पाले ३६, सुनील नारिनेले २७...

बंगलादेश–भारत–नेपाल बस सेवा शुरु

काठमाडौं, १५ वैशाख । बंगलादेश, भारत र नेपालबीच पहिलोपटक परीक्षणका रुपमा बससेवा शुरु भएको छ । तीनदिनअघि बंगलादेशको राजधानी ढाकाबाट कोलाकाता हुँदै यात्रुबाहक बस पहिलोपटक नेपालको संघीय राजधानीमा आइपुगेको छ । उक्त बसका यात्रीका रुपमा तीनवटै मुलुकका सरकारी प्रतिनिधिमण्डल सम्मिलित थिए । बससेवा प्रारम्भसँगै भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्टे शाम्सले आज साँझ यहाँस्थित आफ्नै निवासमा एक स्वागत समारोहको आयोजना गरे । त्यसअवसरमा उनले बससेवा प्रारम्भ भएकामा प्रशन्नता प्रकट...

दुई कोरियाबीच ऐतिहासिक शिखर बैठक सम्पन्न: युद्ध अन्त्य गर्ने सहमति

कोरिया, १५ वैशाख  । कोरिया प्रायद्विपमा सधैँका लागि युद्ध अन्त्य गर्ने सहमति भएको छ । दक्षिण कोरिया र उत्तर कोरियाका शीर्ष नेताबीच शुक्रबार सम्पन्न शिखर बैठकमा यस्तो सहमति भएको हो । सहमतिअनुसार यसै वर्षभित्र दुई कोरियाबीच शान्ति सम्झौता हुने भएको छ । कोरियाली युद्ध भएपछि पहिलो पटक ६५ वर्षपछि दक्षिण कोरियाली भूमिमा पुग्नुभएका उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ ऊन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनबीच भएको सौहार्दपूर्ण बैठकमा...

रेलले स्कुल बसलाई ठक्कर दिँदा भारतमा सत्र बालबालिकाको मृत्यु

नयाँदिल्ली, १३ वैशाख ।भारतमा एउटा रेलले विद्यार्थी बोकेको एउटा बसलाई ठक्कर दिँदा कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ भने अरु सात जना घाइते भएका छन् । रेलको बाटो पार गर्न लागेको बसलाई रेलले ठक्कर दिएर बिहीबार सो दुर्घटना भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । उत्तर प्रदेशको राजधानी लखनउबाट ३२३ किलोमिटर टाढा पर्ने कुशीनगर जिल्लाको बेहपुर्व भन्ने ठाँउमा दुर्घटना भएको हो । “आज विहान तिव्र गतिमा आएको स्वचालित रेलले एउटा विद्यालय बसलाई ठक्कर...

भारतीय ‘धर्मगुरु’ आशाराम बापु बलात्कारमा दोषी ठहर

दिल्ली,१२ बैशाख।भारतीय ‘धर्मगुरु’ आशाराम बापु बलात्कारमा दोषी ठहर भएका छन्। बुधबार जोधपुरको एउटा अदालतले आशारामसहित पाँच जना बलात्कारमा दोषी भएको फैसला गरेको हो। आशाराम पाँच वर्षअघि बालिकालाई बलात्कार गरेको अभियोग लागेको थियो। उत्तरप्रदेशकी एक किशोरीले आशारामले आफूलाई आश्रममा बलात्कार गरेको भन्दै राजस्थानमा मुद्दा हालेकी थिइन्। सुरतका दुई जना दिदीबहिनीले पनि आफूलाई भगवान भन्ने आशारामले बलात्कार गरेको भन्दै छुट्टाछुट्टै मुद्दा हालेका थिए। आशारामलाई २०१३ अगस्टमा प्रहरीले हिरासतमा लिएको थियो। आशाराम दोषी ठहर भएपछि उनका अनुयायीले ...

भारतमा बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड,कानून अनुमोदन

नयाँ दिल्ली, भारत, ९ वैशाख – भारत सरकारले बालिकामाथि बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानूनलाई शनिबार अनुमोदन गरेको छ । भारतमा दैनिक करिब ५० जनाको दरमा बलात्कारका घटना हुन थालेपछि सरकारले बलात्कारीलाई मृत्युदण्ड दिने कानूनलाई अनुमोदन गरेको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले कमनवेल्थ शिखर सम्मेलनबाट फर्केलगत्तै शनिबार उक्त कानूनबारे छलफल गर्न मन्त्रीपरिषद् बैठक बोलाउनुभएको थियो । उक्त बैठकबाट बलात्कारीलाई मृत्युदण्ड दिने कानूनलाई अनुमोदन गरिएको हो । पछिल्लो निर्णयले किशोरीमाथि हुने बलात्कारको सजायलाई...

६ वर्षपछि एउटै स्टेजमा देखापर्दै फिरोज र एड्रियन

राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया), ३ बैशाख । नेपालको चर्चित सांगीतिक ब्याण्ड ‘१९७४ एडी’को नाम नसुन्ने वा यस ब्याण्डको सांगीतिक सिर्जनामा नझुम्ने कमै सङ्गीतप्रेमी नेपाली होलान् । देश–विदेशसम्म आफ्नो गौरवमय साङ्गीतिक उपस्थिति जनाएको यो ब्याण्डमा बीचको समय केही अवरोध पनि आएकै हो । तर पनि यस ब्याण्डका सदस्यहरूकोे सांगीतिक यात्रा भने रोकिएन । यस ब्याण्डका दुई चर्चित हस्ती फिरोज स्याङ्देन र एड्रियन प्रधान निकै समय एकसाथ कार्यक्रममा देखिएनन् । करिव ६ वर्ष...

सलमान खाँनको ५० हजार भारुमा धरौटी मन्जुर

नेपालगन्ज,२४ चैत्र।बलिउड अभिनेता सलमान खान भारू ५० हजार अर्थात नेपाली ८० हजार धरौटीमा छुटेका छन्। गत बिहिबार कोर्टले उनलाई ५ वर्षको जेल सजाय सुनाएको थियो। उनलाई कालो हरिण सिकारको मामिलामा सजाय दिइएको हो। उनले केसको सुनुवाई गर्न कोर्टमा अपिल गरेका थिए। सलमानको अपिलमा शनिबार सुनुवाइ गर्दै जोधपुर सेशंस कोर्टका न्यायाधीश रवीन्द्रकुमार जोशीले सलमानलाई जमानत दिने फैसला गरेका हुन्। सलमानलाई न्यायाधीशले रिहाइ गर्न फैसला गरेसँगै उनलाई जेलबाट बाहिर निकाल्ने प्रक्रिया सुरू भएको छ। अदालतले...

आईपीएल आजबाट शुरु हुँदै, पहिलो खेलमा मुम्बई र चेन्नई भिड्ने

नेपालगन्ज, २४ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) को ११ औं संस्करण आजबाट शुरु हुँदैछ । भारतीय समय अनुसार आजराति आठ बजे मुम्बईको वानखेड़े स्टेडियममा खुल हुने छ । शृंखलाको पहिलो खेल चेन्नई सुपर किंग्स र मुम्बई इन्डियनबीच हुनेछ । चेन्नईको घरेलु मैदानमा हुने खेलका लागि दर्शकहरुसमेत निकै उत्साहित छन् । आईपीएल स्पट फिक्सिङ घटनापछि दुई वर्षका लागि निलम्बित चेन्नई सुपर किंग्स यसपटक प्रतियोगितामा सहभागी भएकाले पनि चेन्नईमा हुने यो म्याच घरेलु...

विमान दुर्घटनाका मृतकका आफन्त र घाइतेहरूलाई कानूनी दाबी पेश गर्न युएस-बंगलाको अपिल

काठमाडौं, २१ चैत । गत महिना त्रिवुभन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त विमानका मृतकका हकदार र घाइतेहरूलाई कानूनी दाबी पेश गर्न युएस-बंगला एयरलाइन्स कम्पनीले अपिल गरेको छ । बुधबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी यस्तो अपिल गरिएको हो । ‘यस पीडादायी समयमा युएस-बंगला एयरलाइन्स मृतक यात्रुहरूको कानूनी हकदारहरू तथा घाइते यात्रुहरू यथाशीघ्र पत्ता लगाउन प्रतिबद्ध छ,’ सूचनामा भनिएको छ, ‘तसर्थ, हामी उक्त दुर्घटनाका मृतक यात्रुहरूको कानूनी हकदारहरू, घाइते यात्रुहरू वा निजको कानूनी संरक्षकहरूलाई यो...