नेपाल बायुसेवाको दुबईमा शाखा खुल्यो
प्रकाशित मिति : २०७४, १६ माघ मंगलवार १०:३३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दुबईको देरास्थित सलाउहुदीनमा खोलिएको एयरलाइन्सको नयाँ कार्यालय नेपाली दूतावास युएईका कार्यवाहक राजदूत सागर प्रसाद फुँयाल र नेपाल वायुसेवा निगम वाणिज्य विभागका निर्देशक जनकराज कलाखेतिले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
Advertisement
कार्यालय उद्घाटन समारोहमा बोल्दै नेपाली दूतावास युएईका कार्यवाहक राजदूत सागर प्रसाद फुयाँलले नेवानिले नेपालीलाई दिँदै आएको सेवा सुविधाको प्रशंसा गरे।
त्यसैगरी कार्यालय उद्घाटन समारोहका विशेष अतिथि निगमका वाणिज्य विभाग निर्देशक जनकराज कलाखेतिले नेपालीहरुलाई सुलभ र सुरक्षीत हवाई यात्रा गराउँदै आएको निगमले भविष्यमा अझै सेवासुविधा थप्ने बताए।
युएईमा क्रियाशिल सामाजिक संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवि, सञ्चारकर्मीलगायत सयौं नेपाली उपस्थिति रहेको कार्यक्रममा बोल्दै नेपाल एयरलाईन्सका कन्ट्री म्यानेजर रमेश पौडेलले काठमाडौं– दुबई सिधा उडानको शुरूवातदेखि अहिलेसम्म साथ दिने सबैलाई आभार व्यक्त गरे।
सन १९८५ को जनवरीदेखि काठमाडौं-दुबईको व्यवसायिक उडान थालेको निगमले सन २०१२ को अगष्टमा विमान अभाव भएको भन्दै काठमाडौ-दुबई उडान रोकेको थियो।
वैदेशिक रोजगारीका क्रममा दुबई आएका यात्रुको चाप र मागलाई ध्यान दिंदै निगमले सन २०१६ को अगष्टबाट पुनः सिधा उडान शुरु गरेको हो।
हाल काठमाडौं-दुबई उडानका लागि निगमसँग ए-३२० सिरिसका दुई वटा एयरक्राफ्ट छन्। जसले सातामा ४ वटा उडान भर्दै आएको छ।
अहिले दुबईबाट आईतवार , सोमबार , बुधबार र शनिबार गरी सातामा ४ उडान हुँदै आएको छ।
निगम नयाँ जहाज खरिद प्रक्रियामा रहेकाले नयाँ जहाज आउनसाथ आगामी अप्रिलदेखि सातामा ७ उडान थालिने नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर रमेश पौडेलले जानकारी दिए।