विदेश/अन्तर्राष्ट्रियमा रहेका समाचारहरु
नेपालगन्ज, १ कात्तिक । मिटू अभियानमा यौन उत्पीडनको आरोप लागेका भारतका केन्द्रीय विदेश राज्यमन्त्री तथा पूर्वपत्रकार एमजे अकबरले बुधबार पदबाट राजीनामा दिएका छन्। अकबरमाथि सञ्चार माध्यममा सँगै काम गर्ने महिलाहरूलाई यौन उत्पीडन गरेको आरोप थियो। यो आरोप लाग्दा उनी नाइजेरिया भ्रमणमा थिए। भारत फर्केपछि उनले राजीनामा दिने अनुमान गरिएको थियो। आइतबार फर्केका उनले सुरुमा आफूमाथि लागेका आरोप गलत भएको बताए। सोमबार आरोप लगाउने पत्रकार प्रिया रमानीविरुद्ध मानहानी मुद्दा दायर गरे। रमानीले आफ्नो बेइज्जत गर्न जानाजान...
नयाँदिल्ली, २८ असोज।भारतको उडिसा राज्यमा आएको चक्रवात (आँधी) मा परी २१ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षा र त्यसपछिको बाढीसँगै आएको चक्रवातमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शनिबार जानकारी दिएका हुन् । उडिसा राज्यको गाजापाटी, नयागार्ह, कान्धामाल, कुत्ताक, केन्झार र अङगुल जिल्ला प्रभावित भएको छ । गत बिहीबारदेखि शुरु भएको यस प्रकोपमा परी शनिबार सम्ममा २१ व्यक्तिको मृत्यु भएको छ । चक्रवातको कारण उडिसा राज्यका धेरै ठाउँमा नराम्ररी प्रभाव पारेको...
अमेरिका,१३ असोज। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का विषयमा यसका सदस्य मुलुकहरूबीच कुनै विवाद नभएको तर यस सङ्गठनभित्र मतभेद रहेको र त्यसलाई हटाउन सकिने बताउनुभएको छ। संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भाग लिन न्यूयोर्क आउनुभएका पराष्ट्रमन्त्री ज्ञवालीले यस महासभाको समाचार सङ्कलन गर्न यहाँ आएका र यही बसोबास गर्ने पत्रकारसँगको एक संयुक्त अन्तरक्रियामा उक्त कुरा बताउनुभएको हो । उहाँले सन् २०१६...
माले, माल्दीभ्स,८ असोज।माल्दीभ्सका विपक्षी नेता इब्राहिम मोहमद सोलिह माल्दीभ्सको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । चुनावमा धाँधलीको आशंका गरिए पनि निकै शक्तिशाली मानिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामीन आश्चर्यजनक रुपमा पराजित हुनुभयो । निर्वाचन आयोगले सोमबार बिहान सार्वजनिक गरेको चुनावी मतपरिणाम अनुसार इब्राहिमले ५८।३ प्रतिशत मत प्राप्त गर्नुभएको छ । निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै सोलिहको माल्दीभियन डेमोक्रेटिक पार्टी ९एमडीपी० का समर्थकहरुले सडकमा खुशीयाली मनाउँदै नाचगान शुरु गरेका छन् । चुनावी नतिजाप्रति राष्ट्रपति यामीनले...
सिओल, २१ भदौ । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन र उत्तर कोरियाली नेता कीम जोङ–उनबीचको शिखर बैठक उत्तर कोरियाको राजधानी प्योङयाङमा आगामी असोज २ मा गर्नेगरी मिति तय भएको मूनका विशेषदूतले बताएका छन् । उत्तर कोरियाको भ्रमण गरेका राष्ट्रपति मूनका विशेषदूत चुङ उई–योङले उच्चस्तरीय बैठकको तयारीका लागि वार्ता र सहमतिहरु हुनेक्रममा रहेको जानकारी दिनुभयो । राष्ट्रपतीय राष्ट्रिय सुरक्षा कार्यालयका प्रमुख समेत रहेका चुङले पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उत्तर कोरिया भ्रमण...
म्यानमार,१८ भदौ।म्यानमारमा रोयटर्सका दुई पत्रकारलाई ७ वर्षको जेल सजाय सुनाएको छ । राज्यको गोपनीयता भंग गरेको आरोप खेपिरहेका रोयटर्स आबद्ध पत्रकारद्वय वा लोन र क्याव सोई ओओलाई त्यहाँको अदालतले आइतबार जेल सजाय सुनाएको हो ।रोहिंग्यामाथि राज्यले गरेको हिंसाबारे अनुसन्धान थालेका दुई पत्रकारमाथि गोपनीयता भंग गरेको आरोप लगाउँदै मुद्दा दायर भएको थियो । ...
टोक्यो, १० भदौ । जापानका प्रधानमन्त्री सिन्जो आबेले सत्तारुढ पार्टीको नेतृत्वको चुनावमा पुनः उम्मेदवार हुने आइतबार घोषणा गर्नुभएको छ । पार्टी नेतृत्वमा विजयी भएमा उहाँ जापानको इतिहासमा सबैभन्दा लामो अवधिसम्म प्रधानमन्त्रीको पदमा रहनुहुनेछ । आबेले लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को प्रमुखमा सहजै पुनः विजयी हुने अपेक्षा गरिएको छ किनभने उहाँको समर्थनमा ठूलो संख्यामा सांसदहरु हुनुहुन्छ र उहाँलाई एकजना पूर्व रक्षामन्त्री शिगेरु इशिबाले मात्र चुनौती दिनुभएको छ । “मैले आगामी तीन वर्षका लागि एलडीपीको...
काठमाडौँ भदौ १० – भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले मोदीले नेपालसंगको सम्बन्ध विगारकोे आरोप लगाएका छन् । गान्धीले भने मोदीले नेपाललार्इृ झुटा आवश्वासन दिएर आउने गरेको टिप्पनी समेत गरेका छन् । युरोप भ्रमणमा रहेका गान्धीले बेलायतमा पत्रकार सम्मेलनमा बोल्दै नेपालमा यही भदौ १३ देखी १५ गते सम्म हुन गइरहेको चौथो बिमस्टेक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी काठमाडौं आउनु केही दिनअघि मात्र विपक्षी नेता गान्धीले यस्तो...
काठमाडौं,३ भदौ।अन्डरवर्ल्ड डन दाउद इब्राहिमका फाइनान्स म्यानेजर जबिर मोती लन्डनमा पक्राउ परेका छन् । इब्राहिमको डी–कम्पनीको आर्थिक कारोबार सम्हाल्दै आएका पाकिस्तानी नागरिक लण्डनस्थित हिल्टन होटलबाट उनलाई ब्रिटेन सुरक्षा एजेन्सले पक्राउ गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । मोती पक्राउ परेसँगै डि–कम्पनीको आर्थिक लेनदेन र दाउदसँग जोडिएका कयौं जानकारीहरु पाउन सकिने विश्वास प्रहरीले लिएको जनाइएको छ । मोती १० वर्षे भिषामा ब्रिटेन पुगेका थिए । दाउद पत्नी महजबिन, छोरी महरिन र ज्वाईँ...
काठमाडौं,३ भदौ। गत वर्ष भारतको पिथौरागढमा गएको पहिरोमा ज्यान गुमाएका १३ नेपालीका परिवारले अझैसम्म पनि राहत पाएका छैनन् । सोही पहिरोमा ज्यान गुमाएका २१ भारतीय नागरिकका परिवारहरुले भने चार लाख भारुको दरले राहत पाएका छन् । गत वर्ष १४ अगष्टमा पिथौरागढको मंगती घाटीबागड इलाकामा पहिरो जाँदा १३ नेपालीको मृत्यु भएको थियो । त्यहाँ मृत्यु भएका नेपालीहरु मजदुरहरु हुन् । गत वर्ष जिल्ला प्रशासन कार्यालयले राज्य सरकारसँग नेपालीलाई राहत दिने कि नदिने...