विदेश/अन्तर्राष्ट्रियमा रहेका समाचारहरु

अन्नानको निधनप्रति विश्वभरबाट शोक व्यक्त

जेनेभा, स्वीट्जरल्याण्ड, २ भदौ । पूर्व महासचिव कोफी अन्नानको शनिबार भएको निधनप्रति विश्वभरबाट दुःख व्यक्त गरिएका शोक सन्देशहरू प्राप्त भएका कोफी अन्नान फाउण्डेसनले शनिबार जानकारी गराएको छ । संयुक्त राष्ट्रसङ्घ प्रमुख एन्टोनियो गुटेर्रेसले शनिवार नै एक विज्ञप्ति जारी गरी राष्ट्रसङ्घका पूर्व महासचिव अन्नानप्रति गहिरो दुःख व्यक्त गर्दै अन्नान एक असल परिणामका लागि जीवनभर प्रतिवद्ध रहँदै समानताका लागि निरन्तर काम गरेको स्मरण गर्नुभएको छ । गुटेर्रेसले भन्नुभएको छ, “धेरै रूपबाट कोफी अन्नान संयुक्त...

पाकिस्तानका नबनियुक्त प्रधानमन्त्री इमरान खानद्वारा शपथ ग्रहण

पाकिस्तान,२ भदौ । पाकिस्तानका नबनियुक्त प्रधानमन्त्री इमरान खानले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई इस्लामावादस्थित प्रेसिडेन्ट हाउसमा राष्ट्रपति ममुन हुसेनले शपथ खुवाएका थिए । शपथ ग्रहण कार्यक्रममा पूर्व क्रिकेटर खान कालो रंगको सेरबानी लगाएर उपस्थित भएका थिए । नेशनल एसेम्बलीमा भएको चुनावमा पाकिस्तान मुस्लिम लिगका अध्यक्ष शाहज शरीफलाई पराजित गर्दै ताहरिक-ए-इन्साफको अध्यक्ष खान पाकिस्तानको २२ औं प्रधानमन्त्री चुनिएका थिए । ...

भारतीय पूर्वप्रधानमन्त्री वाजपेयीको अन्त्येष्टि शुक्रबार अपराह्न ४ बजे

काठमाडौं,१ भदौ – भारतीय पूर्वप्रधानमन्त्री स्वर्गीय अटल बिहारी वाजपेयीको आज अपराह्न ४ बजे अन्त्येष्टि गरिने भएको छ । ९३ वर्षका उमेरमा बिहीबार निधन भएका वाजपेयीको पार्थिव शरीर  रातभर उनको कृष्ण मेनन मार्गस्थित निवासमा राखिएको थियो । श्रदाञ्जलीका लागि बिहान ९ बजे उनको पार्थिव शरीर भारतीय जनता पार्टीको मुख्यालयमा राखिएको छ । शवयात्रा दिउँसो १ बजे शुरु हुनेछ । वाजपेयीको अत्येष्टि राजघाटस्थित महात्मा गान्धीको नजिक गरिने बीबीसीले जनाएको छ । उनको निधनमा...

अस्ट्रेलिया भनेर मख्ख नपर्दानै बेस!

नेपालगन्ज,२७ साउन।केही दिनअघि म एक  मित्रको घर गएको थिएँ । उनको घरमा नेपालबाट भर्खरै पढ्न भनेर आएको भाइ  देखेँ। अनि प्रसङ्गवश मित्रसँग कुरा निकाले– ‘भाइ त नयाँजस्तो छ नि !’ । मित्रले मेरो जवाफलाई हो भन्दै केही कुराहरू कोट्याउन थाले – ‘हेर्नुस् न ऊ भाइ आएको त भर्खर चार दिन जति भयो । आउनासाथ एयरपोर्टबाट भाइले फोन गरेर दाइ म त एयरपोर्ट आइसकेँ तपाई कहिले लिन आउनुहुन्छ भन्दा पो...

विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता लेखक भिएस नइपालको निधन

काठमाडौं ,२७ साउन। नोबेल साहित्य पुरस्कार विजेता तथा प्रसिद्ध लेखक भि एस नइपालको निधन भएको छ। बिबिसीले परिवारलाई उद्धृत गर्दै दिएको समाचारमा ८५ वर्षे नइपालको लन्डनस्थित घरमा शनिबार निधन भएको उल्खेल छ। नइपालको जन्म सन् १९३२ मा क्यारेबियन देश त्रिनिडाडमा भएको थियो। त्रिनिडाड हुर्के बढेका भारतीय मुलका नइपालले अक्सफोर्डमा पढेका थिए। तीसभन्दा बढी पुस्तक लेखेका नइपालका ‘ए बेन्ड इन द रिभर’ र ‘ए हाउस फर मिस्टर विश्वास’ चर्चित छन्।सन् १९७१ मा...

मेसीले अर्को महिना सन्यासको घोषणा गर्दै

काठमाडौं -अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान लियोनल मेसी अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रुस विश्वकपको प्रिक्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ गोलले पराजित भएपछि मेसीले सन्न्यास लिने सोच बनाएका थिए। सन्यासलाई गोप्य नै राख्न चाहेका मेसीले अर्को महिना खेलिने अर्जेन्टिना र ग्वाटेमालाबीचको खेलपछि सन्यास लिने सोच बनाएको समाचार अर्जेन्टिनी टोलीका अन्तरिम प्रशिक्षक लियोनल स्कालोनीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले प्रकाशित गरेका हुन्। मेसीले अर्जेन्टिनी फुटबल महासंघसँग छलफल गरेपछि मात्र सन्न्यासको विषयमा आफ्नो...

ड्रोन आक्रमणमा भाग्यले जोगिए भेनेजुयलाका राष्ट्रपति

काठमाडौं,२० साउन – भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ । तर, उनी भाग्यबस बचेका छन् । उनको सुरक्षार्थ तैनाथ सैनिकहरु घाइते भएका छन् । त्यहाँको सरकारले राष्ट्रपतिको हत्या गर्ने कोशिस भएको बताएको छ । राजधानी कराकासमा एक कार्यक्रमलाई राष्ट्रपति निकोलसले सम्बोधन गरिरहेको बेला ड्रोन बिस्फोट भएको थियो । उक्त कार्यक्रम टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको थियो । ड्रोन हमला भएपछि सुरक्षाकर्मीहरुले राष्ट्रपतिलाई घेरा हालेर सुरक्षित स्थानमा लगेका...

अफ्रिकी देश कङ्गोमा विकास निर्माणमा व्यस्त नेपाली सेना

दीपराज सन्याल /बुनिया, कङ्गो, १९ साउन । नेपाली सेना स्वदेशमा मात्र होइन विदेशमा समेत विकास निर्माणका कार्यमा संलग्न छ भन्ने के तपाईलाई थाहा छ ? हो, द्वन्द्वग्रस्त अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ नेपाली सेनाको इञ्जिनियर गुल्मले एक वर्षको अवधिमा कङ्गोमा विभिन्न ठूला–साना निर्माण परियोजना शुरु गरेको छ । गुल्मले शुरु गरेको तीन वटा महत्वपूर्ण परियोजनामध्ये एउटा सम्पन्न भइसकेको छ भने दुईवटा निर्माणाधीन छन् । त्यस्तै १२ वटा प्रमुख परियोजनामध्ये...

युएईमा आजदेखि आममाफी, अवैध रूपमा बसेका नेपालीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

काठमाडौं -संयुक्त अरब इमिरेट्स(युएई)सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकलाई बुधबार देखि तीन महिनासम्म आममाफीको समय तोकेको छ। गैरकानुनी रूपमा युएईमा बसिरहेका विभिन्न देशका नगरिकसहित नेपालीले पनि आज अगस्ट १ देखि अक्टोरब ३१ सम्मभित्र बिना जरिवाना र बिनासजाय आफ्नो देश फर्कन पाउने छन्। नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना नागरिकलाई आह्वान गरेको छ। युएईमा अवैधानिक रुपमा लुकिछिपी बसिरहेका सबै नेपालीलाई आममाफीको प्रक्रियामा सहभागी हुन जतिसक्दो चाँडो आफ्नो सम्पर्कमा...

पाकिस्तानमा निर्वाचनकै दिन विस्फोट, ३१ को मृत्यु

काठमाडौँ, ९ साउन । पाकिस्तानमा आज जारी निर्वाचनका क्रममा एक मतदान केन्द्र नजिक भएको विस्फोटनमा परी ३१ जनाको मृत्यु भएको छ। एक हात्मघाती हमालाकारीले पाकिस्तानको बालुचिस्थानको क्वेटा शहरको एक मतदान केन्द्र नजिकै उक्त बम बिस्फोट गराएका थिए। निर्वाचन चलिरहेका बेला बिहान करिब ११ बजे उक्त विस्फोट भएको बिबिसीले जनाएको छ। प्रहरीका अनुसार एक आत्मघाती आक्रमणकारी मतदान स्थलमा प्रवेश गर्न खोजेको र प्रहरीले रोक्दै गर्दा उनले प्रवेशद्वारमै बिस्फोट गराएका हुन्। घटनामा अहिलेसम्म ३१...