विदेश/अन्तर्राष्ट्रियमा रहेका समाचारहरु

महिन्द्राको नयाँ उत्पादन एक्सयुभी३०० २०१९ को फेब्रवरीमा आउने

नेपालगन्ज, १४ पुस । महिन्द्राको नयाँ उत्पादन एक्सयुभी ३०० यहि नयाँ वर्षमा २०१९ मा आउने भएको छ । भारतीय अटो कम्पनी महिन्द्रा एण्ड महिन्द्राले नयाँ वर्षको शुरुवातसँगै फेब्रेवरीमा आफ्नो नयाँ उत्पादन एक्सयुभी३०० लाई सार्वजनिक गर्ने भएको हो । यसका लागि सबै तयारी पुरा भइसकेको समेत कम्पनीले बताएको छ । मार्जोज् जस्ता विश्वस्तरिय एमयुभी गाडी बजारमा ल्याईसकेको महिन्द्राले पछिल्लो समय एसयुभी गाडी उत्पादनमा जोड दिएको देखिन्छ । यसअघि महिन्द्राले एसयुभी सेग्मेन्टमै...

आँधीका कारण इन्डोनेसियाका २० हजार विस्थापित

जाकार्ता, ११ पुस ।  इन्डोनेसियामा गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट झण्डै २० हजार विस्थापित भएको पाइएको छ । उद्धार कार्यमा खटिएकाहरुले ज्वालामुखी विस्फोटपछि भीषणरुपमा आएको सामूद्रिक छालका कारण धेरै जना विस्थापित भएको विवरण प्राप्त भएको हो । फेरी पनि ज्वालामुखी आउने डरका कारण पनि कतिपय विस्थापित आफ्नो घरमा नफर्किएको अधिकारीहरुले बुधबार जनाएका छन् ।इन्डोनेसियाका सुण्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र...

तिन महिना अघि नेपालगञ्जबाट बेपत्ता बालक बैंगलोरमा अलपत्र अवस्थामा फेला परे

नेपालगञ्ज, ३ पुस। नेपालगञ्जबाट भागेर गएका एक बालक भारतको बैंगलोरमा अलपत्र अवस्थामा फेला परेका छन् । अन्दाजी १४ बर्षीय बालक राजेश पौडेललाई बैंगलोरको मजेस्टिकमा अलपत्र अवस्थामा फेला परेका हुन्। बैंगलोरस्थित पशुपतिनाथ जनकल्याण समितिका संस्थापक सामाजिक अभियन्ता जनेश्वर जोशीले बालक अलपत्र अवस्थामा फेला परेको बताएका छन्। नेपालगञ्ज घर बताउने बालकले बुवा-आमाको नाम प्रेम पौडेल र अनिता पौडेल रहेको जोशीले जानकारी दिएका छन्...

अफगानिस्तानको शान्तिका नयाँ कदम आवश्यक : चीन

काबुल, अफगानिस्तान, १ पुस ।  अफगानिस्तानको शान्ति प्रक्रियाका लागि नयाँ कदम एवम् फरक मार्गको खोजी गर्नुपर्ने शनिबार चीनले जनाएको छ ।  चीन–अफगानिस्तान–पाकिस्तान विदेशमन्त्रीहरूबीच भएको वार्तापछि सञ्चारकर्मीसँग बोल्नुहुँदै चिनियाँ राज्य परिषद् सल्लाहाकार तथा विदेशमन्त्री वाङ यीले भन्नुभयो, “शान्ति अफगानी जनताको चाहाना रहेको छ । उनीहरूका अफगानिस्तानको पुनः निर्माण तथा विकास महत्वपूर्ण पूर्व शर्तहरू रहेका छन् ।”  चीनले अफगानी सरकारबाट राखिएका शान्तिका लागि गरेको पहलकदमीको स्वागत गर्छ र अफगानिस्तानको शान्ति प्रक्रियाका लागि अन्तर्राष्ट्रिय समुदायबाट...

३३ किलो सुनसहित भारतबाट दुई नेपाली पक्राउ

काठमाण्डौ,२९  मंसिर। गृह मन्त्रालयले ३३ किलो सुनसहित भारतबाट दुई नेपाली पक्राउ परेको जानकारी दिएको छ। गृहका अनुसार पक्राउ पर्नेमा इटहरीका हेमप्रसाद शर्मा र राकेश प्रसाद रहेका छन्। दुबै इटहरीका भएको गृहको दाबी छ। गृह स्रोतले दुबैलाई भारतको डाइरेक्ट टोरेस्ट रेभिन्यू इन्टेलिजेन्स ब्युरोले गत डिसेम्बर ७ तारिखमा पक्राउ गरेको जानकारी दियो। ब्युरोले दिल्ली–कोलकाता राजमार्गस्थित दनकुनी प्लाजाबाट मारुती स्वीफ्ड गाडी नियन्त्रण लिएर सुन बरामद गरेको मन्त्रालयले जनाएको छ। उक्त सुन गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...

अमेरिकामा बन्दुकधारीको गोली लाग्दा कन्चनपुरका एक युवा गम्भिर घाइते

नेपालगन्ज, १९ मंसिर । अमेरिकामा  बन्दुकधारीको गोली लाग्दा  एक नेपाली युवा गम्भिर घाइते भएका छन् । कञ्चनपुर घर भई करिब एक बर्ष देखि अमेरिकाको टेक्सासमा बस्दै आएका  एप्पल स्टोर नामक ग्यास स्टेशनमा काम गर्ने  ३१ बर्षिय बिनोद जेठारा बन्दुकधारीको गोली प्रहारबाट  गम्भिर  घाइते भएका हुन्। स्टोर खोल्न गएका जेठारालाई ग्राहक बनेर  बन्दुकधारीले गोली प्रहार गरेको थियो । मुटुमा गोली लागेर गम्भिर घाइते जेठाराको ब्रायन स्थित सेन्ट जोसेफ हस्पिटलमा उपचार भइरहेको छ । श्रीमती संगै एक...

संवेदनशील लेबनानी क्षेत्रमा नेपाली सेनाको गस्ती

प्रकाश सिलवाल, लेबनान, ८ मंसिर । इजरायलको सिमाना जोडिएका संवेदनशील लेबनानी क्षेत्रमा नेपाली सेनाले जोखिम मोलेर संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाअन्तर्गत गस्ती गरिरहेको छ । शक्ति केन्द्रको क्रिडास्थल बनेको लेबनानको उत्तरी क्षेत्रको सिमानामा इजरायलले ‘टि वाल’ (पर्खाल) विस्तारसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई नेपाली सेनाको गस्तीले अनुगमन गर्दै आएको छ । इजरायल र लेबनानाले आफ्नो दाबी गरेका ‘हट स्पट’ भनिने तीन संवेदशनील स्थान शेख अब्बाद टोम्ब, शोइब वेल र ओलिभ फिल्डसहित छ स्थानमा...

भारतीय शहर जयपुरनजिकै बस नदीमा खस्दा १२ को मृत्यु

नेपालगन्ज, ५ मंसीर । भारतीय शहर जयपुरनजिकै कटाकमा मंगलबार भएको एक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानले उक्त दुर्घटनास्थलको भ्रमण गरेका छन् । उनले अस्पतालमा गएर घाइतेहरूको अवस्थाबारे जानकारी लिएको समाचारमा जनाइएको छ । स्थानीय ताल्चेरबाट कटाकतर्फ आइरहेको बस महानदीको पुलबाट नदीमा खसेको थियो । कटाक प्रशासनले उद्धारकार्य जारी राखेको मन्त्री प्रधानले जानकारी दिए । उडिसा राज्यका मुख्यमन्त्री नवीन पटनायकले यस घटनामा मारिएको व्यक्तिका परिवारजनलाई २...

एक सय ८८ यात्रु बोकेर उडेको जहाज समुन्द्रमा खस्यो

जाकार्ता,१२ कार्तिक । एक सय ८८ जना यात्रु बोकेर उडेको जहाज समुद्रमा खसेको छ । इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडे लगत्तै जहाज दुर्घटना भएको हो । जहाजका अवशेष र तेल समुद्रको पानीमा तैरिएका फोटोहरु सार्वजनिक भएका छन् । सम्पूर्ण यात्रुहरुको अवस्था अज्ञात छ । तर, यात्रुका आफन्तजनहरुमा भने रुवावासी सुरु भइसकेको छ । जहाजमा १७८ जना वयस्क, एक बालक, दुई नवजात शिशु, दुई पाइलट र पाँच जना चालक दलका सदस्यहरु थिए ।...

पञ्जाबमा रेलको ठक्करबाट ५० जनाको मृत्यु

पञ्जाब,३ कार्तिक। भारतको पञ्जाबस्थित अमृतसरमा ठूलो रेल दुर्घटना भएको छ । पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भिडलार्इ ठक्कर दिँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ भने एक सय बढी घाइते भएका छन् ।अमृतसरको जोडाफाटकमा रेलवे ट्रयाक नजिकै  शुक्रबार साँझ साढे ६ बजे रावणको पुत्ला दहन गरिरहेको भीड रेलको लिकमा पुगेपछि दुर्घटना भएको हो। स्थानीय पत्रकार रविंदर सिंहलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएअनुसार रावणको पुत्लामा आगो लगाउने वित्तिकै मञ्चबाट मानिसहरुलाई पछाडि...