देशमा रहेका समाचारहरु
(पर्सा) बिरगंज । पर्सा जिल्लाका सिडीओलाई फेसबुक मार्फत गाली गलौच गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई फेसबुक मार्फत गाली गलौज गर्ने बारा सिम्रौनगढ नगरपालिका वडा नं ७ खजानी घर भएका २५ बर्षका सन्नीकुमार गुप्तालाई पक्राउ गरिएको हो ।गुप्ता कंकाली अटो ट्रेडर्सका सञ्चालक हुन् । उनले फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारी (सिडीओ)भट्टराईलाई गाली गलौज गरेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको...
कोहलपुर ।सशस्त्र प्रहरीले बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम गरेको छ।सशस्त्र प्रहरी ऐन २०५८ मा लालमोहर लागेको दिनलाई ऐतिहासिक दिनको सम्झनामा सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण बागेश्वरी बाँकेले “सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रम” सशस्त्र प्रहरील बक नेपाल नं. ५४ गुल्म हे.क्वा.कैलाली (हाल कोहलपुर) मा गरेको हो । रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेका हुन् ।कार्यक्रममा सशस्त्र प्रहरी जवान्न तालिम शिक्षालय नौबस्ता, सशस्त्र प्रहरीबल नेपाल क्षेत्रीय अस्पताल कोहलपुर, क्षेत्रीय वर्कसप नौबस्ता बाँके, नं.३० गण बागेश्वरी...
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर प्रस्थान गरेका छन् । उनी स्वास्थ्य उपचारका लागि बिहीबार फेरि सिंगापुर प्रस्थान गरेका हुन् ।उनी आज दिउँसो साढे १ बजे त्रिभुवन विमानस्थलबाट सिंगापुरतर्फ गएका हुन् । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि सिंगापुर गएकी छन् । गत साउन १८ गते उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली साउन २७ गते स्वदेश फर्किएका थिए । ...
नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ ले नमूना बाल विकास केन्द्रलाई सामाग्री सहयोग गरेको छ । मंगलबार वडा अध्यक्ष सुरेन्द्र बैश्य(गुप्ता)ले कपडा, जुत्ता, ट्रयाकसुट र ब्याग वितरण गरिएको जानकारी दिनुभयो । वडा अध्यक्ष बैश्य, वडा सदस्य निखिल बैश्य , नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले विद्यार्थी र अभिभावकलाई सामाग्री हस्तान्तरण गर्नुभएको हो । करिब ४३ हजार मुल्य बराबरको सामान सहयोग गरिएको वडा अध्यक्ष बैश्यले बताउनुभयो । सहयोग प्राप्त...
काठमाडौं ।नेपाली नायिका शिल्पा पोखरेललाई अहिले पक्राउ नगर्न सर्बोच्च अदालतले आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पोखरेललाई पक्राउ नगर्न आदेश दिएको हो ।काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो । ...
डुडुवा( बाँके )। डुडुवा गाउँपालिकास्तरीय प्रथम अध्यक्ष कप टि—२० क्रिकेट प्रतियोगितामा शनिवार सेमीफाइनलका खेल हुने भएका छन् । भोलीको पहिलो खेलमा वडा नं. ३ र वडा नंं. ६ भिड्ने भने दोश्रो खेलमा वडा नं. २ र ५ भिड्ने भएका हुन् । गाउँपालिका शिक्षा शाखाद्धारा आयोजित डुडुवा—५ छग्रहवाको खेल मैदानमा जारी क्रिकेटमा शुक्रवार विहानको खेलमा १ विकेटले वडा नं. ३ ले जीत हासिल गरेको हो । वडा नंं. ३ ले १४...
काठमाडौं: नेपाल प्रहरीले ७९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालेले ७९ जना डीएसपीको सरुवा गरेको जानकारी दिएको हो । सरुवा अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा उमेश लम्साल सरुवा गरिएका छन् भने निलम्बित डीएसपी कुमुध ढुंगेल प्रदेश २ प्रहरी कार्यालय, धुनषामा सरुवा गरिएका छन् । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा सरुवा भएको छ । प्रहरी परिसर, लतिलपुरमा...
जनकपुर । जनप्रतिनिधिका पुत्र घुससहित रङ्गेेेेेेेेेेहात पक्राउ परेका छन्।महोत्तरीका एक जनप्रतिनिधिका छोरा जनकपुरधामबाट घूससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका ९ पिडारी चोकस्थित राष्ट्रिय बाणिज्य बैंक अगाडिबाट महोत्तरीको भंगहा नगरपालिका ८ का सदस्य कारी साहका पुत्र मुकेश घूससहित मंगलबार पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले वडा सदस्य साहका पुत्र मुकेशलाई १ लाख ६० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ । सडक ढलान गरेको उपभोक्ता समितिका पदाधिकारीको बिल...
काठमाडौं । बलात्कारको आरोपमा एक जना सरकारी कर्मचारी पक्राउ परेका छन् । एक जना एघार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिकाका एक जना कर्मचारीलाई पक्राउ गरेको छ। महानगरीय प्रहरीवृत्त सिंहदरबारको टोलीले महानगरका कर्मचारी बाबुराजा पुजारीलाई पक्राउ गरेको हो। विदाको दिनको मौका छोपेर बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं १७ का ५२ वर्षीय पुजारीलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका पुजारीलाई काठमाडौं जिल्ला अदालतले ७ दिन म्याद थप गरि अनुसन्धान गर्न...
जनकपुर ।एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका ४ बाट ३ जनालाई पक्राउ गरेको छ ।परीक्षा हलबाटै म्यासेन्जरबाट प्रश्नपत्र आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा स्थानीय ३० वर्षका लीलाराज शिवभक्तिसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबीएस प्रथम सेमेस्टरको तथ्याङ्कशास्त्र बिषयको परीक्षा सुरु भएपछि परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी नजिकै रहेको सुजितकुमार मण्डलको फोटोकपी सेन्टरमा गई फोटोकपी गराइरहेको सूचनाको...