देशमा रहेका समाचारहरु
काठमाडौं । एकै पटक चारवटा बस ठोकिँएपछि १६ जना यात्रुहरु घाइते भएका छन् ।भक्तपुरको मध्यपुरठिमी गठ्ठाघरको आकाशेपुलमुनि एउटा यात्रुवाहक बसले अन्य तीन वटा बसलाई ठक्कर दिँदा १६ जना व्यक्ति घाइते भएका छन्। काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा४ख ५७९४ नम्बरको बसले अनियन्त्रित भएर सेही दिशातर्फका अन्य तीन वटा बसलाई ठक्कर दिएको हो। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उक्त बसले आइतबार बिहान बा३ख ७०९३, बा५ख ४०२९ र ना६ख ७१२५ नम्बरको बसलाई ठक्कर दिएको...
बाग्लुङ । बिद्यालयका प्रधानाध्यापकको कुटाइले एक जना छात्रको दाँत नै झरेको छ।बागलुङ नगरपालिका १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल पौडेलको दाँत नै झरेको हो। कुटाइका कारण कुशलको अगाडिको माथिल्लो दाँत खसेको उनका बाबु प्रेमप्रसाद शर्मा पौडेलले जानकारी दिए। अतिरिक्त गणित विषय पढाउने गौतमले कुशलले नजानेको निहुँमा बेहोस नहुन्जेलसम्म कुटपिट गरेको शर्माले बताए। ...
चितवन ।रेडबुलले खचाखच भरिएको एक ट्रक त्रिशुली नदीमा बेपत्ता भएको छ।जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान करिब २ः३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।इच्छाकामना गाउँपालिका ६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको हो । सडकबाट तल झरेको ट्रकको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । ट्रक चालक ३२ वर्षीय मुकेश चौधरी ट्रकबाट हाम फालेर बाँच्न...
गोरखा । सडक खन्ने क्रममा एक्कासी पहाड भासिएपछि एक्साभेटर र चालक पुरिएका छन् ।जिल्लाको सिरानचोक गाउँपालिका १ केराबारीमा उक्त घटना हुुुँदा एक्साभेटर र चालक पुरिएका हुन् । एक्साभेटरसहित चालक सिन्धुपाल्चोकको मेलम्ची गाउँपालिका १३ का अन्दाजी २० बर्षका रमेश तामाङ पुरिएको प्रहरीले जनाएको छ।पहाडको ‘पहरो धेरै नै भासिएको छ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार, ‘सडक भन्दा करिव ४० मिटर तल एक्साभेटर र चालक पुरिएको थियो। प्रहरी र स्थानीयको पहलमा उद्धार कार्य जारी रहेको...
काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचजना प्रहरीलाई घुस लिदै गर्दा रङ्गेेहात पक्राउ गरेको छ।टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले प्रक्राउ गरेको हो । अरनिको तथा हेलम्बू राजमार्गको विभिन्न पोष्टमा कार्यरत प्रहरीलाई टिपरसँग घुस लिँदालिँदै पक्राउ गरेको हो । अख्तियारको स्थलगत अनुगमनका क्रममा तीन ट्राफिक तथा दुई जनपद प्रहरी टिपर चालकबाट पैसा लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । उनका...
नेपालगन्ज । पत्रकार खगेन्द्र दाहालको तिज गिता ‘कम्मरै भाचेर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । लोक दोहोरी गायिका टिका पुन र दाहालको आवाजमा रहेको ‘कम्मरै भाचेर’ बोलको गितको छायाङ्गकन नेपालगन्जमा गरीएको थियो । गितमा राजेन्द्र बजगाईको संगित रहेको छ भने शव्द दाहालकै छ । म्युजिक एरेन्ज केशव बडुले गरेका छन । नवराज सुवेदिको निर्देशन रहेको भिडियोमा दिल बहादुर सुनार, भरत शाहि, एलिजा लामिछाने र सरला शाहिले अभिनय गरेका छन...
यमकला भुसाल/तुलसीपुर। दाङको तुलसीपुरको ईलाका प्रशासन कार्यालयमा राहदानी लिनेको संख्या घटदै गएको छ। विगत ३ वर्षदेखिको तथ्याङ्क नियाल्दा राहदानी लिनेको संख्या बर्षेनी घट्दै गएको पाइएको हो । प्रशासनका सूचना अधिकारी यादव भुसालका अनुसार यस वर्ष ४ हजार बढीले राहदानी लिएका छन् । जो गत वर्ष भन्दा झन्डै एक हजारले कम हो । वितेको आर्थिक वर्ष २०७५÷०७६ को साउन महिनादेखि असार मसान्तसम्ममा १ वर्षको अवधिमा ४ हजार ८ सय ३५ जनाले...
कैलाली । छोराले बाबुको हत्या गरेका छन् । आइतबार गोदावरी नगरपालिका ५ बर्बाटामा राति ३० वर्षीय राम सिँह कुमालले घरायसी विबाद हुँदा ६० वर्षीय बुवा अम्बरलाई चिर्पटले हानेका थिए।छोराको आक्रमणबाट गम्भीर घाइते भएका अम्मरलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।बाबुको हत्या गरी फरार भएका कुमाललाई इलाका प्रहरी कार्यालय मालाखेतीले टोलीले सोही नगरपालिकाको वडानम्बर १ को हाटबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी...
घोराही( दाङ )। ६५ बर्षीय बृृृद्दले सुस्तमनस्थितिकी १५ बर्षीया एक बालिकालाई जवरजस्ती करणी गरेको कुरा बाहिर आएको छ। बालिकाले करणीपछि बच्चा जन्माएकि छिन् । दाङकोराजपुर गाउँपालिका निवासी सुस्तमनस्थितिकी बालिकाले झन्डै दुई हप्ता अगाडि मात्रै एक छोरीलाई जन्म दिएकी थिइन । स्थानीय ६५ बर्षीय कालिराम चौधरीले प्रहरी समक्ष आफ्नो अभियोग स्वीकार गरिसकेको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताएका छन् । ‘प्रहरीले पक्राउ गरका व्यक्तिले अभियोग स्वीकार गरिसकेका छन्,’ एसपी पाण्डेले...
डुडुवा, बाँके। आज रक्तसञ्चार सेवा दिवस ‘अरुको लागि सेवा भाव जगाऔं, रक्तदान गरौं, जीवन बाडौं’ भन्ने नाराका साथ बाँकेको डुडुवा गाउँपालिकामा बृहत रक्तदान कार्यक्रम गरिएको छ । बेतहनी स्वास्थ्य चौकीमा गाउँपालिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा वडा नंं १ देखि ६ सम्मका ९६ जनाले रक्तदान गरेका छन । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानौ, वडाध्यक्ष गजेन्द्र कैराती, वडासदस्य नेतराम मौर्य, तिरथराम कुर्मी, कौशल कैराती, अवधेश जायसवाल, अशोक मौर्य, निरज जायसवाल, गणेश सिंह,...