देशमा रहेका समाचारहरु

प्रधानमन्त्री ओली सिंगापुरबाट स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वदेश फिर्ता भएका छन। उनी थाई एअरवेजको जहाजबाट आज दिउँसो साढे १२ बजे  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  अवतरण गरेका हुन्।प्रधानमन्त्री ओलीलाई  स्वागत गर्न विमानस्थलमा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत पुगेेका   थिए। उनि १४ दिनसम्म सिंगापुरमा उपचार गराउदै आज फर्किएका हुन् । तस्बिर : फेेसबुकबाट। ...

कतार एयरवेजको जहाज काठमाडौंमा चरासँग ठोक्किँयो, जहाज ग्राउण्डेड

काठमाडौं ।  कतारबाट काठमाडौं उडेेेको  कतार एयरवेजको जहाज अवतरण गर्ने क्रममा चरासँग ठोक्किँएको छ। आज बिहान ९ बजे कतारबाट उडेको कतार एयरवेजको जहाज काठमाडौं त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किन पुगेको थियो। चरासँग ठोक्किएपछि जहाज ग्राउण्डेड गरिएको कतार एयरवेजले जनाएको छ।जहाजको दायाँ इन्जिनमा चराको पखेटा भेटिएको कतार एयरवेजका कर्मचारी अर्पन दुवाडीले बताए।‘प्लेनमा पखेटा देखिएको छ। त्यसैले अहिलेलाई ग्राउण्डेड गरिएको हो, अब इन्जिनियरको पर्खाइमा छौं’,उनले भने, ‘बेलुकीसम्म बन्ने सम्भावना...

यातायात मन्त्री महासेठ चढ्ने गाडीमा ट्राफिक प्रहरीको ह्वील लक,१ हजार जरिवाना तिराइयो

काठमाडौं ।  ट्राफिक प्रहरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने  गाडीमा ह्वील लक लगाएको छ।नो पार्किङ मा पार्किङमा पार्क गरेर राखिएको मन्त्री महासेठ चढ्ने गरेको बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडी पनि कारबाहीमा परेको हो । ट्राफिक प्रहरीले सुरुमा ह्वील लक गरेको थियो । त्यसपछि ट्राफिक प्रहरीले गाडी चालक सग एक हजार जरिवाना तिराएर छोडेको थियो। उक्त समयमा गाडी मन्त्री भने थिएनन। ...

सल्यानी समाज बाँकेले तीज मिलन तथा दर खाने कार्यक्रम गर्दै

हिन्दु नेपाली नारीहरुको महानपर्व हरितालिका तिज २०७६ को अवसरमा नेपालगन्जमा तीज मिलन तथा दर खाने कार्यक्रम हुने भएको छ । सल्यानी समाज बाँकेको आयोजनामा यही १४ गते सल्यानी नारायण रुकमेली होटलमा सो कार्यक्र हुन लागेको हो । समाजहरुको आयोजनामा हुने बृहत तीज कार्यक्रममा सहभागिताको लागि सबै सल्यानी दाजुभाई तथा दिदिवहिनीहरुलाई आग्रह गरिएको सल्यानी समाज बाँकेका अध्यक्ष दंशरथ चन्दले जानकारी दिनुभयो । यस अघि पनि समाजले विभिन्न समयमा यस्ता कार्यक्रम गर्दै आएको छ...

अभियुक्त नै प्रहरीले लगाएको हतकडी खोलेर फरार

काठमाडौं । दुई जना अभियुक्त प्रहरीले लगाएको हतकडी खोलेर फरार भएका छन्।फरार मध्ये एक जनालाई थानकोटबाट प्रहरीले पक्राउ गरिसकेको छ भने अर्का फरार छन्। उनिहरुलाई नुवाकोटबाट काठमाडौं ल्याइदै थियो। रामेछापको लिखु तामाकोसी १ का रविन नेपाली र भीमबहादुर सुनुवार मंगलबार  थानकोट क्षेत्रबाट फरार भएका हुन्। नेपालीलाई प्रहरीले केही समयमै पक्राउ गरे पनि सुनुवार फरार नै छन्। प्रहरी हवल्दारको नेतृत्वमा तीन जना प्रहरीको निगरानीमा सार्वजनिक बसमा ल्याइएका उनीहरू हतकडी खोलेर भागेपछि मात्रै...

बलात्कारको आरोपमा एक जना पक्राउ

हेटौंडा । बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।  मकवानपुर प्रहरीले एक जनालाई  २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ।राक्सिराङ गाउँपालिका १ कुविनटारका ४२ वर्षीय विक्रम ब्लोनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।गत शुक्रबार ती महिलालाई जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो।घटनाबारे प्रहरीले अनुसन्धान थालेको मकवानपुर प्रहरीले जनाएको छ। ...

रबि लामिछानेसहित तिनै जना अदालतको आदेशमा रिहा
"रबि अदालतको अनुमतिबिना विदेश जान नपाउने "

चितवन । रबि लामिछानेसहित तिनै जना अदालतको आदेशमा रिहा भएका छन् ।चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या गर्न दुरुत्साहन’ गरेको अभियोग लागेका रवि लामिछानेलाई अदालतको अनुमतिबिना विदेश जान नपाउने गरी ५ लाख धरौटी तोकेको छ।अभियुक्त युवराज कँडेलसँग पनि यही शर्तसहित ३ लाख धरौटी मागेको छ। सोमबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुडासैनीको आत्महत्या दुरूत्साहन मुद्दा लागेका लामिछानेलाई ५ लाख धरौटी, युवराज कँडेललाई ३ लाख र अस्मिता कार्की ‘रूकु’लाई सामान्य...

रवि लामिछाने र युवराज कँडेलको बयान सकियो,अब उनिहरुको थुनछेक बहस सुरु हुँदै

चितवन ।पत्रकार  शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान सकिएको छ।जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा उनीहरुको बयान लिइएको थियो । आइतबार नै अर्की अभियुक्त अस्मिता कार्की‘रुकु’ बयान लिइएको थियो । बयान सकिएसँगै अब थुन छेकको लागि सरकारी र आरोपी पक्षका वकिलले बहस गर्नेछन् । थुनछेकको बहस आजै सकिए मात्र तीन जना आरोपी छुट्ने वा नछुट्ने टुङ्गो लाग्नेछ । बहस नसकिए पुर्पुक्षका लागि थुनछेक आदेश धकेलिन...

रवि लामिछानेका समर्थकद्वारा चितवनमा दुई वटा ट्रकमा तोडफोड

चितवन । रवि लामिछानेका समर्थकले प्रदर्शनमा सोमबार चितवनमा दुई वटा ट्रकमा तोडफोड गरेका छन् ।तोडफोड हुने  ना ६ ख ४२ नम्बरको ट्रक काठमाडौंबाट हेटौंडा जादै गरेको थियो । त्यस्तै पर्सा टाँडी हुँदै नवलपरासी चौधरी ग्रुपतर्फ जाँदै ना ४ ख ४३२५ नम्बरको अर्को ट्रकमाथि पनि तोडफोड भएको हो । दुवै ट्रकमा आशिंक मात्रै क्षति पुगेको बताइएको छ । दुवै ट्रकलाई भरतपुरको बसपार्क र हाकिचोकमा तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले...

मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु, एक घाइते

बिरगंज । दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको । अर्का १ व्यक्ति घाइते भएका छन्।पर्साको पर्सागढी नगरपालिकामा जितपुरतर्फ जाँदै गरेको ना ४८ प १३६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना २२ प ८१६१ नम्बरको मोटरसाइकल सवैयामा ठोक्किएर दुर्घटना भएको हो । आइतबार साढे ९ बजे भएको दुर्घटनामा पर्सागढी नगरपालिका–३ बस्ने ३८ वर्षीय बागबहादुर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । दुर्घटनामा घाइते लामालाई गण्डक...