नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

सम्वाद समूहको पहलमा रजिष्ट्रेशन शुल्कको ब्यवस्था लैंगिकमैत्री बनाउन माग

नेपालगञ्ज। प्रदेश सरकार प्रदेश नं. ५ ले ल्याएको अर्थसम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकको रजिष्ट्रेशन शुल्कको ब्यवस्था  लैंगिकमैत्री बनाउन माग गरिएको छ । प्रदेश नं. ५ ले बनाएको आर्थिक बर्ष २०७६÷०७७ को आर्थिक ऐन २०७६ को दफा २ (१) को अनुसुची सि.नं. ३ को हालैदेखिको बकसपत्रको लिखतको थैली अंकमा उल्लेख (बाबुको तर्फका) वाक्यांशले लैगिक विभेद र अन्यौलता सिर्जना गर्न सक्ने ठहर गर्दै सम्वाद समूह बाँकेले सो दफा सच्याउनका लागि माग...

नेपालगञ्जमा आजदेखि गुडे नगर बस

नेपालगञ्ज।नेपालगञ्ज उपमहानगरपालिकाले खरिद गरि ल्याएका नगर बसहरु बुधबारदेखि सडकमा गुड्न थालेका छन् । नेपालगञ्ज–कोहलपुर सडक खण्डमा बुधबार परीक्षणका लागि बसहरु गुडाइएको हो । बसहरु मुख्य मन्त्री शंकर पोख्रेलले असोज १८ गते सेवा सुभारम्भ गर्ने कार्यक्रम रहेको नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले जानकारी दिनुभयो । गत असारमै बसहरु खरिद गरि ल्याइएको भएपनि रुट परमिट लगायतको तयारीका कारण संचालनमा ढिलाई भएको हो । बसमा महिलाहरुलाई सहचालकको रुपमा राखिएको छ...

बाँके हुलाकले विश्व हुलाक दिवस मनायो

नेपालगञ्ज । नेपालगञ्जमा पनि विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय बाँकेले आज एक कार्यक्रम गरी १४५औं विश्व हुलाक दिवस मनाएको हो । विश्व हुलाक दिवस अक्टोबर ९ तारिखमा पर्ने भएपनि यसपाली त्यस दिन नेपालमा सार्वजनिक विदा परेकाले आजै दिवस मनाइएको हो । कार्यालय परिसरमा आयोजित कार्यक्रममा सेवा निवृत्त कर्मचारी, उत्कृष्ट कर्मचारी, अतिरिक्त हुलाक कार्यालयका प्रतिनिधि तथा सेवाग्राहीलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि...

मृत गाई प्रकरण बारे प्रतिबेदन बुझाईयो

नेपालगञ्ज । नेपालगञ्जबाट दैलेखको श्रीस्थान लैजाने क्रममा सुर्खेतको कटकुवालगायतका स्थानमा केही गाई मृत र घाइते भेटिएको घटनाको छानबीनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले गठन गरेको समितिले उपमहानगरलाई आफ्नो प्रतिवेदन बुझाएको छ । वडा नं २१ स्थित बिर्तामा रहेको निर्माणाधीन कान्जीहाउसबाट गत भदौ १२ गते २९१ वटा गाईगोरुलाई ८ वटा ट्रकमा राखेर लैजाने क्रममा भएको घटनाको प्रतिवेदन तयार गरी छानबीन समितिले सोमवार बेलुका नेपालगञ्ज उपमहानगरपालिकालाई बुझाएको हो । समितिका अध्यक्ष अधिवक्ता विकास आचार्यले...

नेपालगन्जको बैंकबाटै सेवाग्राहीलाई नक्कली नोट

नेपालगन्ज ।नेपालगन्जको धम्बोझीमा रहेको सिद्धार्थ बैंकबाट सेवाग्राहीले चेक साटेर लिएको १ हजार दरको ५० वटा नोट मध्येबाट एउटा नोट नक्कली फेला परेको हो ।आईतबर चेक साटेर ल्याएको पैसा सोमबार नेपाल ईन्भेष्टमेण्ट बैंकमा जम्मा गर्न जाँदा बैंकले नक्कली नोट भनेर फर्काएपछी सेवाग्राही झसङ्ग भएका थिए। नोट नक्कली भएको जानकारी पाएपछी सेवाग्राही सिद्धार्थ बैंक शाखाका प्रमुखलाई भेट्न पुगे । सिद्धार्थ बैंक शाखाका प्रमुख मेघनाथ ढकालले बैंकबाट नोट लगिसकेपछी अर्को नोट दिन...

नेपालगन्जको इन्द्रेणी फिजियो केयरद्वारा सेवाग्राहीलाई बिशेष छुटको ब्यबस्था

नेपालगन्ज । नेपालगन्जको इन्द्रेणी फिजियो केयर एण्ड ल्याब्रोटरी सेन्टरले सेवाग्राहीलाई बिशेष छुटको ब्यबस्था गरेको छ। विजयादशमी तथा शुभ दिपावलीको  अवसरमा सेवा ग्राहीलाई ५० प्रतिशत छटको ब्यबस्था गरेको इन्द्रेणीका प्रमुख शुक्रऋषि चौलागाईंले बताउनु भयो। केही समय अघि मात्रै नेपालगञ्जको सुर्खेतरोड स्थित सिभिल बैंक तल खुलेको इन्द्रेणी फिजियो केयर एण्ड ल्याब्रोटरी सेन्टर नयाँ प्रविधिका साथ सञ्चालनमा आइसकेको छ ।    पेट छाती, मुटुुु, कलेजो, फोक्सो, मृगौला रोग विशेषज्ञ , हाड, जोर्नी,...

नेपालगञ्ज कारागारबाटै पैसा असुली धन्दा,एक जना सहयोगी पक्राउ

बाँके। नेपालगञ्ज कारागारमा ज्यानमार्ने उद्योगमा पुर्पक्षको लागि थुनामा रहेको व्यक्तिले कारागारबाटै धम्काई नेपालगञ्जका विभिन्न ट्राभल एजेन्सीबाट अनाधिकृत रकम असुल्ने गरेको बाँके प्रहरीले तथ्य फेला पारेको छ ।बाँके प्रहरीले ती व्यक्तिलाई रकम असुल्न सघाएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक बीरबहादुर ओलीले दिएको जानकारी अनुसार नेपालगञ्ज कारागारमा अपहरण तथा ज्यान मार्ने उद्योगमा पुर्पक्षको लागि थुनामा रहेका सानोबाबु भन्ने धनबहादुर सुनारले कारागार...

नेपालगञ्जमा रामलीला शुरु

नेपालगञ्ज ।विजयादशमीको घटस्थापनासँगै नेपालगञ्जमा रामलीला शुरु गरिएको छ । प्रत्येक वर्ष झैं विजयादशमीका अवसरमा यसपाली पनि नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चन शुरु गरिएको हो । असोज २१ गतेको विजयादशमीलाई लक्षित गर्दै नेपालगञ्ज  १३ बाँके बगियामा सोमबाररातीदेखि रामलीला प्रारम्भ भएको हो । रामायणमा आधारित लीला प्रत्येक दिन राती ८ वजेदेखि रामको राज्याभिषेक गरुन्जेलसम्म जारी रहनेछ । भारतको वृन्दावनबाट राधारमण शर्माको नेतृत्वमा २१ जनाको टोलीले रामलीला मञ्चन गर्नेछ । यो सँगै...

गाई मर्दा बिरोध गर्ने मन्त्री राई,गाई काटदा किन चुप!!

नेपालगन्ज। सुर्खेतको कट्कुवामा ३५ गाई मरेको घटनाप्रति प्रतिक्रिया जनाएका शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईको यतिवेला चर्को आलोचना भइरहेकोछ ।केही दिन अघि बाँकेको खजुरा गाँउपालिका वडा नम्बर ७, बठुवामा गाई काटेर खाएको घटना सार्वजनिक भएसंगै मन्त्री राईको चर्को आलोचना भएको हो । बाँकेको खजुरागाउँपालिका वडा नम्बर ७ बठुवामा गाई काटेको विषयलाई लिएर नेपालगन्जका विभिन्न हिन्दु सनातनी संगठन तथा समूहले यस्तो बताएका हुन् ।सुर्खेतको कट्कुवामा मरेका गाईगोरुको विषयमा दुख लाग्यो भन्दै...

नेपालगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

नेपालगञ्ज। संचालनको क्रममा रहेको नेपालगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष संचालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, प्रमुख जिल्ला अधिकारी कुमार  बहादुर खड्का, प्रहरी प्रमुख वीरबहादुर वली, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, नेपाल राष्ट्रिय यातायात ब्यवसायी महासंघका उपमहासचिव डेकनाथ गौतम लगायतले उद्घाटन गर्नुभयो । यात्रु सहायता कक्षको संचालन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख  डा. धवलशम्शेर राणाले नेपालगञ्जमा अत्याधुनिक बसपार्क संचालन गर्न लागिएको भन्दै यातायात ब्यवसायी र आम...