विचार/दृष्टिकोणमा रहेका समाचारहरु
०७२ वैशाख १२ को बारपाक भूकम्प सर्वसाधारणको लागि ईतिहासको एउटा कालो धब्बा त बन्यो । तर बिडम्बना कसैको लागि यो घटना मागी खाने भाँडो बन्यो, कसैको लागि आफ्नो स्वार्थ पूरा गर्ने थलो बन्यो भने कसैलाई देशको सेवा गर्ने सु-अवसर पनि मिल्यो । तर सरकार स्वयम्ले भने यसलाई दातृ निकायलाई आकर्षित गर्ने भाँडो बनायो न कि गरिब जनताको अझै समर्पित भएर सेवा गर्ने अवसर । पुनर्निर्माणको लागि भन्दै देशले अहिलेसम्म कै...
यो आज हामी सबैले स्वीकार गर्नै पर्ने सत्य हो। हामी सबै आमरूपमा गुटबन्दीमा छौँ। यसको वस्तुगत र प्रत्यक्ष प्रमाण के हो भने हामी नवौँ महाधिवेशनमा औपचारिक रूपमा दुई वटा गुटमा बाँडियौँ र निर्वाचित वा पराजित भयौँ। त्यसपछि हाम्रा सम्बन्धहरू महाधिवेशनमा को कता थियो भन्ने आधारमा बनेका छन्, र त्यस्ता गुटबन्दीका सम्बन्धहरू झन्–झन् झाँगिदै गएका छन्। महाधिवेशनपछि आजसम्म त्यसो गर्नु ठिक थियो वा गलत थियो भनेर हामीले मूल्याङ्कन गरेका छैनौँ।...
नेपाल सरकार वैधानिक कानुन, २००४ देखि २०७२ सालमा जारी भएको नेपालको संविधानसम्म आइपुग्दा नेपालको संवैधानिक इतिहासले लगभग सात दशकको यात्रा पार गरिसकेको छ । सात दशकमा सात वटै संविधान जारी भएछन् । औसतमा एक दशकको एउटा संविधान जारी हुनु भनेको संवैधानिक दृष्टिले अस्थिरताको सूचक हो । राणाकाल, पञ्चायती काल, बहुदलीय व्यवस्था र गणतन्त्रात्मक शासन व्यवस्थासमेत गरी चार वटा शासन व्यवस्थामा पाँच संविधान जारी भए भने बाँकी दुई संविधान सङ्क्रमणकालको...
नेपालका विभिन्न अदालतमा विचाराधीन आफ्ना विरुद्धका आधा दर्जनभन्दा बढी प्राणघातक राजकाज मुद्दाको सामना गर्नुपर्ने परिस्थितिका बाबजुद नेपालको अस्तित्व खतरामा रहेको महसुस गरी २०३३ पुस १६ गते बीपी कोइराला आफ्ना सहयोगीसाथ राष्ट्रिय एकता र मेलमिलापको आह्वान गर्दै स्वदेश फर्कनुभयो। काठमाडौंमा ओर्लनासाथ उहाँलाई पुन: बन्दीको रूपमा सुन्दरीजल सैनिक कारवासमा लगियो। विचाराधीन फौजदारी मुद्दाहरूको साथै २०३० सालमा भएको हवाइजहाज अपरहण मुद्दा उहाँविरुद्ध चलाउने तयारीमा सरकार रहेको र उक्त विषयमा बयान लिन खोज्दा...
शाम र क्लेयर (नाउँ परिवर्तन) आइपुगेको खबर पाउनासाथ अफिसबाट बाहिर लाउन्जमा निस्केँ। फोटोशुटको अगावै भेट्ने मेरो अनुरोधमा ती जोडी स्टुडियोमा आईपुगेका थिए, ताकी तस्वीर उर्तादा कुनै विषयबस्तु नछुटोस्। उमेरको पचासौँ बसन्त पार गरिसकेको देखिने यी जोडीमा सुरुमा खासै केही अनौठो पाइन। कफिको सुरमा हामीले आ–आफ्ना कुराहरु साट्यौँ। सुनौलो घम्रिएको कपाल भएकी क्लेयर धेरै बोलिरहेकी थिईनन् जबकी तस्वीरको लागि अनुरोध उनैले गरेकी थिईन्। लाग्थ्यो, उनी पुरानै जमानामा कतै हराईसकेकी थिईन्। त्यस्तै टाँसिने...
लोकतान्त्रिक राज्य व्यवस्था एवम् मूल्य पद्दतिको स्थापनाका लागि स्वर्गीय मङ्गलादेवी सिंहको नेतृत्वमा विसं २००४ साउन २४ मा स्थापना भएको महिला सङ्घको अहिले तेस्रो अधिवेशन हुन लागेको छ । सामाजिक, आर्थिक र राजनीतिक रुपमा पछाडि परेका महिला वर्गको हकहितको संरक्षण र संवद्र्धन गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शलाई अगाडि बढाउन विसं २००४ मा स्व सिंहको सक्रियतामा चिनियाँलाल श्रेष्ठको घरमा महिला भेला गराई ११ सदस्यीय कार्यसमिति गठन गरिएको थियो। आगामी महाधिवेशनमा वर्तमान केन्द्रीय...