विचार/दृष्टिकोणमा रहेका समाचारहरु

रोकिएको अनशन र फड्को मारेको अभियान

एक जना व्यक्तिले एउटा देशमा गएर एमबीबीएस पढेर नेपाल फर्केछन् । तर डाक्टर बनेको अनुभव नै भएनछ । अर्थात बिरामी जाँच्न सक्छु भन्ने आत्मविश्वास नै आएनछ। उनी विचलित भएर पढेको देशमा फर्केछन् र प्राध्यापकलाई भनेछन्ः सर, मैले यत्रो डिग्री लिएँ तर डाक्टर बनेको भावना नै आइरहेको छैन, अब के गर्नु? प्राध्यापकले भनेछन्ः केही छैन, अब एमडी गर्नु, सब ठिक भइहाल्छ। उनले त्यही ठाउँबाट फेरि एमडीको कोर्स पूरा गरेछन् । तर स्थिति...

ओलीज्यूलाई पत्रः संविधान संशोधन गर्दा के बिग्रिन्छ?

आदरणीय केपी शर्मा ओजीज्यू, देशको सम्पूर्ण प्रक्रिया अवरुद्ध भएजस्तो अनुभूति भएपछि तपाईंलाई पत्र लेख्ने विचार गरेँ। इच्छा छ, कसैले यो पत्रको व्यहोरा तपाईंलाई सुनाइदिए हुन्थ्यो। तपाईं आफैं पनि लामो समय जेलनेल बिताएको नेता हुनुहुन्छ। यस कारण हाम्रा पीडा सम्झनुहुन्छ भन्ने आसले यो पत्र लेखेको छु। तपाईंलाई हामी मधेसीसँग साह्रै रिस उठेको होला। क्षमा पाउँ। तपाईंलाई लाग्दो हो, संसद बहिस्कार गरेका मधेसी दलहरू तपाईंलाई हराउन सुशील कोइरालालाई भोट हाल्न आए। तपाईंलाई लाग्दो...

नेता, प्रशासक र उद्योगपतिले रोक्ने कि सन्तानलाई अमेरिका पठाउन ?

यो हप्ता सामाजिक मिडियामा एउटा समाचारले राम्रै चर्चा पायो- न्यूज ट्वान्टी फोरमा ‘जय स्वाभिमान’ कार्यक्रम चलाउने चर्चित पत्रकार प्रेम बानियाँ सपरिवार अमेरिका छिरे रे ! कसैले उनलाई झूठो स्वाभिमान भिरेका भगौडा भने, कोही हामीविरुद्ध प्रहार गर्ने पात्र पलायन भो भनेर खुशी मनाए भने कसैले डलरको लोभमा छिरेका छ्द्म राष्ट्रवादी भने, केहीले त विभिन्न अपराध गरेर अमेरिका भाग्योसम्म भन्न भ्याए, कसैले जनतामा स्वाभिमानको उद्घोष गर्ने प्रेम स्वदेशकै उदेकलाग्दो राजनीतिसंग टिक्न...

मधेस-थरुहट आन्दोलनको छानबिनमा ढिलाइ किन ?

सरकारले मधेस थरुहट आन्दोलनमा भएको हत्या, हिंसा र दमनको छानबिन गर्न सर्वाेच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो । दुःखको कुरा, आजसम्म आयोगका सदस्यहरुले सपथ ग्रहण गरी आफ्नो काम सुरु गर्न सकेका छैनन् । धारा १३२ (१) मा भने यसो भनिएको छः ‘प्रधान न्यायाधीश तथा अन्य न्यायाधीशलाई अन्य कुनै काममा लगाउन नहुने -१० प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशलाई न्यायाधीशको पदमा बाहेक अन्य कुनै पदमा...

संस्मरण : फ्लाइट क्यान्सिलको ३६ घन्टा

बिहानै मेसेन्जर बज्यो । तीन वर्षको छोराले भ्वाइस म्यासेज गर्‍यो, ‘ड्याडी के गर्दै हुनुहुन्छ ?’ म काठमाडौंमा छु, श्रीमती र छोराछोरी पनि काठमाडौं नै छन् । मलाई एकछिन सोच्न बाध्य बनायो । आफू विदेश हुँदाका क्षण सम्झेँ । छोरा त्यसै गरेर म्यासेज गर्थ्यो । तर, अहिले म काठमाडौंमै छु । कुरा हो नेपाल एयरलाइन्सको । असोज १० गते सामान्य केक काटेर छोराको जन्मदिन मनाइयो । भोलिपल्ट राति ११:३० बजेको नेपाल एयरलाइन्सको टिकट...

प्रधानमन्त्रीज्यू ! कुरा र केमेष्ट्री मिलाउने जनतासंग कि शक्तिकेन्द्रसंग ?

मेरो फेसबुकमा रहेका मनपर्ने मित्रहरु मध्ये एउटा छन्: राम ढुंगाना । परदेशमा रहेर पनि देशप्रति चिन्तित र अग्रगामी विचार राख्ने ती मित्रले दुई दिन अघि फेसबुक स्टाटसमा बडो लाचारीका साथ ‘राजा आऊ देश बचाऊ’ भनेको देख्दा मैले लोकतन्त्रको बचाउमा उनको कडा प्रतिकार गरेँ । हिन्दी भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउने हल्ला मिडियामा चलिरहेको बेला यसविरुद्ध उनको त्यो आक्रोस यहाँसम्म आउला भनेर मैले सोचेको पनि थिइन । तर यो...

गल्ली-गल्लीमा भेटिन्छन् यहाँ मोर्डन ‘मुना-मदन’

एसएलसी परीक्षा सकिएको दिन थियो त्यो । मामा आउनु भएको थियो मलाई लिन । २०/२५ मिनेटको बाटो भए पनि मामासंगै मामाघर जाँदा मख्ख थिएँ म । उसो त म सानो-सानो कुरामा पनि औधि रमाउने मान्छे । एसएलसी सकाउँदाताका बच्चै थिएँ जस्तो लाग्छ । जहिले मलाई हौस्याउने मामासंग बस्न साह्रै रमाईलो लाग्थ्यो । एसएलसी परीक्षा राम्रोसँग दिएको छु भनेर मामासँग गफिन पाउँदा म मख्ख थिएँ । मामाको बाईकमा चढ्नुअघि घरबाट निस्कँदा...

नेपाल भुटान बनेकै हो त ?

प्रधानमन्त्री पुष्पकमल दाहाल कुर्सीमा बसेको एक महिना नपुग्दै हान्निएर भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा चार दिनको राजकीय भ्रमण सम्पन्न गरी फर्किएका छन् । भारतमा उनको राम्रै सम्मान र स्वागत भयो । यसअघि भारत गएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई यति सम्मान दिइएको थिएन । उनको भ्रमणमा त भ्रमणको सफलता नाप्ने ‘संयुक्त विज्ञप्ति’ नै निकालिएन । त्यतिबेलैदेखि कांग्रेस-माओवादी गठबन्धनको सरकार आउँछ भन्ने लख काटिएकै हो । भौगोलिक रूपमा नेपाल र भारत राम्रो...

जापानमा मैले जे भोगेँ

त्यसताका भर्खर-भर्खर जापान आइपुगेकी म भाषाको कमजोरीले काम पाउन गाह्रो थियो । न त यहाँ अङ्ग्रेजी चल्थ्यो । भाषा नजानी विकल्प थिएन । कामको खोजीमा हेल्लो वर्क पुगेँ । एउटा रेष्टुरेन्टमा इन्टरभ्यूको लागि पठाइयो । भाग्यले साथ दियो । जनवरी २० तारेख बेलुका ५ बजेबाट मेरो काम थियो । पहिलो दिन ३० मिनेट अगाडि आइपुग्नुपर्ने चिफको आदेश थियो । नेपालबाट भर्खर आएकीले समयसँग हिड्न मलाई धौ-धौ पर्थ्यो । सेकेन्डको महत्व...

संविधान कार्यान्वयनको साझा दायित्व

चार दिनअघि नेपाली जनताले देश र विदेशमा संविधान दिवस मनाएका छन् ।  संविधान दिवस मनाउने विषय नेपाल र नेपालीका लागि निश्चय पनि नयाँ होइन ।  पहिले पनि यो दिवस मनाउने गरिन्थ्यो, यसपटक पनि मनाइयो तर यसपटकको दिवसको सन्दर्भ र महìव विगतको भन्दा फरक थियो ।  विगतमा संविधान थोपरिन्थ्यो ।  जननिर्मित संविधानको पहिलो दिवसका रूपमा आयोजित यसपटकको संविधान दिवस विशेष थियो ।  किनभने यो संविधानमार्फत् आफैँले संविधान लेख्ने जनताको सात...