‘हाम्रो अन्तिम तस्वीर खिचिदिनु होला’
प्रकाशित मिति : २०७३, ३१ भाद्र शुक्रबार १८:२३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
शाम र क्लेयर (नाउँ परिवर्तन) आइपुगेको खबर पाउनासाथ अफिसबाट बाहिर लाउन्जमा निस्केँ। फोटोशुटको अगावै भेट्ने मेरो अनुरोधमा ती जोडी स्टुडियोमा आईपुगेका थिए, ताकी तस्वीर उर्तादा कुनै विषयबस्तु नछुटोस्।
Advertisement
उमेरको पचासौँ बसन्त पार गरिसकेको देखिने यी जोडीमा सुरुमा खासै केही अनौठो पाइन। कफिको सुरमा हामीले आ–आफ्ना कुराहरु साट्यौँ। सुनौलो घम्रिएको कपाल भएकी क्लेयर धेरै बोलिरहेकी थिईनन् जबकी तस्वीरको लागि अनुरोध उनैले गरेकी थिईन्। लाग्थ्यो, उनी पुरानै जमानामा कतै हराईसकेकी थिईन्।
त्यस्तै टाँसिने जिन्समा सजिएको शाम अड्कलेर कुरा गरिरहेका थिए। कुराहरु त्यति निस्किरहेका थिएनन्। तर उनमा केही कुरा थियो जुन मैले ठम्याउन सकिरहेको थिइन्।
कफिको मग रित्तिदैँ गयो, कुरा भने बढ्नै सकेको थिएन। सतही कुराहरु भइरहेका थिए। यद्यपी मेरो बारेमा (उनीहरुको फोटोग्राफरको) जान्न पाउँदा उनीहरु खुसी भएको आभास भइरहेको थियो।
उनीहरुको बारेमा भने त्यति बाहिर आउन सकेन। म त्यस्ता कुराको खोजीमा थिएँ, जुन तस्वीर खिच्दाको समयमा काम लागोस्। तर धेरै कम बोल्ने जोडी थिए यी। तर विस्तारै विस्तारै कुराका पोकाहरु फुक्दै गइरहेका थिए। उनीहर आफ्ना मन पर्ने÷नपर्ने कुराहरु बताउदैँ गए। बिह गरिसकेको तीसाँै वर्ष पुगिसकेको रहेछ। त्यतिकैमा शामले विस्तारै भने– ‘यो हाम्रो अन्तिम तस्वीर हुनेछ। त्यसैले हामी तपाइँ कहाँ आएका हौँ।’
उनको कुरो सुनेर म मात्रै होइन, क्लेयर पनि आत्तिईन्। उसले हत्तपत्त भनिन्, ‘मैले सोचेको पनि थिईँन कि तिमीले यो कुरा यहाँ यसरी भन्न सक्छौ।’
म अलमल्ल परेँ। यस्तो अनुरोध पहिलोपटक सुन्दै थिएँ। सोचेँ – छुट्टिन आँटेका रहेछन्।
संयमताका साथ शामले भन्दै गए– ‘मेरो यो पति अथवा पुरुषको रुपमा उसँग अन्तिम तस्वीर हुनेछ। यसपछि म एउटा महिलाको जीवन सुरु गर्दैछु। वर्षौं आफू बेखुशीमै जीवन बिताएँ। अब मैले अवकाश पनि भएँ, त्यसैले बाँकि जीवन म मेरो खुशीमा बाँच्न चाहन्छु।’ उनी बढो धैर्यसाथ बताउँदै गइरहेका थिए।
एउटा फोटोग्राफरले कुनै पनि व्यक्तिको विषयमा जान्यो भने मात्र उसले सामान्य व्यक्तिको पनि असामान्य तस्वीर निकाल्नसक्छ वा प्रयास गर्नसक्छ भन्ने मेरो मान्यता हो। तर कहिलेकाँही बढी जान्दा अप्ठ्यारो परिस्थितीमा पनि परिन्छ। जे भएपनि तस्वीर त कुनैपनि हालतमा बनाउनैपर्ने हुन्छ।
शामका कुरा सुन्दा मेरो ध्यान क्लेयर अर्थात् उसकी श्रीमतीतर्फ केन्द्रीत थियो। साँच्चै भन्नु पर्दा मेरो मनमा एकैपटक ‘ओहो। यीनलाई कत्रो तनाव होला’ भन्ने भावना आयो। यो जोडीले कत्रो साहस बटुलेर यहाँसम्म आईपुगेको होला भन्ने सोचिरहेँ।
गहिरा कुरा सामान्य बन्दै गए। हप्तौं, महिनौं, वर्षौंको कुराकानी र सल्लाहपछि उनीहरु जोडीको रुपमा आफ्नो अन्तिम तस्वीर खिच्न मसम्म आइपुगेका थिए।
कुरा खोतल्ने प्रयास गरेको मैले भेट्टाएपछि स्थिति बुझ्नै केही समय लाग्यो। मैले आशय बुझेँ, उनीहरु आफ्नो विगतलाई एउटा तस्वीरमा समापन गराउन चाहन्थे।
उनीहरु केही दिनपछि पुनः तस्वीरका लागि मलाई भेट्न आए।
शाम सादा हरियो टिसर्टमा र वैगुने रङको जीन्समाथि सोही रङको जुत्तामा सजिएर आएका थिए। त्यसमाथि उसले पातलो कालो कार्डीगन र हल्का शल घाँटीमा भिरेका थिए। साठीऔं वर्षमा पनि उनको लुगा लगाउने शैलीमा चमक थियो।
क्लेयर भने सादा रानी गुलाबी टपमा कालो जीन्समा थिईन्। उनले पनि हल्का गुलाबी बुट्टा भएको सेतो शल घाँटीमा भिरेकी थिईन्।
फोटोग्राफीको बेला विविध कुरा भए। मैले उनीहरुलाई एउटा अन्तिम तस्वीर नभई उनीहरु दुईको अनौठो प्रेम कथाको उत्सव भएको तस्वीर दिने प्रयास गरेँ। एउटा तस्वीर जसलाई हेरेर उनीहरु सधँै विगतलाई सम्झेर पनि रमाउने पाटो बनिरहनेछ।
मैले उनीहरुको प्रेम कैद गर्दै गर्दा उनीहरु भने एक अर्कालाई विदाई गरिरहेका थिए। दुवैलाई अनुभूति गरिरहेका थिए, कि अब यो समय कहिल्यै फर्केर आउने छैन।