विचार/दृष्टिकोणमा रहेका समाचारहरु

अनिश्चित संक्रमण, निरन्तर अस्थिरता

एक दशक लामो बहस, विवाद र सम्झौतापछि प्रसव पीडाका साथ संविधानसभा मार्फत गतवर्ष नयाँ संघीय लोकतान्त्रिक—गणतान्त्रिक संविधान जारी भए पनि १७ महिनासम्म पनि पूर्णरूपमा कार्यान्वयन हुन नसकेपछि संविधानको भविष्यमाथि नै गम्भीर प्रश्नचिह्न खडा भएको छ । संविधान निर्माण प्रक्रिया बहिष्कार गरेका मधेसी दलको असहमति, मधेस आन्दोलन र ‘अघोषित’ नाकाबन्दी तथा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि देखिएका दृश्य–अदृश्य र परिदृश्यको समिचिन मीमांसा गर्दा संविधान पूर्णरूपमा कार्यान्वयन हुने सम्भावना क्षीण हुँदै...

निर्वाचन नहुँदाको पीडा

स्थानीय तहको निर्वाचनमा मतदान गर्ने इच्छा काकाकुलको प्यासजस्तै भएको छ ।  नेपालको वर्तमान संविधानले २०७४ माघभित्र तीन तहको निर्वाचन गर्नैपर्ने बाध्यात्मक परिस्थिति निर्माण गरेको छ ।  तर, दलहरूको गतिविधि हेर्दा वर्षा अघि यो सम्भावना टर्दै गएको प्रतीत हुन्छ ।  स्थानीय तह पुनर्संरचना आयोगले सरकारलाई प्रतिवेदन हस्तान्तरण गरेको लामो समयपछि सरकारले पुनः छलफल थालेको छ ।  संवैधानिक आयोगको प्रतिवेदनमाथि नै प्रश्न उठाउँदै छलफलको विषय बनाउनु कानुनसम्मत हुने र कतिपयले उपयुक्त...

निर्वाचन एकमात्र विकल्प

स्वीकार्नैै पर्छ, वर्तमानमा नेपालको राजनीति जेलिएको छ ।  त्यसो त राजनीतिक निकासको उपयुक्त विधि खोज्ने क्रममा राजनीतिक दलहरूले निर्वाचनमा जाने कुरामा सैद्धान्तिक सहमति व्यक्त गरेका छन् तर व्यवहारमा भने यो कार्य त्यति सहज देखिँदैन ।  राजनीतिक दलबीच निर्वाचनमा जाने कुरामा मतैक्य रहे पनि कसरी जाने र पहिला कुन तहको निर्वाचन गर्ने भन्ने कुरामा सहमति हुन नसक्दा निर्वाचन–तिथिको घोषणा हुन सकेको छैन ।  प्रत्यक्षतः सत्ताधारी दलहरू निर्वाचनको पक्षमा देखिएका छन्...

कांग्रेस–माओवादी विवादः बनावटी कि वास्तविक ?

गत साउन १९, २०७३ मा बानेश्वरस्थित संसद् भवनमा तीन पक्षबीच एउटा सहमति पत्रमा हस्ताक्षर भयो । ती तीन पक्ष थिए, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहित मोर्चाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रप्रसाद यादव, शरतसिंह भण्डारी, भानुराम चौधरी, अनिलकुमार झा, राजकिशोर यादव र विजय सैँजुले उक्त तीनबुँदे सहमतिपत्रमा...

भाषण होइन इच्छाशक्ति

आगामी माघसम्म स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनि अहिलेसम्म निर्वाचन कहिले गर्ने भन्ने टुङ्गो छैन ।  निर्वाचन गराउनका लागि आवश्यक कानुनहरू समेत सबै बनिसकेका छैनन् ।  कानुन बनाउने थलो व्यवस्थापिका संसद्मा कामको चाप बढी भएर कानुन बनिसक्न नभ्याएको भनौँ भने घरिघरि सरकारले संसद्लाई काम दिन नसकेर पटकपटक संसद्को बैठक हप्तौँ पछि सार्नु परेका खबरहरू सार्वजनिक हुने गरेका छन् ।  अनि सरकारको चुनाव गराउने चाहना...

दलाललाई मोटो रकम दिएर मेक्सिकोबाट आउनेलाई तगारो बन्दै ट्रम्प

अमेरिकाको भिषा पाउन कठिन भएकोले विभिन्न मुलुकका नागरिकहरु मेक्सिकोको बाटो भएर अमेरिका छिर्ने गर्दछन् । महिनौँ लगाएर दलाललाई मोटो रकम बुझाई तल्लो बाटोबाट छिर्नेहरुमा अरु मुलुकहरुसंगै नेपालीहरु पनि धेरै छन । अध्यागमन सम्बन्धि एक जानकार नेपालीको भनाई अनुसार यसरी तल्लो बाटो भएर अहिलेसम्म दश हजारभन्दा बढी नेपाली अमेरिका प्रवेश गरिसकेका छन् । यो सख्ंया अझ त्यो भन्दा पनि ठूलो हुन सक्ने उनको अनुमान छ । दलाललाई मोटो रकम खुवाएर...

सङ्क्रमणकालमा स्वार्थको चक्कर

‘शङ्काले लङ्का डढाउँछ’ भन्छन् ।  लङ्का डढ्ला, नढड्ला त्यो बेग्लै कुरो, तर यतिखेर शङ्काले नेपालमा भयावह अवस्था सिर्जना गर्ने आशङ्का बढेको छ । शङ्का अविश्वासको दोस्रो नाम हो ।  यही अविश्वास हो, जसको जरा नेपालको राजनीतिमा गहिरिएको मात्र छैन, हाँगाबिंगा उत्तिकै फैलिएका पनि छन् ।  वनमारा झारझैँं फैलंँदै गएको अविश्वासलाई अझै पनि नरोक्ने हो भने नेपालको चालू राजनीति छिट्टै भीरबाट लड्न लागेको गोरुको अवस्थामा पुग्ने पक्का छ । राजनीतिक दल पत्याउनै...

कोरिदै विकास फेरिदै नेपालगञ्ज

संक्षिप्तमा नेपालगञ्ज नेपाल र गञ्जको मिश्रीत स्वरुपबाट स्थापीत नेपालगञ्ज नेपालको प्राचीन इतिहास बोकेको सहर हो । नेपालगञ्ज सहरको स्थापना यात्रा १८५७ सालबाट सुरु भएको हो । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले अंग्रेजबाट नयाँ मुलुकका रुपमा बाँकेलाई हत्याएपछि उनले नेपालगञ्ज सहरको कल्पना गरेका थिए । उनकै चाहनामा भारतीय सहर हजरतगञ्जको मोडेलमा नेपालगञ्जको संरचना निर्माण गरिएको हो । नेपालगञ्ज थुप्रै सम्भावनाको सहर पनि हो । यसलाई पश्चिम नेपालका सुन्दर ठाउँहरुको ‘गेट वे’ पनि...

सङ्घीयता : समस्या कि समाधान ?

करिब डेढ वर्षपूर्व जारी गरिएको पछिल्लो नेपालको संविधानले ‘…सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न’ उक्त ऐतिहासिक दस्तावेज संविधानसभाबाट जारी गरिएको स्पष्ट उल्लेख आफ्नो प्रस्तावनामा गरेको छ ।  दोस्रो संविधानसभाका ९० प्रतिशतभन्दा बढी सभासद्को वैचारिक मन्थनबाट समर्थित उक्त संविधान पूर्ण रूपमा कार्यान्वयन भइसकेको छैन तर सोही मूलभूत मार्गनिर्देशक दस्तावेजले अङ्गीकार गरेको ‘सङ्घीयता’को उपयुक्ततासम्बन्धी बहस भने चुलिएको अवस्थामा छ ।  नेपालको राजनीतिक...

अधुरै छन् शहीदका सपना

‘हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए बन्दैन मुलुक दुईचार सपूत मरेर नगए’ कवि भूपी शेरचनको कविताको अंशको यो सामयिक र सारगर्वित उक्तिसँग शहीदहरूको जीवनदर्शन राम्ररी दृष्टिगत गर्न सकिन्छ ।  शहीदहरू राष्ट्रका अमूल्य निधि त हुन् नै उनीहरू समाज र राष्ट्रलाई नयाँ दिशा र अग्रगामी परिवर्तनको विचार र मार्गदर्शन गरिरहने, कहिल्यै नअस्ताउने तारा पनि हुन् जसले संसारलाई उज्यालो प्रदान गरिरहन्छन् । दिन जान्छ, रात पर्छ, रातपछि दिन आउँछ, धर्तीमा हजारौँ परिवर्तन हुन्छ, उतारचढाव...