विचार/दृष्टिकोणमा रहेका समाचारहरु

अनुसन्धान मा आधुनिक हुँदै नेपाल प्रहरी

चाहे पत्र- पत्रिका होस या फेसबुक को स्ट्याटस, चिया पसल मा होस या माइक्रो बसको सिट मा। नेपाल प्रहरी को बारेमा केही पढ्ने वा सुन्ने हो भने आलोचनत्मक र नकारात्मक धारणा बाहेक केही पाँइदैन। हालै प्रहरी मेरो साथी नामक अभियान सुरु भऐतापनी,  जनधारणा बुझदाप्रहरी हाम्रो साथी हो की हाम्रो शत्रु भन्ने कुरामा सोच्न बाध्य बनाँउछ। चाहे चोर तर्साउन होस या साना बच्चा हरुलई, सबैलाई प्रहरी को नामै काफी छ।...

त्यो वैभव, यो नियति

पछिल्लो महिना भारतीय सञ्चारमाध्यममा भुटानी राजपरिवारका कनिष्ठ सदस्यको अभिव्यक्तिले धेरैलाई चकित तुल्यायो। भुटानी राजपरिवारका तीनवर्षीय नाति राजकुमार दु्रएक वाङचुकले आफू ८ सय २४ वर्षअघि नालान्दा विश्वविद्यालयको विद्यार्थी रहेको बताउँदा राजपरिवार मात्रै नभई त्यो खबर सार्वजनिक भएपछि सबै चकित परे । उनले आफू नालान्दा विश्वविद्यालयको विद्यार्थी भएको मात्रै बताएनन् तत्कालिन नाम भसेरोचन लोचन भएको समेत बताए । नालान्दाको विषयमा ती बालकले दिएको सबिति बयानले उनकी हजुरआमा अर्थात् वर्तमान रानीलाई कौतुहलता र...

अब न्याय पनि भागबण्डामा ?

प्रजातन्त्रको पुनर्बहाली भएको झण्डै तीन दशकको अवधि राजनीतिक क्षेत्रका लागि खासै उत्साहजनक रहेन ।  प्रजातान्त्रिक शासन प्रणालीमा सर्वसाधारणका आशा र अपेक्षा स्वाभाविक रूपमा चुलिए तर परिणाम भने सुखद भएन ।  देश विकासभन्दा दलभित्रको गुट र व्यक्तिलाई केन्द्रमा राखेर काम हुन थाले ।  त्यसैले २०४७ सालमा आएको विश्वकै उत्कृष्ट भनिएको नेपाल अधिराज्यको संविधान नमान्नेहरू सल्बलाए ।  नेकपा माओवादीका नाममा २०५२ मा सशस्त्र विद्रोह सुरु भयोे ।  त्यसैको बलमा २०६३ मा...

प्राथमिकतामा स्थानीय निर्वाचन

राष्ट्रिय राजनीतिमा चुनाव अहिले निकै चर्चित शब्द हो ।  तत्कालै चुनाव गर्नुपर्ने वा पहिले संविधान संशोधन गरेर चुनाव तोक्नुपर्ने भन्ने विवादका बावजुद अब निकट भविष्यमा नै चुनाव हुने चाहिँ निश्चितजस्तै छ ।  निर्वाचनसम्बन्धी विधेयकसमेत सदनमा छलफलमा छ ।  लोकतन्त्रको आधार पनि आवधिक चुनाव नै हो । यद्यपि पहिलो च्ुानाव कुन तहको र कसरी गर्ने भन्ने निश्चित छैन ।  संसद्, प्रदेश वा स्थानीय तह भन्ने छलफलमा अन्तरविरोध सुनिन्छ ।  संविधानअनुसार पहिले...

बाँकेमा बढ्दो भूकम्पीय जोखीम

माघ २ । भूकम्पले काठमाडौं लगायतका क्षेत्रमा तवाही मच्चाई रहेका बेला तत्कालिन नेपालगञ्ज नगरपालिकामा एक जना सेवाग्राही उपमहानगरपालिकाका इन्जिनीयरसँग विवाद गरिरहेका थिए । ०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पले ठुलो जनधनको क्षती पु¥याइसकेको थियो । भूकम्पले नेपालगञ्ज समेत हल्लीएपछि धेरैको भागाभाग भएको थियो भने कार्यालयमा रहेका कर्मचारी समेत ज्यान जोगाउन परिसरमा पुगेका थिए । धेरैले बाँचिएझैं अनुभूति गरिरहेका थिए । तर ति ग्राहक भने योजना तथा प्राविधिक शाखा प्रमुख,...

जातीय प्रश्न र श्रीलंकाको पाठ

पश्चिमा प्रभावित बौद्धिक, सबै क्षेत्रबाट नेपालमा पछिल्लो चरणमा उठेका जातिवादी, क्षेत्रीयतावादी एजेन्डाहरूलाई प्रगतिशील रूपान्तरणको आवरणभित्रबाट प्रपोगण्डा (कप्रचार) गराइएको छ ।  जातीय मुद्दाको सेरोफेरोमा पार्टीहरू टुक्रिने र विभाजित हुँदै विभिन्न रूप रङ्गमा मोर्चाबन्दीका प्रयत्नहरू भइरहेका छन् ।  यस सन्दर्भमा हामीले जातीय तथा क्षेत्रीय विध्वंसका कारण एसियाको मोती श्रीलंकाबाट धेरै कुरा सिक्नै पर्दछ । श्रीलंकामा तामिल स्वायत्त आत्मनिर्णयको अधिकारको एजेन्डामा सङ्घर्ष गरेको लिट्टेको लामो र कहालीलाग्दो इतिहास  छ ।  सन् १९८० को...

खाम भित्रको माया

१ माघ।  ‘भ्यालेन्टाइन डे आउँदैछ नि निष्ठा?’ ‘ए हो र? कहाँ आउँदैछ? कहिले आउँदैछ? कि हिँडिनैसक्यो? कतिखेर आइपुग्छ? एयरपोर्ट लिन जानुपर्छ?’ ऊ गम्भीर भएर मलाई प्रश्न गर्दै थियो, म रमाइलो गर्दै ठट्याउली पाराले उसलाई जवाफ दिँदै थिएँ । उसलाई मेरो यही बानी मन पर्दैन जब ऊ गम्भीर हुन्छ म हल्का भइदिन्छु । तर मलाई उसको चाँहि यही बानी मनपर्छ किनकि जब ऊ गम्भीर हुन्छ तब उसलाई जिस्काउन मज्जा लाग्छ । यतिमात्रै हो...

सूचना लुकाउने बहाना

आमजनताले समान रूपमा सेवा, अवसर, न्याय प्राप्त गर्नु र यस आधारमा जनताले आफूलाई बलियो महसुस गर्नु भनेको लोकतन्त्रको वास्तविक अनुभव गर्न पाउनु हो । यस्ता अधिकारहरूले नै वास्तवमा लोकतन्त्रलाई संस्थागत गर्ने र लोकतान्त्रिक प्रक्रियामा जनसहभागिता अभिवृद्धि गर्छन् ।  यो अवस्था सूचनाको हक कार्यान्वयनबाट मात्र सम्भव छ ।  सूचनाको हकलाई लोकतन्त्रको प्राण पनि भन्ने गरिन्छ ।  लोकतन्त्रको प्राण बचाउन सूचनाको हकको अभ्यास गर्ने संस्कृति स्थापित गर्न आवश्यक छ ।  यसमा...

सम्झौताको राजनीति

समाज अग्रगामी छ । राजनीति यथास्थितिवादी, पश्चगामी । समाज छलाङ् मारेर अगाडि जान चाहन्छ । यसले अग्रगमनको वकालत गर्छ । अग्रगमनका लागि विश्वमा ठूल्ठूला क्रान्ति हुँदै आएका छन् । समय अग्रगामी छ । राजनीतिले समयको प्रवाह रोक्न प्रयत्न गर्छ । समयको छाललाई बाँधेर केहीबेर रोकिएला सधैँ सम्भव छैन । समाज प्रतिकूल राजनीतिको बाँधलाई समय र समाजले भत्काउँदै अगाडि बढ्छ । यही अन्तरविरोधको बीचबाट राजनीतिक प्रणालीको विकास हुँदै अगाडि बढेको...

काँग्रेसको विदेश नीतिमा प्रश्न

बीपी कोइरालाले ३५–४० वर्षअघि बोल्नु, लेख्नुभएको थियो – इतिहासले बडो बेगका साथ पाइला चालिरहेछ । यस्तो स्थितिमा हामीहरूको चिन्तनले पनि त्यस्तै बेगका साथ इतिहास सँगसँगै पाइला चाल्नुपर्छ । नत्रभने हामीहरू आफ्नै पुरानो मनोविज्ञानका बन्दी भएर इतिहासले त्यागेको सानो तŒव बन्न पुग्छौं । अहिले प्रजातन्त्रवादीहरूलाई बडो ठूलो अवसर प्राप्त भएको छ । (बीपी कोइराला, इतिहासको हाँक अन्तर्वार्ताको अंश, “बीपी कोइरालाको आलेख, भाषण र अन्तर्वार्ता” पेज १२८ बीपी कोइराला समिति, सुन्दरीजल) हिन्दुस्तानको...