राजनीतिमा रहेका समाचारहरु
नेपालगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रै केही युवाहरुले गालीगलौज गरेका छन् । मन्त्रीलाई गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरिएको छ । मन्त्री भट्टराईले चाहिँ विमान चढ्न ढीलो भएकोमा क्षमा मागेका छन् ।युट्युवमा राजावादीका रुपमा चर्चा कमाएका ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई थर्काउँदै भिडियो खिचेको हो । काठमाडौं आउने विमानलाई मन्त्रीले एक घण्टासम्म कुराएर यात्रुलाई सास्ती दिएको भन्दै...
तुल्सीपुर : नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले कम्युनिस्टहरूले राष्ट्रिय रूपमा हत्या – हिंसाको राजनीति शुरूवात गर्न लागकोले अब जनताले प्रतिकार गर्नु पर्ने बताउनु भएको छ । आज दाङको तुल्सीपुरमा ” जननायक विपी कोईरालाको सालीक अनावरण ” कार्यक्रमलाई संवोधन गर्दै गिरीले नेपालको राष्ट्रियता र जनताको सुरक्षा , देश विकास गर्ने , शान्तिसुरक्षा कायम गर्ने नेपाली काँग्रेस भएको र कम्युनिस्टहरू राष्ट्रिय रूपमै हत्याको राजनीति शुरुआत गर्न लागेको बताउनु भएको...
काठमाडौं । आन्तरिक विवादमा फसेको नेपाल तरुण दलमा अध्यक्षले महासचिवलाई पदमुक्त गरेको पत्र दिएका छन् । अध्यक्ष जीतजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाएका हुन् । अनुशासनहीन काम गरेकाले शाहीलाई कारबाही गरिएको अध्यक्ष बस्नेतले बताएका छन् । पार्टी सभापतिलाई बोधार्थ दिँदै शाहीलाई पठाएको पत्रमा बस्नेतले पार्टी र तरुण दलको आदर्श एवं सिद्धान्तविपरित गई अनुशासनहीन कार्य गरेको हुँदा दलको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार...
नेपालगञ्ज। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले बाँकेमा कांग्रेस नेता कार्यकर्ताहरुमाथि आक्रमण गर्नेहरुलाई कारबाही नगरेसम्म कांग्रेसको आन्दोलन नरोकिने बताउनुभएको छ। नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउबाले सरकारले घटनाका दोषीहरुलाई कानुनी दायरामा नल्याए संसद्मा हंगामा गर्ने चेतावनी दिनुभयो । ‘जबसम्म गुण्डा नाइकेहरुमाथि कारबाही हुँदैन…तबसम्म हामीले आन्दोलन गरिरहन्छौं, लोकतन्त्रमा बोल्न, भेला हुन पाउने अधिकार कुण्ठित गर्न खोज्ने सरकार विरुद्ध हामी कडा रुपमा प्रस्तुत हुन्छौं, सभापति...
नेपालगन्ज। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार(आज ) नेपालगन्ज आई पुग्नु भएको छ । बाँकेमा पार्टीको जनजागरण कार्यक्रम चलिरहेको समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले गरेको आक्रमणको घटना बुझ्न उनी यहाँ आउनु भएको हो। गत बिहीवार कांग्रेस जागरण अभियानमा बाँकेको खजुराको सितापुर नेकपाका कार्यकर्ताले पार्टी सभापति किरण कोइराला लगायत अन्य कार्यकर्तालाई आक्रमण गरेका थिए।आक्रमणमा सभापति कोइरालाको हात भाचिएको छ।सभापति देउबा सगै सांसद डिल्ली चौधरी समेत आउनु भएको छ। ...
नेपालगन्ज।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार नेपालगन्ज आउने भएका छन् । बाँकेमा पार्टीको जनजागरण कार्यक्रम चलिरहेको समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले गरेको आक्रमणको घटना बुझ्न उनी यहाँ आउन लागेका हुन् । शुक्रबार दाङमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका पुर्वप्रधानमन्त्री देउवा शनिबार नेपालगन्ज आउने कार्यक्रम तय भएको जिल्ला सचिव तप्त पौडेलले जानकारी दिए । देउवाले शनिबार दिउँसो १ बजे नेपाली कांग्रेस पार्टी कार्यालय नेपालगन्जमा आयोजित कार्यकर्ता भेलालाई...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेकपाका कार्यकर्ताद्वारा नेपाली कांग्रेसका पार्टी सभापतिसहित कार्यकर्ता माथी भएको आक्रमण भएको प्रती घोर भर्त्सना प्रकट गर्नु भएको छ। साथै नेपाली कांग्रेस बाँकेका जिल्ला सभापतिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गर्नु भएको छ।शुक्रबार आफ्नो ट्विटर र फेसबुकमा अध्यक्ष थापाले बाँके कांग्रेसका सभापति किरण कोइरालामाथि बिहीवार भएको आक्रमणको घोर भत्सर्ना गर्दै दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरेका हुन। बाँकेको खुजरा–२ स्थित सीतापुरमा आयोजित जागरण...
नेपालगन्ज ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकर्ताले राष्ट्रिय जनजागरण कार्यक्रम बिथोल्दै नेता, कार्यकर्तामाथी सामुहिक आक्रमण गरेको विरोधमा नेपाली कांग्रेस बाँकेले शुक्रबार दिउँसो नेपालगन्जमा प्रर्दशनसहित एक घन्टा चक्काजाम गरेको छ । दोस्रो चरणको राष्ट्रिय जनजागरण कार्यक्रम चलिरहेका बेला बिहीबार दिउँसो बाँकेस्थित खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरु हलभित्र प्रवेश गरी जिल्ला सभापति किरण कोईरालासहित दर्जनौं नेता तथा कार्यकर्तामाथी आक्रमण गरेका थिए ।आक्रमणबाट सभापति कोईरालाको बायाँ...
नेपालगञ्ज।नेकपा बाँकेले ब्यक्तिगत घटनालाई राजनीतिकरण नगर्न नेपाली काँग्रेस बाँकेलाई आग्रह गरेको छ । खजुरा गाउँपालिकाको सीतापुरमा बिहिवार काँग्रेसको राष्ट्रिय जागरण अभियानका सन्दर्भमा भएको घटनाप्रति नेकपा बाँकेले दुःख व्यक्त गरेको छ । नेकपा बाँकेले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष आइपी खरेलले ब्यक्तिगत घटनालाई राजनीतिकरण गर्दै नेकपा पार्टी र कार्यकर्ता विरुद्ध लगाइएको गम्भिर आरोपप्रत असहमति जनाएको छ । काँग्रेस लगायत कुनैपनि पार्टी र कार्यकर्ताप्रति असहयोग गर्ने पार्टीको नीति नभएको...
नेपालगन्ज, सबिना चन्द । नेपाली कांग्रेस बाँकेले आन्दोलन सुरु गरेको छ। दोस्रो चरणको जनजागरण कार्यक्रम तत्कालका लागि रोकेर नेपाली कांग्रेस बाँके सडक आन्दोलनमा उत्रिएको छ। जनजागरण कार्यक्रम चलिरहेकै बेला बिहीबार दिउँसो खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकर्ता हलभित्र प्रवेश गरी आक्रमण गरेपछि त्यसको विरोधमा नेपाली कांग्रेस सडकमा उत्रिएको हो। आक्रमणबाट कांग्रेस जिल्ला सभापति किरण कोईरालाको बायाँ हात भाँचिएको छ भने अन्य नेता तथा कार्यकर्तालाई सामान्य...