राजनीतिमा रहेका समाचारहरु
नेपालगन्ज ।दोस्रो चरणको जनजागरण कार्यक्रम तत्कालका लागि रोकेर नेपाली कांग्रेस बाँके सडक आन्दोलनमा उत्रिएको छ। जनजागरण कार्यक्रम चलिरहेकै बेला बिहीबार दिउँसो खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का कार्यकर्ता हलभित्र प्रवेश गरी आक्रमण गरेपछि त्यसको विरोधमा नेपाली कांग्रेस सडकमा उत्रिएको हो। आक्रमणबाट कांग्रेस जिल्ला सभापति किरण कोईरालाको बायाँ हात भाँचिएको थियो, भने अन्य नेता तथा कार्यकर्तालाई सामान्य चोट लागेको थियो। उक्त कार्यक्रमलाई प्रमुख अतिथी ९केद्रिय प्रतिनिधी० बिद्याप्रसाद खनालले...
नेपालगन्ज ।नेपाली कांग्रेस बाँके सभापति किरण कोइराला माथी भएको आक्रमण प्रती शहरी बिकास मन्त्री मो. इस्तियाक राईले दुख ब्यक्त गर्नु भएको छ।आज बिहान पार्टी सभापति कोइराला निवास पुगेर मन्त्री राईले सभापति कोइरालालाई भेेेट्दै सबै कुराको जानकारी लिदै सभापतिलाई शिघ्र स्वास्थय लाभको कामना समेत गर्नु भएको छ। “आक्रमणकारी जो सुकै होस् , सबैलाई कारबाही हुन्छ” मन्त्री राईले भन्नुभयो।पार्टी सभापति सग कुरा गर्दै मन्त्री राईले यो युग भनेको लोकतन्त्रको युग भएकोले...
नेपालगन्ज।नेपाली कांग्रेस बाँके सभापति किरण कोइराला माथी आक्रमण भएको छ। आज नेपाली कांग्रेस बाँकेको सभापतिसहित कार्यक्रममाथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले आक्रमण गरेका छन्। दोस्रो चरणको जनजागरण अभियान अन्तर्गत कांग्रेसले बिहीबार खजुरा गाउँपालिका–२ सितापुरमा कार्यक्रम गरिरहेका बेला हलभित्रै प्रवेश गरी नेकपाका कार्यकर्ताले आक्रमण गरेका हुन्। उक्त आक्रमणबाट कांग्रेस बाँकेकी सभापति किरण कोईरालाको बायाँ हात भाँचिएको छ, भने अन्य कार्यकर्ता सामान्य घाइते भएका छन्।जनजागरण कार्यक्रमलाई पार्टीका केन्द्रिय प्रतिनिधी विद्याप्रसाद खनालले...
काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले डेंगु नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन् । देश डेंगुले आक्रान्त भइसक्दा पनि सरकार मुकदर्शक बनेको भन्दै उनले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका हुन् । ‘स्वास्थ्यको जिम्मा लिएर बसेका मन्त्री कहाँ हुनुहुन्छ रु अब त प्रधानमन्त्रीज्यू पनि आइसक्नुभयो । यो बेलामा चुप लागेर बसेर हुँदैन’ उनले भने ‘रुलिङ गरेको भरमा झारा टारेर हुँदैन, म स्वास्थ्यमन्त्रीको राजीनामा माग...
नेपालगञ्ज। नेपालगञ्जको ल्याण्डफिल साइटको शहरी बिकास मन्त्री मो. इस्तियाक राइ द्वारा उद्घाटन हुने कार्यक्रममा नेपाली कांग्रेस आबद्द जनप्रतिनिधिहरुले बहिस्कार गर्दैछन् ।नेपालगञ्जको हिरमिनिया बनेको ल्याण्डफिल साइटको उद्घाटन गर्ने मन्त्रीको एकल निर्णयको विषयमा चर्को विवाद भएको छ। यसअघिको नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकले प्रधानमन्त्रीलाई बोलाउने र प्रधानमन्त्री आउन नभ्याए नेपालगञ्ज निवासी शहरी विकास मन्त्री मो. इस्तियाक राई र नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले संयुक्त रुपमा उद्घाटन गर्ने निर्णय गरेको थियो।मन्त्री राईले मेयरसँग संयुक्त...
चितवन । चितवनमा प्रहरी र मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी बिचच झडप भएको छ।भरतपुरको चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार विहान झडप भएको छ । अस्पतालभित्र प्रवेश गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि झडप भएको हो ।अस्पतालको सेवा प्रवाहमा नै अवरोध खडा गर्न खोजेपछि रोक्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ । अस्पताल भित्रबाट जान खोजेका आन्दोलनरत विद्यार्थीलाई प्रहरीले लखेटेर गेट बाहिर पुर्याएको थियो ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल...
नेपालगन्ज । नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान मंगलबारदेखि सुरू गरेको छ।वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर कांग्रेस मंगलबार देशका तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा १०६ वटाका दरले वृक्षरोपण गर्दै जागरण अभियानको सुरूआत गरेको हो। जागरण अभियानका लागि कांग्रेसले सबै प्रदेशसभा क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको छ। जागरण अभियान अन्तर्गत बाँकेका ३ वटै निर्बाचन क्षेत्रमा वृक्षरोपण गरिएको छ। वृक्षरोपण अन्तर्गत केन्द्रीय प्रतिनिधिसहित सबै ठाँउमा बाँके कांग्रेस पार्टी सभापति...
काठमाडौं । एक जना वडा अध्यक्षले अर्का वडा अध्यक्षलाई कुटपिट गरेको आरोप पिडक अध्यक्ष पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरेर आफ्नै छिमेकी वडाध्यक्षमाथि कुटपिट गरेको आरोपमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष अजय लुइँटेल पक्राउ परेका छन्। उनले वडा नम्बर ७ का अध्यक्ष सुरेश थापालाई कुटपिट गरेको आरोप लागेको छ। अध्यक्ष लुइँटेलले असार ३० गते गाउँपालिका कार्यालय ताप्केडाँडामा आफूमाथि कुटपिट गरेको थापाले उजुरीमा उल्लेख गरेका छन्।...
बुटवल । बुटवल उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्ष रमेश नेपालले आत्महत्या प्रयास गरेका छन् । वडा नंं २ स्थित आफ्नै घरमा बिहान ९ बजे नेपालले सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका हुन् ।उनी झुण्डिएको परिवारका सदस्यले थाहा पाएलगत्तै अस्पताल पुर्याएका थिए । उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको बुटवल वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले नेपालको अवस्था गम्भीर रहेको बताएका छन्।चिकित्सकलाई उद्धृत...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वदेश फिर्ता भएका छन। उनी थाई एअरवेजको जहाजबाट आज दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।प्रधानमन्त्री ओलीलाई स्वागत गर्न विमानस्थलमा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत पुगेेका थिए। उनि १४ दिनसम्म सिंगापुरमा उपचार गराउदै आज फर्किएका हुन् । तस्बिर : फेेसबुकबाट। ...