राजनीतिमा रहेका समाचारहरु

खजुरा घटनाका दोषीलाई कारबाहीको माग गर्दै नेविसंघ बाँकेको विरोध प्रदर्शन

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाको हात भाँचिने गरी खजुराको सीतापुरमा भएको घटनामा संलग्नहरुलाई कडा कारबाहीको माग गर्दै आज पनि नेपालगञ्जमा विरोध प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी संघ बाँकेको आयोजनामा पार्टी कार्यालयबाट शुरु भएको दबाब ¥याली जिल्ला प्रशासन कार्यालय गेट अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । सरकार विरुद्ध चर्का नाराबाजी गर्दै प्रशासन पुगेका कांग्रेस नेता कार्यकर्ताहरुले बाँके प्रशासन र बाँके प्रहरी विरुद्ध पनि आक्रोश पोखेका...

नेबिसंघ बाँकेले आज ११ बजे बिशाल जुलुशसहित प्रदर्शन गर्दै

नेपालगन्ज । नेपाल विद्यार्थी संघ बाँकेले आज बिशाल जुलुशसहित प्रदर्शन गर्ने भएको छ। नेबिसंघ बाँकेको आयोजनामा  सितापुर घटनाको बिरोधमा आज नेपालगन्जमा बिरोध जुलुश निकाल्न लागेको हो। गत बिहिवार नेपाली कांग्रेसको दोस्रो जनजागरण कार्यक्रम नेकपाका कार्यकर्ताले बाँके  काँग्रेस पार्टी सभापति किरण कोइरालासहित अन्य कार्यकर्ताहरुलाई आक्रमण गरेको बिरोधमा नेबिसंघ बाँकेले आज आन्दोलन गर्न लागेको अध्यक्ष पुर्ण प्रसाद आचार्यले बताए। आक्रमणकारी पक्राउ नपरेे सम्म नेपाली कांग्रेसले बिरोध आन्दोलनको घोषणा गरिसकेको छ। अध्यक्षआचार्यका...

रामारोशन गाउँपालिकाका अध्यक्षमाथी गोली  प्रहार

अछाम । अछामको रामारोशन गाउँपालिकाका अध्यक्षमाथी गोली  प्रहार भएको छ। अध्यक्ष  झङ्करबहादुर साउदमाथि आइतबार साँझ गोली प्रहार भएको हो।दुईजना अज्ञात व्यक्तिले गाउँपालिकाको वडा नं ३ मुजाबगरस्थित कार्यालयको आवासमा बस्दै आएका साउदलाई गोली हानेका हुन् ।अध्यक्ष साउदले प्रतिकार गर्न खोज्दा गोली भुइँमा खसेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए। उक्त समयमा शान्तडा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भरतबहादुर रोकायासमेत अध्यक्ष साउदसँगै रहेका थिए ।“हामीले हतियार खोस्न खोज्दा दुवै...

गौमुखी गाउँपालिका अध्यक्ष गिरी निर्दोष, कांग्रेस भएकाले फसाइयो

प्यूठान।   गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरी निर्दोष  सबित भएका छन् । उनलाई बहुविवाह गरेको भन्दै प्रहरीमा परेको उजुरीमा कुनै कार्वाही नहुने भएको छ ।आईतबार जिल्ला सरकारी वकिल कार्यालय प्यूठानले मुद्धाका लागि प्रमाण नपुगेको भन्दै अदालतमा उजुरी दर्ता नगर्ने निर्णय गरेको हो । जिल्ला अदालत समक्ष मुद्धा दर्ता नगर्ने निर्णय गरी उच्च सरकारी वकिलको कार्यालयमा पठाइएको निमित्त जिल्ला न्यायाधिवक्ता शिवप्रसाद आचार्यले बताए ।उच्च सरकारी वकिलको कार्यालयले निर्णय सदर नगरेसम्म सम्पर्कमै...

बाल दिवसमा नरैनापुरका अध्यक्षद्वारा कक्षा ११ का विद्यार्थीलाई पोशाक सहयोग

नरैनापुर(बाँके)।बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिकामा पनि राष्ट्रिय बाल दिवस मनाइएको छ । वडा नम्बर ६ गंगापुरस्थित जय किसान माविमा बाल दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । बाल दिवसका अवसरमा विद्यालय प्रांगणमा १५ सय विरुवा रोप्ने कार्यको आज (आइतबार) शुभारम्भ गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेन्द्र कुमार यादवले जानकारी दिनुभयो । बृक्षारोपण कार्यक्रमको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले शुभारम्भ गर्नुभयो । त्यस्तै बाल दिवसका अवसरमा विद्यालयमा आयोजित अतिरिक्त क्रियाकलापमा विभिन्न...

मुद्दा दर्ता भएका ब्यक्तिलाई पक्राउ नगरे झनै कडा अन्दोलन हुन्छ:कांग्रेस क्षेत्र नम्बर २(बिज्ञप्तिसहित)

नेपालगन्ज । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले  बाँके सभापति किरण कोइरालासहित अन्य कार्यकर्तालाई आक्रमण गर्नेलाई पक्राउ गर्नु पर्ने भन्दै बिज्ञप्ति जारी गरेको छ।क्षेत्रीय सभापति रमेश गुप्ताद्वारा हस्ताक्षरीत बिज्ञप्तिमा प्रहरीमा निबेदन दर्ता भएका बिरुद्ध पक्राउ गरि कारबाही नगरिए आन्दोलनले ठुलो रुप लिने चेतावनी दिएको छ। बाँके क्षेत्र नम्बर ३ ख को खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा जनजागरण कार्यक्रम चलिरहेकै बेला बिहीबार दिउँसो  नेकपाका कार्यकर्ता हलभित्र प्रवेश गरी आक्रमण गरेपछि...

कांग्रेस बाँकेले नेपालगन्जमा निकाल्यो जुलुश सहित कोण सभा
"पार्टीको लागि ज्यान नै दिनु पर्छ भने दिन पछि हटदैन: कांग्रेस नेता महेन्द्र मल्ल "

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले आइतबार अपराह्नमा जुलुस सहित कोण सभा गरेको छ। बाँकेमा पार्टीको जनजागरण कार्यक्रम चलिरहेको समयमा पार्टी सभापतिसहित कांग्रेस कार्यकर्तालाई नेकपाले गरेको आक्रमणको बिरोधमा नेपाली कांग्रेसले देशैभर अन्दोलन सुरु गरेको छ। आज नेपाली कांग्रेस बाँकेले  पार्टी कार्यालयबाट जुलुस निकाल्दै बिपि चोकमा कोण सभा गरेको हो। कोण सभा कार्यक्रममा पार्टी सभापति किरण कोइराला , सचिब तप्त पौडेल र कपिल शर्मा, जिल्ला सदस्यहरु महेन्द्र मल्ल, सुधान्सु कोइराला, नेबिसंघका...

पार्टी सभापतिले गरिन् बाँके कांग्रेस नेता महेन्द्र मल्लको राजिनामा स्विकृत

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले  नेता महेन्द्र मल्ल ठकुरीको  राजिनामा स्वीकृत गरेको छ। कांग्रेस नेता मल्लले बाँके कांग्रेसको संगठन बिभाग प्रमुखबाट राजिनामा पत्र जिल्ला कार्यसमिती बैठकमा पेश गरेका थिए।  पार्टी बैठकमै नेपाली कांग्रेस बाँकेकि सभापति किरण कोइरालाले  आजैका मितिबाट मल्लको राजिनामा स्वीकृत भएको घोषणा  गरेकी छिन् । मल्लले जिल्ला आफ्नो कार्य ब्यस्तताले गर्दा आफुले राजिनामा बुझाएको पत्रमा उल्लेख गरेका छन् । मल्ल नेपाली कांग्रेस बाँकेको मनोनित जिल्ला सदस्य समेत हुन्...

बाँके कांग्रेस नेता महेन्द्र मल्लले दिए पदबाट राजिनामा

नेपालगन्ज । बाँके कांग्रेसका नेता महेन्द्र मल्ल ठकुरीले पदबाट राजिनामा दिएका छन् । नेता मल्लले बाँके कांग्रेसको संगठन बिभाग प्रमुखबाट राजिनामा दिएका हुन् । आजैको मितिमा उनले जिल्ला कार्यसमितीको बैठकमा राजिनामा पत्र बुझाएका हुन् । आफ्नो कार्य ब्यस्तताले गर्दा आफुले राजिनामा बुझाएको पत्रमा उल्लेख गरेका छन् । मल्ल नेपाली कांग्रेस बाँकेको मनोनित जिल्ला सदस्य समेत हुन् । संगठन बिभाग प्रमुख मल्लले राजिनामा पत्र जिल्ला कार्यसमितीमा पेश गर्नु भएको छ,...

नेपाली कांग्रेसद्वारा बाँके घटनालाई लिएर सदन अबरूद्ध

काठमाडौं ।  नेपाली कांग्रेसले सदन अबरूद्ध गरेको छ।राष्ट्रिय जागरण अभियानको क्रममा बाँके सभापति किरण कोइरालालाई आक्रमण गर्ने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तामाथि कारबाहीको माग राख्दै  ३० मिनेट सदन अबरूद्ध गरेको हो।घटनाबारे आइतबार गृहमन्त्री रामबहादुर थापा बादलले सदनलाई जानकारी गराउँदा घटनालाई प्रतिपक्षले राजनीतिकरण गरेको बताएपछि कांग्रेस सांसदले आपत्ति जनाएका थिए। ...