गण्डकी प्रदेशमा रहेका समाचारहरु
नेपालगन्ज ।नेपाल बार एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि आज देशैभरी निर्वाचन हुँदैछ । लोकतान्त्रिक र प्रगतिशील समूहका कानुन व्यवसायीहरु प्यानलसहित निर्वाचनमा होमिएका छन् । अहिले सम्म नेपालगन्जमा १०० जनाले मतदान गरिसकेका छन् भने मतदान आज साझ ४ बजे सम्म रहने उच्च अदालत बार एशोशियशन नेपालगन्जका निबर्तमान अध्यक्ष बल बहादुर चन्दले बताउनु भयो। नेपालगन्जमा प्रदेश ५ सभा सदस्य एबम अधिवक्ता सुरेन्द्र बहादुर हमालले मतदान गरेको चन्दले बताउनु भयो।त्य्स्तै नेपालगन्ज अधिवक्ता...
काठमाडौं ।संघीयता कार्यान्वयनको महत्वपूर्ण पाटो मानिएको र लामो समय विवादमा अल्झिएको कर्मचारी समायोजन लगभग टुंगिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तीनै तहमा गरी बिहीबारसम्म एक लाख कर्मचारीको समायोजन सकिने जनाएको छ ।बुधबारसम्म निजामतीतर्फ साढे ६० हजार र स्थानीय सेवातर्फ ११ हजारभन्दा बढी कर्मचारीको समायोजन भएकोमा बिहीबारसम्म स्वास्थ्य सेवातर्फका २८ हजारको समायोजन पनि सकिने मन्त्रालयका अधिकारीले बताए । समायोजन हुने यी सबै कर्मचारीको संख्या एक लाख...
नेपालगन्ज ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले फेरि नेपाल बन्दको आह्वान गरेको छ । महासचिव ‘विप्लव’ले जारी गरेको विज्ञप्तिमा चैत १६ गते नेपाल बन्द आह्वान गरिएको छ ।विज्ञप्तिमार्फत १३ गते देशभर चोक जुलुस, १४ गते देशभर कोणसभा, १५ गते मसाल जुलुस, १६ गते नेपाल बन्द, १९ गते अन्तरक्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन र २४ गते देशव्यापी जनसभा र...
पोखरा । पोखराको लेकसाइडमा प्रहरीले छापा मार्दा करिब ८० जना नेपाली र विदेशी पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाहको कमाण्डमा गएको टोलीले नेपाली र विदेशी गरी ८० जनालाई पक्राउ गरेको हो । पोखरा ६ लेकसाइडको खहरेमा रहेको एक रेष्टुरेण्टमा टान्सपार्टी भएको छ भन्ने सुचनाका आधारमा प्रहरीले छापा मारेको थियो। द अफिस रेष्टुरेण्टबाट गाँजा, चरेस लगायतका लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई बैदाम...
मुस्ताङ: हिमालपारिको जिल्ला मुस्ताङमा सञ्चालित विकास आयोजनाको काम प्रतिकूल मौसम र निरन्तरको हिमपातका कारण प्रभावित भएको छ । स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयले बजेट विनियोजन गरेका सडक, पुल, भवन, सिँचाइ, खानेपानीलगायतका पूर्वाधार आयोजना ठप्प भएका छन् । यसपालि फागुनको तेस्रो सातासम्म पनि हिमपात भएकाले विकासको काम ठप्प बनेको जिल्ला समन्वय समितिका प्रमुख छिरिङ ल्हमो गुरुङले बताए। दाङ, धादिङ, बाँके, बर्दियाबाट आएका मजदुर चिसोले काम गर्न नसकेपछि फर्किएका छन्...
पर्बत। दोहोरो नगरिकता लिएको भन्दै बाबू छोरा जेल परेका छन् ।झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिएको अभियोगमा पर्वत जिल्ला अदालतले बाबुछोरालाई जरिवानासहित कैद सजाय सुनाएको छ । नागरिकता दिने तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी र नागरिकता फाँटका कर्मचारीले भने सफाइ पाएका छन्। तनहुँ जिल्ला साविकको माझकोट गाविस–२ घर भई पोखरामा डेरा लिई बस्दै आएका दलबहादुर कुमाल र उनका छोरा सुजन थापा भन्ने मीनबहादुर कुमाललाई पर्वत जिल्ला अदालतले कसुर ठहर...
नेपालगन्ज । आज महाशिवरात्रि पर्व मनाइदै छ ।महाशिवरात्रिमा आज शिवको पूजा आराधना गरी बाँके लगायत देशभर मनाइँदैछ । महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र...
दमौली : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ बुल्दीपुल नजिक शुक्रबार राति बस र कार ठक्कर खाँदा एकको मृत्यु भएको छ । सो दुर्घटनामा दुई घाइते भएका छन् । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा६च २१०२ नं.को कार र बुर्तिबाङबाट काठमाडौं जाँदै गरेको ना७ख २८४४ नं.को बस ठक्कर खाँदा कारमा सवार पोखरा महानगरपालिका–२० बस्ने ५६ वर्षीय लीलबहादुर सुनारको मृत्यु भएको हो । सुनारको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक...
काठमाडौं । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर गृहनगर पोखरा ल्याइएको छ । उहाँको शव श्रद्धाञ्जलीका लागि पोखरा प्रदर्शनी केन्द्रमा राखिएको छ ।मन्त्री अधिकारीलाई श्रद्धाञ्जलीका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, योगेश भट्टराई, राजन भट्टराई, घनश्याम भुसाल, मन्त्री पद्मा अर्याल, कांग्रेस नेता चन्द्र भण्डारी पोखरा पुग्नुभएको छ । अधिकारीको पोखराको रामकोटस्थित सेती दोभानमा दाह संस्कार हुने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा...
नेपालगञ्ज । डाक्टरहरुको आन्दोलनका कारण सरकारी अस्पतालहरुको सेवा ठप्प भएको छ । डाक्टरहरु नै आन्दोलमा उत्रिएपछि बिरामीहरु स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् । स्वास्थ्य सेवा नपाउँदा अस्पताल पुगेका विरामीहरु मर्कामा परेका छन् । नेपालगञ्जको भेरी प्रादेशिक अस्पतालमा पनि आजदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको छ । देशभरका सरकारी डाक्टरले आजदेखि आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गरेपछि बिरामीको उपचार प्रभावित भएको हो । कर्मचारी समायोजन विधेयकमा आफूलाई अन्याय गरेको...