गण्डकी प्रदेशमा रहेका समाचारहरु
काठमाडौं । प्रहरीले एक जना पत्रकारलाई पक्राउ गरेको छ।पोखराबाट प्रकाशन हुने ‘ताण्डव’ साप्ताहिक र ताण्डवन्युज डटकमका सम्पादक अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेको छ।बतास कम्पनीका वीपेन्द्रराज बतासले पैसा नतिरेर ठगी गरेको समाचार लेखेका गिरीलाई कास्की प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो।बतासले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा गिरीविरूद्ध साइबर अपराधको मुद्दा हालेका थिए। सिआइबीले गिरीलाई पक्राउ गरिदिन कास्की प्रहरीलाई पत्र लेखेको थियो। ‘सिआइबीको पत्रअनुसार उहाँलाई पक्राउ गरेका हौं,’ कास्की प्रहरीका प्रवक्ता डिएसपी...
नेपालगन्ज।आठौं राष्ट्रिय महिला हक्की खेलमा गण्डकी प्रदेशले प्रदेश नं. १ लाई ४–० गोल गर्दै जित हात पारेको छ । आइतवार विहना गण्डकी प्रदेश र प्रदेश नं. १ बिच भएको खेलमा गण्डकी प्रदेशले प्रदेश नं. १ लाई ४ गोल गर्दै जित हात पारेको हो । गण्डकी प्रदेशले खेलको शुरु देखि नै दबाब दिए रहदा खेलको पहिलो क्वाटरमा गोल गर्न सकेका थिएनन् । दोस्रो क्वाटरको खेल शुरुहुदाँ १६ नं. जर्सीमा खेली रहेकी...
नेपालगन्ज । आज देखि नयाँ बर्ष २०७६ बिक्रम सम्बत शुरु भएको छ। देशबासीहरुले नयाँ बर्ष धुमधाम सग मनाइरहेका छन् ।त्य्स्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटार परिसरबाट ओलीले सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा उनले सरकारका उपलब्धीको चर्चा गरेका छन् ।प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपालको पानी, जनताको लगानी, खोलौं बैंक खाता अभियानको सुरुआतलाई उनले उपलब्धीको रुपमा व्याख्या गरेका छन् । ...
नेपालगन्ज । आज देशैभरी चैतेदशै मनाइदै छ।हिन्दू धर्मालम्बीहरुले आज रामनवमी र चैतेदशैं पर्व मनाउँदै छन् । दशैं तथा रामनवमीको अवसरमा शनिबार बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।फरक–फरक दिनमा चैतेदशैं र रामनवमी पर्व पर्ने गरेको भए पनि यस वर्ष एकै दिन परेको पञ्चांग निर्णायक समितिले जनाएको छ । अष्टमीलाई पूर्वाह्न र नवमीलाई अपराह्नको समय लिनुपर्ने भएकाले एकैदिन दुवै पर्व परेको पञ्चांग निर्णायक समितिको भनाइ छ । ...
काठमाडौं ।नेपालमा पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए ।पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको जानकारी दिए । पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो । ...
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्युभएको छ ।बिहिबार मुसिकोट नगरपालिका १ को चैन डाँडामा भएको दुर्घटनामा धुर्कोट गाउँपालिका ५ का नेपाली काँग्रेसका पूर्व सांसद ६५ वर्षका रुद्रमणी शर्मा भण्डारी र मालिका गाउँपालिका १ का ८ वर्षका वस्कर विश्वकर्माको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घाइते ४ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ भने ४ जनालाई गुल्मी...
नेपालगन्ज ।आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत नेपालगन्जमा बुधबार विहान भएको पुरुष हक्कीमा नेपाल आर्मी र गण्डकी प्रदेश वीच भएको उद्घाटन खेल बराबरीमा टुंगिएको छ । सुरुवातदेखि नै आर्मीले गण्डकी प्रदेशलाई दवावमा राखे पनि कुनै गोल गर्न सकेन । दुवै टिमले गोल गर्न नसकेपछि अंक बाँडिएको छ। आर्मीले ११ पेनाल्टी कर्नर पाए पनि गोल गर्न नसकेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए । गण्डकी प्रदेशले एउटा पनि पेनाल्टी कर्नरको...
नेपालगन्ज । बिप्लब समुहले बिरोधका कार्यक्रमहरु सार्बजनिक गरेको छ।नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नयाँ वर्ष २०७६ को सुरुवात देखि नै विभिन्न विरोध तथा नेपाल वन्दको कार्यक्रम आह्वान गरेको छ । यसले नयाँ वर्ष २०७६ साल धुमधामले मनाउन तयारीमा रहेका सर्वसाधारण निराश भएका छन् । यसका साथै नयाँ वर्ष २०७६ फेरि अशान्ति र मुठभेड बर्ष बन्ने हो कि भन्ने चिन्ताहरु पैदा भएका छन् । उक्त पार्टीले नयाँ वर्षको सुरुवात...
नेपालगन्ज । देशभरीकाे मौसम विहानैदेखि बदली भएको छ। पूर्वमा न्यूनचापीय क्षेत्र, पश्चिमी वायु, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले देशभरीकै मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार यसकै प्रभावले आज र भाेलि देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना छ। आइतबारदेखि भने मौसममा केहि सुधार हुने अनुमान छ। आज तराई र पश्चिमी पहाडका थोरै...
कास्की : नेपाल पत्रकार महासङ्घ कास्की शाखाका निर्वतमान उपाध्यक्ष एवं केन्द्रीय सभासद् राजेन्द्र अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान पोखरा महानगरपालिका–१ स्थित पृथ्वीनारायण क्याम्पस गेटमा विप्लव निकट अखिल क्रान्तिकारीले गरेको प्रदर्शनको समाचार सङ्कलनका लागि पुगेका अधिकारीलाई कास्की प्रहरीले पक्राउ गरेकोे महासङ्घ अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए । पत्रकार अधिकारीसँगै अन्य दुई विद्यार्थी पनि पक्राउ परेको बताइएको छ । महासङ्घका अध्यक्ष श्रेष्ठले गैरकानूनी पक्राउको विरोध गर्दै अधिकारीको तुरुन्त रिहाइको माग...