सरकारी अस्पतालमा आकस्मिक बाहेक सबै सेवा ठप्प, विरामी मर्कामा
प्रकाशित मिति : २०७५, १५ फाल्गुन बुधबार १२:५०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । डाक्टरहरुको आन्दोलनका कारण सरकारी अस्पतालहरुको सेवा ठप्प भएको छ । डाक्टरहरु नै आन्दोलमा उत्रिएपछि बिरामीहरु स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् । स्वास्थ्य सेवा नपाउँदा अस्पताल पुगेका विरामीहरु मर्कामा परेका छन् ।
Advertisement
नेपालगञ्जको भेरी प्रादेशिक अस्पतालमा पनि आजदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको छ । देशभरका सरकारी डाक्टरले आजदेखि आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गरेपछि बिरामीको उपचार प्रभावित भएको हो । कर्मचारी समायोजन विधेयकमा आफूलाई अन्याय गरेको भन्दै विधेयक सच्याउन माग गर्दै आएका डाक्टरले आजदेखि आकस्मिक बाहेकका कक्षमा काम बहिस्कार गरेका हुन् ।
सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष दिपेन्द्र पाण्डेले थोरै रहेका सरकारी डाक्टरलाई सेवा सुविधा दिएर सरकारी सेवाप्रति आकर्षित गर्नुको साटो झन् निरुत्साहित पार्न खोजेको भन्दै आन्दोलन गर्नुपरेको बताउनुभयो ।