गण्डकी प्रदेशमा रहेका समाचारहरु

देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिदै

चितवन, ३२ असार – पवित्र तीर्थस्थल देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदी किनारमा शव दाहस्थल निर्माण गर्न लागिएको हो । शहरी विकास मन्त्रालयले विनियोजन गरेको रु १६ करोड ९५ को बजेटबाट शव दाहस्थल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय भरतपुरका प्रमुख कुमार घिमिरेका अनुसार दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको हो । निर्माणकर्ताले...

देशभरिका शान्ति समिती असार मसान्तमा खारेज हुदै

काठमाडौं,३१ असार – द्वन्द्व व्यवस्थापनका लागि भन्दै देशैभरि स्थापना भएका शान्ति समितिका कर्मचारीहरुको म्याद असार मसान्तमा सकिँदैछ । उनीहरुको म्याद थपका लागि सिफारिस गर्नुपर्ने सत्यनिरुपण तथा मेलमिलाप आयोगमा दलीय झगडा चर्किएका कारण समितिका कर्मचारीहरु घर फर्कने स्थितिमा पुगेका छन् । विभिन्न जिल्लाका शान्ति समितिका सचिवहरुले सत्यनिरुपण मेलमिलाप आयोगको कार्यालयमा फोन गरेर सोध्न थालेका छन् ‘हाम्रो म्याद थपिन्छ कि कागजात र कार्यालयका सामान सिडियो कार्यालयमा बुझाएर घरतिर लागौं ? ’ आयोगका पदाधिकारीहरु...

पोखरा महानगरपालिकाका महाशाखा प्रमुख पौडेल मृतावस्थामा भेटिए

तनहुँ, ३० असार । पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव आज बिहान करीब ८ बजेको समयमा तनहुँमा भेटिएको छ । भिमाद नगरपालिका वडा नं ६ स्थित सेतीनदी किनारमा तैरिरहेको अवस्थामा पौडेलको शव भेटिएको हो । असार ९ गते बिहान घरबाट हिँडेका पौडेलले महेन्द्र पुलस्थित सेती नदीमा हाम फालेको प्रहरीले निष्कर्ष निकालेको थियो । हराइरहेका पौडेल २१ दिनपछि मृतावस्थामा भेटिएका हुन् । सेती नदी किनारमा तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीमा खबर गरेको...

टिप्पर दुर्घटनामा आमाबाबुको मृत्युः १२ वर्षीय बालक किरियामा

पोखरा२६,असार – मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा १२ वर्षीय विवश घर्ती मगरका बाबुआमा दुवैको किरीया बसेका छन् । रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङका १२ वर्षीय विवश घर्ती मगरका बाबुआमा दुवैको मृत्यु भएको थियो । अभिभावकको मृत्युपछि पोखराको नयाँबजारस्थित भाडाको कोठामा नै आफन्तको सहयोगमा १२ वर्षीय विवश यतिखेर किरियामा छन् । झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।”विवश...

मुस्ताङ दुर्घटनामा मृत्यु भएका परिवारलाई ५ लाख राहत दिने सरकारको घोषणा

काठमाडौं, असार २५ – सरकारले मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई ५ लाखका दरले राहत उपलब्ध गराउने भएको छ ।गृहमन्त्री रामबहादुर थापाले टिपर दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई राहत स्वरुप ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए। गत शुक्रबार दिउँसो करिब साँढे १ बजेतिर मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटनामा परी सोही सडक खण्ड निर्माण कार्यमा संलग्न २० जना मजदुरहरुको मृत्यु भएको थियो।सोही घटनाबारे सोमबार प्रतिनिधिसभामा...

साउनदेखि टेलिफोन र इन्टरनेटको शुल्क बढ्ने

काठमाडौं,२४ असार – सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गर्दै इन्टरनेट सेवामा पनि शुल्क लगाएपछि फोन तथा इन्टरनेट सेवा महंगिने भएको छ । इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क उपभोक्ताबाट उठाउने भएपछि इन्टरनेट शु्ल्क कम्तीमा १४ प्रतिशत महंगो हुने भएको हो । निजी मोबाइल सेवा प्रदायक एनसेलले साउन १ गतेदेखि फोन र इन्टरनेट सेवा शुल्क समायोजन गर्ने जानकारी गराएको छ । नेपाल टेलिकमले पनि साउनबाट मूल्य समायोजन गर्ने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्...

‘बढी भार र तीव्र गतिले मुस्ताङ दुर्घटना’ : प्रहरी

बागलुङ, २४ असार – बीस जनाको ज्यान जाने गरी मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटना बढी भार र तीव्र गतिका कारण भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । टिपर चालककै मृत्यु भएपछि दुर्घटनाको सबै कारण खुल्न नसकेको मुस्ताङका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । दुर्घटनामा परी बेनी–जोमसोम–कोरला सडक खण्डमा कार्यरत २० मजदूरको मृत्यु भएको थियो भने १२ जना घाइते छन् । “टिपरले ३२ जना मजदूरसहित बालुवा...

मुस्ताङमा टिपर दुर्घटना हुँदा १९ जनाको मृत्यु (नामसहित)

पोखरा, २२ असार । उपल्लो मुस्ताङमा सडकका कामदार बोकेर जाँदै गरेको टिपर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा बेनी कोराला सडकमा काम गर्ने मजदूर चढेको टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो। बा २ क २२१९ नम्बरको टिपरमा मजदूरहरु स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गर्दा टिपर दुर्घटनामा परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए । गम्भीर...

४ नम्बर प्रदेशको नाम गण्डकी घोषणा

नेपालगञ्ज, असार २२ । ४ नम्बर प्रदेशको नाम गण्डकी घोषणा गरिएको छ । प्रदेशसभाको बैठकले यो घोषणा गरेको हो । यस प्रदेशमा रहेका ५९ जना सांसदमध्ये ५४ जना गण्डकी नामको पक्षमा रहे । संसदमा प्रतिनिधित्व गर्ने नयाँशक्ति बाहेक सबै दलका सांसदहरुले गण्डकी नामको पक्षमा मतदान गरे भने नयाँ शक्तिका हरिशरण आचार्य र धनमाया लामाले विपक्षमा मतदान गरेका छन् । नयाँ शक्तिले यस प्रदेशको नाम तमुवान–मगरात वा गण्डकी–तमुवान राख्नुपर्ने माग गर्दै...

मुस्ताङको स्याङ्बोचेमा टिपर दुर्घटना, १५ मजदुरको मृत्यु

नेपालगञ्ज, असार २२ । मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको टिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको टिपर सडकबाट ४० मिटर तल खस्दा ४ महिला र ११ जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुरहरु दुर्घटनामा परेका हुन् । उनीहरु चढेको बा २ क २२१९ नम्बरको...