गण्डकी प्रदेशमा रहेका समाचारहरु
तनहुँ,दमौली, ४ वैशाख । तनहुँ जिल्लामा प्रमुख जिल्ला अधिकारीविहीन भएको ९५ दिनपछि नयाँ प्रमुख जिल्ला अधिकारी सोमबार दमौली आइपुग्नुभएको छ । गृह मन्त्रालयबाट भरतकुमार शर्मा प्रमुख जिल्ला अधिकारीको रुपमा तनहुँ आइपुग्नु भएको छ । उहाँले सोमबारदेखि नै हाजिर गरी कार्यभार सम्हाल्नु भएको हो । तत्कालिन प्रजिअ रितेशकुमार शाक्य गत पुस २८ गते सरुवा भई राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँ गएपछि लामो समयदेखि तनहुँ प्रजिअविहीन हुँदै आएको थियो । प्रजिअविहीन हुँदा जिल्ला प्रशासन...
काठमाण्डौ,२ बैशाख। प्रदेश प्रहरी प्रमुखमा डीआईजी खटाउने सरकारको तयारीपछि एआईजीको संख्या निर्धारण गर्न छलफल सुरु भएको छ । प्रहरी मुख्यालय मातहतको प्रहरी अस्पतालबाहेकका सबै विभागमा डीआईजीले नेतृत्व गरिरहेका छन् । डीआईजी बस्ने कार्यालय ट्राफिक महाशाखा, ट्राफिक निर्देशनालय, त्रिभुवन अन्तराष्ष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा एसएसपीले निमित्त भएर काम गरिरहेका छन् । गृह मन्त्रालयले प्रदेश गृह मन्त्रालयमा सहसचिव पठाउने निर्णयसँगै अतिरिक्तमा परेका एआईजीले अवकाश पाइसकेका छन् । गृहले डीआईजीलाई नै प्रदेश प्रहरी प्रमुख बनाउने गरी...
नेपालगन्ज, २९ चैत । नेपाल पत्रकार महासंघको आगामी वैशाख २२ गते हुने प्रदेश समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको समितिका सदस्य बालकृष्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख २२ गते हुने निर्वाचनका लागि वैशाख ७ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको छ । निर्वाचन कार्यतालिकानुसार वैशाख ५ गते मतदाता नामावली र मतदाता नामावलीमाथि...
नेपालगन्ज,२८ चैत्र । जिल्लामा रहेका शिक्षा कार्यालय खारेज गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ जिल्ला सदरमुकाममा शिक्षा विकास तथा समन्वय एकाई स्थापना गर्ने निर्णय गरेको छ। संविधानअनुसार सदरमुकाममा रहेका कार्यालयका सेवा स्थानीय तहले दिने भएपछि हुने शिक्षालगायतका कार्यालय खारेज भएका हुन्। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले शिक्षा कार्यालय खारेज गर्दै जिल्ला समन्वय एकाई स्थापना गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए। शिक्षा मन्त्रालय, शिक्षा विभाग, क्षेत्रीय शिक्षा निर्देशनालयको मातहतमा रहने...
फलेवास, पर्वत, २८ चैत्र। पर्वतका सबै स्थानीय तहमा विपद् व्यवस्थापन कोष स्थापना गरिने भएको छ । प्राकृतिक विपत्तिका कारण आइपर्ने घटनामा पीडितलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गर्न लागिएको हो । अहिले जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला विपद् व्यवस्थापन समितिमा मात्र यस्तो कोषको व्यवस्था रहेको छ । वर्षायाम नजिकिँदै गर्दा जुनसुकै बेला पनि घट्नसक्ने प्राकृतिक विपत्तिका घटनामा परी पीडित हुने व्यक्ति वा समुदायलाई राहत दिनका लागि सबै स्थानीय तहमा यस्तो...
काठमाण्डौ, २७ चैत्र । नेपालकाे मुक्तिनाथबाट बोकेर ल्याएकाे शालिकराम भारतकाे विहारस्थित भगवान हरिहरनाथ मंदिरका महन्त अाचार्य सुशिलजीलाई हस्तान्तरण गरिएकाेछ । ‘हरिहरनाथ – मुक्तिनाथ सांस्कृतिक यात्रा’बाट फर्कदा ल्याएकाे शालिकरामलाई धर्म जागरण समन्वय समिति नेपालका प्रभारी अनुप सिंह र धर्म जागरण उत्तर विहार भारतका संयोजक डा. अवदेश यादवले सयुक्त रुपमा हरिहरनाथ मंदिरका महन्त अाचार्य सुशिलजीलाई हस्तान्तरण गरेका हुन । भारतकाे बिहारस्थित हरिहरनाथबाट १६ चैत्रमा सुरु भएकाे यसबर्षकाे ‘हरिहरनाथ – मुक्तिनाथ सांस्कृतिक यात्रा’ २४ चैत्रमा समापन...
बुटवल,२१ चैत्र।रूपन्देहीका काठ ब्यवसायी बलु पौडेललाई गोली हानि हत्या गर्ने सुटर सुवास गुरूङलाई प्रहरीले पक्राउ गरेको छ। गुरूङलाई प्रहरीले बुधबार पोखराको रामबजारबाट पक्राउ गरेको रूपन्देही प्रहरी प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए। केही समयअघि प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनको निर्देशनमा गुरूङले काठ ब्यवसायी पौडेललाई गोली हानेका थिए। रुपन्देहीको देबदह ढेकारमा काठको ब्यवसाय गर्दै आएका बसन्त पौडेल (बलु) लाई उनकै मिलमा गएर मोटसाइकलमा आएका गुरूङसहित २ जनाले गत पुस २१ गोली हानि हत्या गरेका...
नेपालगन्ज,२० चैत्र।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ। निगमको बैठकले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २/२ रुपैयाँ बृद्धि गएको हो । मूल्य बृद्धि आज बाट लागू हुनेछ । बृद्धि भएको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलको १०५ पुगेको छ । यस्तै डिजेल र मटितेलको मूल्य लिटरकेा ८५ रुपैयाँ पुगेको छ । ...
पोखरा,१९ चैत्र।मणिपाल शिक्षण अस्पतालमा अस्पतालका आन्दोलनरत कर्मचारी र प्रहरीबीच झडप हुँदा १० जना घाइते भएका छन्। झडप हुँदा सात जना प्रहरी र ३ जना कर्मचारी घाइते भएका छन्। कर्मचारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरी अस्पतालमा तोडफोड गरेको आरोपमा २० आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए। उनले घाइते प्रहरीको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको जानकारी दिए। आन्दोलनकारीको प्रहारबाट अस्पताल दोस्रो तल्लामा रहको सिसा, डिनको कार्यालयमा तोडफोड भएको सिंहले...
बागलुङ, १९ चैत्र। ढोरपाटन शिकार आरक्षमा यो वर्षको दोस्रो शिकार याम चलिरहेको छ । महँगो खर्चमा विदेशी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पर्यटक शिकार गरिरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० नाउर र ६ झारल शिकारको अनुमति दिएको छ । शिकारका लागि पहिलो टोली यही चैत ५ गते आरक्ष पुगेको थियो । आउँदो वैशाख १७ गते अन्तिम टोली शिकार गर्न जाने आरक्ष कार्यालयले जनाएको छ । विदेशी शिकारी सहितको...