पत्रकार महासंघ प्रदेश समितिः निर्वाचन कार्यतालिका सार्वजनिक
प्रकाशित मिति : २०७४, २९ चैत्र बिहीबार १९:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, २९ चैत । नेपाल पत्रकार महासंघको आगामी वैशाख २२ गते हुने प्रदेश समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।
केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको समितिका सदस्य बालकृष्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख २२ गते हुने निर्वाचनका लागि वैशाख ७ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको छ ।
Advertisement
निर्वाचन कार्यतालिकानुसार वैशाख ५ गते मतदाता नामावली र मतदाता नामावलीमाथि दावी विरोध, वैशाख ६ गते मतदाताको अन्तिम नामावली प्रकाशन, ७ गते उम्मेदवारी दर्ता र उम्मेदवारमाथि दावी विरोध गर्न पाइनेछ । वैशाख २२ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान समय राखिएको समिति सदस्य बस्नेतले बताउनुभयो ।
सातै प्रदेशमा एकै दिन छुट्टाछुट्टै स्थानमा महासंघको प्रदेश समितिका लागि निर्वाचन हुँदैछ । प्रदेश समितिमा प्रदेश पार्षदले मतदान गर्नेछन् । महासंघको गत भदौमा केन्द्रीय महाधिवेशनबाट नेतृत्व चयन र जिल्ला शाखाको निर्वाचन सम्पन्न भइसकेको छ ।