गण्डकी प्रदेशमा रहेका समाचारहरु

स्व.खडकाको सम्मानमा पाँच दिन पार्टी कार्यालयहरु बन्द गर्ने निर्णय

नेपालगन्ज, १८ चैत । नेपाली कांग्रेस केन्द्रीय समितिले केन्द्रीय सदस्य खुमबहादुर देउवाको निधन प्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । पार्टीको जारी बैठक खड्काको निधनका कारण स्थगित गरिएको छ भने आज बसेको बिशेष आकस्मिक बैठकले सो शोक प्रस्ताव पारित गरेको हो । बैठकले खड्काको सम्मानमा पाँच दिन पार्टीको कार्यालयहरु बन्द गर्ने निर्णय पनि गरेको छ । निर्णयमा भनिएको छ,’ दिवंगत नेता खुमबहादुर खड्काप्रति उच्च सम्मान प्रकट गर्दै...

दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जीर्ण हुदा जोखिम मोलेर नदी तर्न बाध्य

पर्वत, १८ चैत्र। दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जीर्ण हुँदा यहाँका बासिन्दा जोखिम मोलेर नदी तर्न बाध्य भएका छन्। फलेवास नगरपालिकाको मुडिकुवा र बागलुङको जैमिनी नगरपालिकाको कुश्मीसेरा जोड्ने कालीगण्डकी नदीमाथिको काठेपुल दुई दशक पहिले निर्माण भएकामा मर्मत हुन सकेको छैन । कालीगण्डकी तर्न बनाइएको पुल जीर्ण बन्दै गएपछि स्थानीयवासी जोखिम मोलेरै भए पनि वारपार गर्न बाध्य भएको स्थानीयवासी कृष्णप्रसाद गौडेलले बताउनुभयो । पटक पटक पुल मर्मतका लागि जिल्ला समन्वय समितिलगायत विभिन्न...

क्षयरोगीको स्वास्थ्य परीक्षण गर्न अत्याधुनिक मेशिन जडान

दमौली, तनहुँ, १८ चैत्र। तनहुँ जिल्लामा क्षयरोगीको निःशुल्क स्वास्थ्य परीक्षण गर्न दमौली अस्पतालमा अत्याधुनिक उपकरण जडान गरिएको छ । राष्ट्रिय क्षयरोग केन्द्र काठमाडौँबाट सो उपकरण उपलब्ध भएपछि क्षयरोगीका बिरामीले राहत पाउने भएका छन् । रु ४० लाखको लागतमा क्षयरोग परीक्षण गर्ने जिनेक्सपाट मेशिन जडान गरिएको अस्पतालले जनाएको छ । उक्त उपकरणले क्षयरोगका अति सूक्ष्म जीवाणु पनि परीक्षण गर्न सकिने जिल्ला स्वास्थ्य प्रमुख डा पवनजंग रायमाझीले बताउनुभयो । नेपाल सरकारबाट क्षयरोगको...

पुरुष नहुदा महिलाहरु मलामी जान बाध्य

बेनी, म्याग्दी, १८ चैत्र। म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेली गाउँमा कसैको मृत्यु भयो भने मलामी जानका लागि महिलाको लर्को लाग्ने गरेको छ । गाउँका प्रायः सबै घरका युवा वैदेशिक रोजगारीका लागि विदेश गएपछि मगर र दलित समुदायको बाहुल्यता रहेको बेली गाउँ युवाविहीन छ । गाउँमा रहेका केही पुरुष पनि दैनिक ज्याला मजदुरीका लागि अन्यत्रै हिँडेपछि गाउँमा वृद्धवृद्धा र महिला मात्र रहेका स्थानीय शिक्षक लालबहादुर रोकाले बताउनुभयो । बेली गाउँ यतिबेला शोकमा...

बलात्कारको आरोपमा स्वबियू सभापति गिरफ्तार

पर्वत,१६ चैत्र।एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा पर्वतमा तीन जना पक्राउ परेका छन। बिहिबार राति कुश्मा नगरपालिका ४ छमर्केमा रहेको सेवा होटलमा उनीहरूले युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले कुश्मा नगरपालिका १ पाङ स्थित सहस्रधारा घर भएका, पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी यूनियनका सभापति शिशिर क्षेत्री, कुश्मा नगरपालिका ५ मेलमिलापचोकका सुजल श्रेष्ठ र फलेवास नगरपालिका ६ देविस्थानका सौगात शर्मा पौडेललाई प्रहरीले पक्राउ गरेको हो। बाग्लुङको चैते दशैँ मेला अवलोकन गरेर फर्किँदै गरेका दुई युवती...

प्रदेश सरकार चलाउन ‘महाभारत’

काठमाडौं, १५ चैत । मुलुक सङ्घीयतामा गएपछि प्रदेश सरकार सञ्चालनमा खर्चको व्यवस्थापन मिलाउन सरकारलाई ठूलो सकस भएको छ । प्रदेशका मुख्यमन्त्रीहरूले केन्द्रीय सरकारबाट आवश्यकताबमोजिमको रकम विनियोजन नहुँदा काम गर्न नसकिएको गुनासो गर्न थालेका छन् । अर्थ मन्त्रालयले चुनाव सकिएलगत्तै ७ वटा प्रदेश सञ्चालनका लागि करिब ८० अर्ब खर्च चाहिने विवरण सार्वजनिक गरेको थियो । तर, अहिले सबै प्रदेशमा सरकार गठन भइसकेपछि खर्चको मापन बढेर एक खर्बभन्दा बढी लाग्ने अनुमान अर्थ...

झोलुङ्गे पुल बन्दा आवतजावतमा सहज भयो

नवलपरासी, १४ चैत्र। पूर्वी नवलपरासीको केरुङ्गे खोलामा झोलुङ्गे पुल बनेपछि पहाडी भेगका स्थानीयवासीलाई सदरमुकाम आवतजावतमा सहज भएको छ । हुप्सेकोट गाउँंपालिका र कावासोती नगरपालिका जोड्ने खोलामा चार वर्ष लगाएर पुल निर्माण भएपछि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हटेको छ । प्रशासनिक काम, किनमेल र उपचारका लागि कावासोती आउनुपर्ने पहाडी भेगका स्थानीयवासीले आधा घण्टाको दूरीका लागि वर्षायाममा पहाडी भेगका स्थानीयवासीले डेढ घण्टा खर्चनु पर्ने अवस्था थियो । पुल बनेपछि उच्च शिक्षाका लागि बजार...

मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- असफल हुने छुट छैन !

काठमाडौं ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश प्रदेशबीच प्रतिस्पर्धा हुने गरि काम गर्न मुख्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् । सात वटै प्रदेशका मुख्यमन्त्रीलाई बुधवार सिंहदरवारमा निर्देशन दिदैं प्रधानमन्त्री ओलीले असफल हुने छूट नरहेको बताएका हुन् । ‘प्रदेश प्रदेशको बीचमा प्रतिस्पर्धा हुने गरि काम गर्नुहोस्, असफल हुने छुट छैन’ ओलीले भने, ‘दीगो विकास लक्ष्य पूरा हुने गरि काम गर्नुस् ।’ छलफलमा सातवटै प्रदेशका मुख्यमन्त्री, सरकारका मन्त्रीहरु र सचिवहरु थिए । नवनिर्विाचित...

अबको पालो भनेको मुलुकको विकास र समृद्धि

पर्वत, ७ चैत्र। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अबको पालो भनेको मुलुकको विकास र समृद्धि भएको बताउनुभएको छ । राष्ट्रियसभामा निर्वाचित भएपछि पहिलो पटक गृहजिल्ला आउनुभएका तिमिल्सिनाले जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा मुलुकलाई स्थिरता प्रदान गर्नका लागि पनि अब काम गरेर देखाउनुपर्ने बेला आएको बताउनुभयो । उहाँले पहिले संघीय संरचना र प्रदेशका लागि आवश्यक कानून निर्माण गरेमा सबै तहमा काम गर्न सहज हुने बताउँदै कृषि, पर्यटन, जलस्रोत...

‘हरिहरनाथ-मुक्तिनाथ सांस्कृतिक यात्रा’ चैत्र १६ गतेबाट

काठमाण्डौ, २ चैत्र । नेपाल र भारतका धार्मिकस्थलहरुलाई पर्यटन विकासमा जोडने उद्देश्यका साथ आयोजना गरिएको यो बर्षको ‘हरिहरनाथ -मुक्तिनाथ सांस्कृतिक यात्रा’ आगामी चैत्र १६ गतेबाट सुरु हुने भएको छ । तीर्थयात्राबाट धार्मिक पर्यटनको विकासमा टेवा पुर्याउने उद्धेश्यले भारतको हरिहरनाथबाट २०६८ साल देखि यो यात्रा प्रत्येक बर्ष अयोजना हुदै आएको छ । परापुर्वकालमा भारतको हरिहरनाथदेखि नेपालको मुक्तिनाथसम्म साधुसन्तहरुको निकै आवतजावत हुने गरेको इतिहास छ । परापूर्व कालमा पवित्र गंगा नदीको संगमस्थल भारतस्थित...