गण्डकी प्रदेशमा रहेका समाचारहरु

पाँच दिनदेखि लगातार विद्युत् अवरुद्ध हुँदा धौलागिरि तनाबमा

 पर्वत, २७ फागुन । विगत पाँच दिनदेखि लगातार विद्युत् अवरुद्ध हुँदा धौलागिरिका चार जिल्लाको जनजीवन प्रभावित बनेको छ । जीर्ण बनेको विद्युत् टावर परिवर्तन गर्नका लागि गत बुधबारदेखि दैनिक दश घण्टा लाइन कटौती गर्दा जनजीवन प्रभावित बनेको हो । दैनिक बिहान ८ देखि साँझ ६ बजेसम्म विद्युत् नआउँदा यस क्षेत्रका उद्योग, कलकारखाना, व्यापार–व्यवसाय र सञ्चार माध्यम चौपट बनेका हुन् ।   यस क्षेत्रमा सञ्चालित दुग्धजन्य उद्योग, चाउमिन, दालमोठलगायत एक दर्जनभन्दा बढी उद्योग...

दोस्रो दक्षिण एशियाली योग खेलकुद पोखरामा हुने

 फाल्गुन १६,पोखरा।दोस्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता पोखरामा आयोजना गरिने भएको छ। एशियाली, दक्षिण एशियाली र नेपाल योग खेलकुद संघको संयुक्त आयोजनामा २०७५ साल वैशाख २१, २२ र २३ गते प्रदेश नं ४ को राजधानी पोखरामा दोस्रो योग खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको हो ।   योगलाई खेलकुदसँग जोडेर यसका फाइदाका विषयमा जनचेतना जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको योग खेलकुद संघ नेपालका कोषाध्यक्ष एवम् प्रचारप्रसार समिति संयोजक मणिराज कुँवर ‘योगी शान्तिदूत’...

कार्यशैली, कार्यक्रम र आचरण सुधारे मात्रै कांग्रेसको भविष्य उज्जवल : महामन्त्री कोईराला

लमजुङ ११ फागुन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले नेपाली कांग्रेसको भविष्य उज्जवल रहेको बताएका छन् । लमजुङको उदीपुरमा रहेको जनकल्याण माविको प्रांगणमा विद्यालयका संस्थापक एवम् प्रजातन्त्रका सेनानी स्वर्गीय रोहिणीराज त्रिपाठीको अर्धकदको शालिक अनावरण गर्दै नेता कोईरालाले यस्तो बताएका हुन् । ‘नेपाली कांग्रेसको संगठन कमजोर छ, अब हाम्रो सम्पुर्ण ध्यान संगठन सुदृढीकरणमा केन्द्रीत हुन्छ, कार्यशैली, कार्यक्रम परिवर्तन गरी एकतावद्ध भई अघि बढ्न सके कांग्रेसको भविष्य अझै उज्जवल छ,’ उनले...

मुख्यमन्त्री आइसके,काम गर्ने कर्मचारी भएनन

फाल्गुन ९, काठमाण्डौ।संघीय व्यवस्थाअनुरुप सातै प्रदेशमा गठन भएको सरकारलाई पहिलो गाँसमै ढुंगा बनेको छ, कर्मचारी अभाव। प्रदेश सरकारबाट स्थानीयले थुप्रै आस लिएका छन्। नवनियुक्त मुख्यमन्त्रीहरुले आ-आफ्नो प्रदेश निम्ति विकास कार्यक्रमका खाका पनि घोषणा गर्न थालिसके। कर्मचारी अभावमा ती कार्यक्रम तत्काल कार्यान्वयन हुने अवस्था भने छैन। प्रदेश सरकार निम्ति कर्मचारी खटनपटन गर्ने जिम्मेवारी सामान्य प्रशासन मन्त्रालयको हो। मन्त्रालय प्रवक्ता शिवराम न्यौपानेका अनुसार अहिलेसम्म हजारभन्दा धेरै कर्मचारी प्रदेशमा खटिएर गइसकेका छन्। ‘प्रदेश प्रमुख कार्यालय, मुख्यमन्त्री...

पार्टी एकताको सहमतिपछि मन्त्रिपरिषद् विस्तारको गृहकार्य

काठमाडौं ८ फागुन । नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको औपचारिक सहमतिपछि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्माले मन्त्रिपरिषद् विस्तारको गृहकार्य शुरु गरेका छन् । पार्टी एकताको टुंगो नलागेको भन्दै यसअघि माओवादी सरकारमा सहभागि भएको थिएन । नेकपा एमालेका पोलिटव्युरो सदस्य विष्णु रिमालले यो साताभरीमा मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए । ‘अहिलेसम्म माओवादीको तर्फबाट नाम आएको छैन, मन्त्री बन्नेको नाम आएपछि एक दुई दिनमै मन्त्रिपरिषद् विस्तार हुन्छ’ रिमालले लोकान्तरसँग भने ।...

अब प्रदेशले घरजग्गादेखि मनोरञ्जन करसम्म उठाउन सक्ने

काठमाडौँ, ५ फागुन । करदाताप्रति सम्मानपूर्वक व्यवहार गर्दै कर निर्धारण तथा असुली गर्ने पाउने अधिकार प्रदेश सरकारलाई दिइएको छ । घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन, विज्ञापन र कृषि आयमा कर लगाउनसक्ने अधिकार प्रदेशलाई प्रत्यायोजन गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । नेपालको संविधानको धारा १९७ अनुसार प्रदेशको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा बनेको नमूना विद्येयकमा प्रदेश कर कार्यालयले कर तिर्नुपर्ने व्यक्ति वा करदाताको पहिचान गरी कर दायित्व विवरण खुलाएर...

केहि ब्यक्तिको लोभमा सिंगै प्रहरी सँगठन बदनाम हुँदै

फाल्गुन ५, डिल्ली पाण्डे/काठमाण्डौ।पुस अन्तिम साता महानगरीय प्रहरी वृत्त महाराजगन्जले असई सुमित सिटौलालाई पक्राउ गर्‍यो। लागूऔषध मुद्दामा कारबाही अघि बढाएको सिटौलासँग करिब १ सय ग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ। संघीय प्रहरी इकाई बागमतीमा कार्यरत सिटौला तालिमकै क्रममा प्रहरी एकेडेमी भित्र रहेको बेला पक्राउ परेका हुन्। त्यस लगत्तै महानगरीय अपराध महाशाखाले हवल्दार जनक बोहरालाई चितुवाको छालासहित पक्राउ गर्‍यो। बैतडीका दुई साथीसँग मिलेर चितुवाको छाला बेच्ने क्रममा उनी प्रहरीको फन्दामा परे। जिल्ला...

ओली नेतृत्वको सरकारमा मन्त्री बन्न एमालेका नेताहरुको दौडधूप तीब्र

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्न एमालेका नेताहरुले दौडधूप तीब्र पारेका छन् । बिहीवार शथप लिएका प्रधानमन्त्री ओलीले पहिलो चरणमा लालाबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका छन् । मन्त्रीका लागि आकांक्षी धेरै भएपछि एमालेमा भागवण्डा मिलाउन कठिन परेको छ । अर्थमन्त्रीका लागि धेरै आकांक्षी देखिएका छन् । महासचिव इश्वर पोखरेल देखि उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवालीले अर्थमन्त्रालयमा रुची देखाएका छन् । यस अतिरिक्त पूर्व...

अधिकांश प्रसारणलाइन निर्माणमा समस्या, मारमा ऊर्जा उद्यमी

रमेश लम्साल, काठमाडौं, ५ फागुन । सरकारले विद्युत् प्रवाहलाई सहज बनाउने लक्ष्यका साथ देशभर नै प्रसारण लाइन निर्माणको कामलाई प्रमुख प्राथमिकतामा राखे पनि काम भने कछुवाको गतिमा अगाडि बढेका छन् । कतिपय स्थानमा त प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् खेर गइरहेको छ भने कतिपय स्थानमा समयमा काम सम्पन्न नहुँदा नेपाल विद्युत् प्राधिकरणले हर्जना नै तिर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । प्राधिकरणका अनुसार देशभर हाल ४५ वटा साना ठूला प्रसारण लाइन निर्माणको चरणमा रहेका...

४ नम्बर प्रदेशका मुख्यमन्त्री, सभामुख र मन्त्रीद्वारा शपथ

पोखरा, ४ फागुन । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी र मन्त्री रामशरण बस्नेतले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको पोखरास्थित सरकारी निवासमा प्रदेश प्रमुख बाबुराम कुँवरले उहाँहरूलाई शपथ ग्रहण गराउनुभयो । शपथ ग्रहण समारोहमा प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठ, प्रदेशसभाका सदस्य, प्रतिनिधि एवं राष्ट्रियसभाका सदस्य, राजनीतिक दलका प्रतिनिधि, प्रदेशका प्रमुख सचिव लक्ष्मण अर्यालसहित उच्च सुरक्षा अधिकारी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । दुई...