गण्डकी प्रदेशमा रहेका समाचारहरु
काठमाडौं, ४ फागुन । पहिलो कार्यकालमा सर्वसाधारणलाई उपभोग्य सामानको जोहो गर्नमा समय खर्चिएका प्रधानमन्त्री केपी ओलीले यसपटक राज्य सञ्चालन र अर्थतन्त्रलाई गति दिन पुँजी जुटाउने चुनौती समना गर्नुपर्नेछ । आन्तरिक ऋण उठाएर कर्मचारीको तलब खुवाउनु परिरहेको वर्तमान अवस्थामा उनको प्रधानमन्त्रीको दोस्रो कार्यकाल सुरु भएको छ । मुलुकमा सबैले भनेजस्तो समृद्धिका लागि थप पहल आवश्यक हुनेछ । चालु आर्थिक वर्षमा १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन पाउने बजेटमा व्यवस्था छ । यसको...
फाल्गुन ३,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा ओलीले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । एमाले अध्यक्षसमेत रहेका ओलीलाई बिहीबार नै राष्ट्रपति भण्डारीले संविधानको धारा ७३ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन्। नवनिर्वाचित प्रधानमन्त्री ओलीले जनताका नाममा सपथ लिए । विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुलीलगायत उपस्थित थिए। यसैगरी, पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वसभामुख एवम् विभिन्न प्रदेशका...
फाल्गुन ३,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा घोषणा गर्ने भएका छन् । उनले आज बिहान राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन। मन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार बिहान ९ बजे बस्ने मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । ...
फाल्गुन २,नेपालगन्ज । १४ फेब्रुअरीमा सन्त भ्यालेन्टाइनको सम्झनामा यो दिवस मनाइन्छ । यस दिन कुनै केटा वा केटीले प्रपोज गर्दा इन्कार गर्न सक्दैनन् भन्ने मान्यता पनि छ । भ्यालेन्टाइन्स डेमा प्रेमी–प्रेमिका, पति–पत्नीले एक–अर्कालाई गिफ्ट दिएर प्रेम साट्ने गर्छन् । इ.सं. २६९ को १४ फेब्रुअरीमा सन्त भ्यालेन्टाइनलाई फाँसी दिइएको थियो । भ्यालेन्टाइन रोमका पादरी थिए । उनी पादरी मात्र थिएनन्, प्रेमका पुजारी पनि थिए । त्यसैले उनलाई फाँसी दिइएको दिनलाई प्रेम दिवसका...
नेपालगन्ज, १ फागुन । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी...
पोखरा, २९ माघ । एमाले प्रदेशसभा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गुरुङ आइतबार मात्र दलको नेता चुनिएका थिए । ६० सदस्यीय प्रदेशसभामा एमालेको २७ सांसद छन् । माओवादी केन्द्रको पनि समर्थन भएपछि गुरुङ मुख्यमन्त्री बनेका हुन् । गुरुङले पर्सि मुख्यमन्त्रीको सपथ लिनेछन् । ...
माघ २९,काठमाण्डौ।सामान्य प्रशासन मन्त्रालयले एक साताभित्र सबै प्रदेशमा कर्मचारीको व्यवस्थापन हुने बताएको छ। प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय, प्रदेशसभाको सचिवालय, आन्तरिक मामला मन्त्रालय, आर्थिक योजना मन्त्रालयमा आवश्यक कर्मचारी खटिसकेको र बाँकी कर्मचारी एक हप्ताभित्र खटिने सामान्य प्रशासन मन्त्रालयका सहसचिव शिवराम न्यौपानेले जानकारी दिए। ‘तत्काल कर्मचारी पुग्न ढिला भएको हो। तर एक हप्ताभित्र सबै प्रदेशमा कर्मचारी खटिनेछन्,’ सहसचिव न्यौपानेले भने, ‘कर्मचारीले अटेर गर्न सक्दैनन्। किनकी सरकारले खटाएको ठाउँमा जागिर खान जान्छौं भनेरै...
काठमाडौं, २८ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुले आइतबार बिहान ११ बजे राष्ट्रपति भवन शितल निवासमा पुगेर राष्ट्रपति भण्डारीलाई राष्ट्रियसभा निर्वाचनको परिणाम बुझाएका हुन् । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । बुधबार ५६ सदस्यका लागि भएको राष्ट्रियसभा निर्वाचनको परिणाम बिहीबार सार्वजनिक गरिएको थियो । सो विवरण आयोगले ७ दिनभित्र राष्ट्रपति समक्ष पेश...
माघ २७,पोखरा । प्रदेश नं ४ का सबै मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । सो प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालय स्थापना भइसकेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता झलकराम सुवेदीका अनुसार केही मन्त्रालयमा सचिवले जिम्मेवारी सम्हालिसक्नुभएको छ भने आर्थिक मामिला मन्त्रालयका सचिव विष्णुराज ढकाल,...
माघ २५, नेपालगन्ज । राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ३६ सिट जितेको छ । ५६ सिटमध्ये एमाले २५ सिट र माओवादी केन्द्रले ११ सिट जितेको हो। त्यस्तै, कांग्रेसले १३ सिट जितेको छ । संघीय समाजवादी फोरम र राजपाले दुई–दुई सिट जितेका छन् । मतदान सकिएलगत्तै अपराह्नदेखि मतगणना सुरु भएको थियो । परिणामअनुसार वाम गठबन्धनको वर्चस्व देखिएको छ । बुधबार २ नं प्रदेशबाहेकका ६ वटा प्रदेशहरुमा मतदान भएको थियो । २ नम्बरमा सबै उम्मेदवारहरु...