गण्डकी प्रदेशमा रहेका समाचारहरु
माघ २४, नेपालगन्ज । संविधान जारी भएपछि पहिलोपल्ट बुधबार राष्ट्रियसभाको निर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ वटा प्रदेशका प्रदेशका १२ मतदान केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम छ । प्रदेश २ मा आठै जना सदस्य निर्विरोध निर्वाचित भएकाले ६ वटा प्रदेशमा मात्रै मतदान हुन लागेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्यले आआफ्नो मतदान केन्द्र पुगेर...
माघ २३,म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–१ खानीगाउँमा अचम्मको गुफा फेला परेको छ । बीस मिटर लामो सो गुफामा जनावर, पक्षी, हातहतियार, हिमशृंखला, पहाड, तालतलैया, देवीदेवताका मूर्ति, घर आदिका आकृति रहेका स्थानीयले बताएका छन् ।पहाडको फेदीमा अवस्थित गुफाको अगाडिको भाग एक मिटर अग्लो भए पनि भित्री भाग तीनदेखि चार मिटरसम्मको उचाइमा फैलिएको छ । स्थानीय उदय रोकाले फेला पार्नुभएको गुफाको बारेमा जिल्लाभित्र र अन्य ठाउँमा जानकारी नभएकाले ओझेलमा परेको कुहुँका बासिन्दा...
माघ २३,काठमाण्डौ। नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९८२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७०÷७१ मा एक हजार ७८७, ०७१÷७२ मा दुई हजार चार, ०७२÷७३ मा दुई हजार छ, ०७३÷७४ मा दुई हजार ३८४ र ०७४÷७५ को कात्तिक मसान्तसम्म अर्थात चार महिनामा ८०१ जनाको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी...
नेपालगन्ज, २२ माघ । प्रदेश सभा अधिवेशन अन्तर्गत आज प्रदेश नम्बर १ र ४ को पहिलो अधिवेशन सुरु हुँदैछ। अधिवेशनको पहिलो बैठकको तयारी पूरा भइसकेको छ। पाँच प्रदेशमा यसअघि नै अधिवेशन सुरु भइसकेको छ। प्रदेश १ र ४ दुबैको अधिवेशन बिहान ११ बजेका लागि बोलाइएको छ। स्थायी सभामुख चयन नहुँदासम्म सभाका बैठक ज्येष्ठ सदस्यले सञ्चालन गर्नेछन्। सोमबारदेखि सुरु हुने अधिवेशनले सभामुख चयनको कार्यतालिका पारित गर्नेछ। प्रदेश १ मा माघ २९...
माघ २१,चितवन।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचित भएका छन् । महासंघको चितवनमा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनले आगामी तीनवर्षे कार्यकालको लागि कर्माचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो । महासंघको नयाँ कार्यसमिति चयनको लागि भएको निर्वाचनमा प्रतिस्पर्धी डोलनाथ खनाललाई २७९ मत अन्तरले पछि पार्दै कर्माचार्य अध्यक्षमा निर्वाचित भएका हुन । कुल खसेको १ हजार ७८४ मतमध्ये कर्माचार्यले ९८७ र खनालले ७०८ मत प्राप्त गरेका थिए । अध्यक्षतामा निर्वाचित कर्माचार्य महासंघका निर्वतमान अध्यक्ष तथा...
पोखरा, २१ माघ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वाम गठबन्धनले सर्वसत्तावाद लाद्न खोजे पार्टी चूप लागेर नबस्ने चेतावनी दिएका छन् । कांग्रेसविरुद्ध वाम गठबन्धनले गोयबल्स शैलीमा गलत प्रचार गरिरहेको भन्दै उनले त्यसको प्रतिवाद गर्नुपर्नेमा जोड दिए । आइतबार कास्की कांग्रेसले पार्टी कार्यालयमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिंहले भने, ‘वाम गठबन्धन सरकारले हाम्रो बहुमत छ भनेर संविधान भनेको केहि होइन, बिधान भनेको केही होइन भन्यो भने कांग्रेस चुप लागेर...
माघ २०,नेपालगन्ज।नेपाली काँग्रेसले सातवटै प्रदेशमा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा सहभागी हुन यही माघ २२ गतेभित्रमा आआफ्नो मतदानस्थलमा उपस्थित हुन संबद्ध सबैमा आग्रह गरेको छ । राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते सातवटै प्रदेशमा हुँदैछ । काँग्रेसले स्वदेश तथा विदेशमा जहाँ रहेको भए पनि राष्ट्रियसभा निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभाका सदस्य र स्थानीयतहका नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षलाई अनिवार्य उपस्थित भई पार्टीको आधिकारिक उम्मेदवारलाई मतदान गर्न अनुरोध...
माघ १९, नेपालगन्ज । नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोलमा रु एक तथा डिजेल र मट्टितेलमा रु दुईका दरले मूल्यवृद्धि छ । त्यसैगरी हवाई इन्धनको मूल्य रु पाँचले बढाइएको निगमले जनाएको छ । ...
माघ १६,नेपालगन्ज। राजनीतिक भेटघाटका लागि भारतीय विदेश मन्त्री सुष्मा स्वराज बिहीबार नेपाल आउने भएकी छन्।भारतीय विदेश मन्त्रालय सोमबार साँझ विज्ञप्ति जारी गर्दै स्वराजले फेब्रुअरी १ र २ (माघ १८ र १९) मा नेपालको भ्रमण गर्ने जनाएको छ। मन्त्रालयले स्वराजको भ्रमण दुई देशबीच भइरहने उच्च तहको राजनीतिक भेटघाटको निरन्तरता भएको बताएको छ। स्वराजको भेटघाटमा राजनीति भेटघाट र दुई देशका साझा हितका विषयमा कुरा हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ। स्वराजको नेपाल तय गरेर विदेश...
माघ १६, काठमाडौं । आज माघ १६ गते अर्थात् शहीद दिवस। देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने शहीदकाे सम्मानमा विविध कार्यक्रम गरेर मनाइँदै छ ।यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परपम्परा छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो ।नागरिक स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते...