गण्डकी प्रदेशमा रहेका समाचारहरु

चलचित्र ‘मंगलम’ यही आउ“दो फागुन २५ गतेदेखि

माघ १५,नेपालगन्ज।चलचित्र ‘मंगलम’ यही आउ“दो फागुन २५ गतेदेखि नेपालअधिराज्य भर प्रदर्शनमा आउने भएको छ ।छविराज प्रोडक्सनको व्यानरमा निर्माण भएको मंगलम चलचित्रमा नायिका शिल्पा पोखरेल रहेका छन् भने कार्यकारी निर्माता छविराज ओझाको रहेका छ । मंगलम चलचित्र फागुन २५ गतेदेखि आउने भएपछि चलचित्रका सम्पुर्ण युनिट टिम प्रचारप्रसारमा लागेका छन्। मंगलमले शुभ कार्य गरेको संकेत गर्दै युनिट टिम आज नेपालगन्जमा पत्रकार सम्मेलन गरि चलचित्रको बारेमा जानकारी गराएका छन् । नवल नेपालको निर्देशनमा तयार...

माघ भित्र आय व्यय विवरण बुझाउन राजनीतिक दललाई आयोगको निर्देशन 

माघ १५,काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई माघ मसान्तसम्म पछिल्लो आय र व्ययको विरण बुझाउन निर्देशन दिएको छ । निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सूचनामा माघ मसान्तभित्र सबै राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन बुझाउनुपर्नेछ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा १ मा दलले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो आय र व्ययको लेखापरीक्षण कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट गराई एक महिनाभित्र आयोगमा पेश...

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक

माघ १५,नेपालगन्ज।निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । चार प्रकारका अाठवटा मतपत्र आयोगले सार्वजनिक गरेको हो । स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षका लागि रातो रंगको मतपत्र छ । यसैगरी प्रदेशसभा सांसदका लागि हरियो रंगको मतपत्र छापिएको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षले अलग-अलग मतपत्रबाट दलित, महिला, अल्पसंख्यक वा अपांगता भएका व्यक्ति र अन्य सदस्य चुन्नेछन् । निर्वाचनबाट तीन महिला,...

एमाले ४ माओबादी केन्द्र २ मुख्यमन्त्रीमा सहमति

माघ १४, काठमाडौं । एमाले र माओवादीको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच झण्डै चार घन्टा छलफल भए लगतै कार्यदलले प्रदेशको प्रमुख पद भागवण्डा टुंगो लगएको छ।  स्रोतका अनुसार प्रदेश १, ३, ४ र ५ को मुख्यमन्त्रीएमालेले लिने सहमति भएको छ ।कार्यदलमा चार मुख्यमन्त्री र चार सभामुख एमालेले लिने सहमति भएको छ । माओवादीले दुई...

एमाले उम्मेद्वार बिरुद्द् काँग्रेस उम्मेद्वारको उजूरी

माघ १३, पोखरा । राष्ट्रियसभाको निर्वाचनमा अपांग कोटाबाट उम्मेदवारी दिएका एमाले नेता रामबहादुर थापाविरुद्ध उजुरी परेको छ । स्याङ्जाका थापाविरुद्ध उनीसँगै प्रतिस्पर्धामा रहेका प्रकाश पन्थले उजुरी गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीमा थापाको अपांगता परिचयपत्रमाथि प्रश्न उठाउँदै उम्मेदवारी बदरको माग गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीमा थापाको अपांगता परिचयपत्रमाथि प्रश्न उठाउँदै उम्मेदवारी बदरको माग गरिएको छ । थापाले भने पुरानै परिचयपत्रका आधारमा राज्यका अरु सुविधा लिएको...

सवारी चालक अनुमतिपत्र वितरण स्थानीय तहमा नपुग्ने

माघ १०, काठमाडौं । संघीयता कार्यान्वयनपछि पनि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण स्थानीय तहमा नपुग्ने भएको छ । लाइसेन्ससहित सवारी दर्ता र कर तिर्नेलगायत सेवा प्रवाह पनि प्रदेश सरकार मातहतबाटै हुने भएको छ । अहिले अञ्चलस्तरमा रहेका यातायात कार्यालयहरु संघीयता कार्यान्वयनपछि प्रदेशस्तरमा रहने र सोहीमातहत सेवा प्रवाह गर्न यातायात व्यवस्था विभागले प्रस्ताव गरेको हो । ...

राष्ट्रियसभाका लागि उम्मेदवारी मनोनयन शुरु

काठमाडौं १० माघ । आगामी २४ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन शुरु भएको छ । निर्वाचन आयोगले यसअघि सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार बुधवार बिहान १० बजेदेखि मनोनयन शुरु भएको हो । सातवटै प्रदेशको उच्च अदालत रहेका मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाको सदरमुकाममा रहेका निर्वाचन अधिकृतका कार्यालयमा बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता शुरु भएको आयोगका प्रवक्ता नबराज ढकालले जानकारी दिए...

काँग्रेसले छान्यो राष्ट्रिय सभाका उम्मेदवार

माघ ९, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका १६ उम्मेदवार छनोट गरेको छ । तर, लबिङका बाबजुद प्रधाानमन्त्री पत्नी आरजु देउवाले टिकट पाइनन्। प्रत्येक प्रदेशमा ८/८ (तीन महिला, तीन खुला, एक दलित र एक अपाङ्ग तथा अल्पसंख्यक) सिट हुन्छ । तर, कांग्रेसले चार प्रदेशको ४/४ सिटमा मात्र उम्मेदवारी दिने भएको छ । प्रदेश १, २ र ३ को भने उम्मेदवार छनोट हुन बाँकी छ । कोको भए उम्मेदवार ?  प्रदेश नम्वर ४ सररेन्द्रराज पाण्डे, अन्य...

राष्ट्रियसभा सदस्यका लागि भोलि मनोनयन, उम्मेदवार छान्न दलहरुलाई सकस

काठमाडौं, ९ माघ । आगामी २४ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भोलि उम्मेदवारी मनोनयन हुँदैछ । मनोनयनको अघिल्लो दिन दलहरुले उम्मेदवार छान्ने अन्तिम गृहकार्य गरिरहेका छन् । आकाक्षीहरु धेरै भएका कारण दलहरुलाई उम्मेदवार छान्न सकस परेको छ । नेकपा एमालेले तीनवटा प्रदेशको उम्मेदवार छानिकसकेको छ । मंगलवार बस्ने एमाले स्थायी समिति बैठकले आज उम्मेदवारको अन्तिम टुंगो लगाउने नेताहरुले बताएका छन् । उम्मेदवारको टुंगो लगाउन माओवादी केन्द्रका शीर्ष नेताको बैठक...

दीपक मनाङ्गे शपथ ग्रहण समारोहमा अनुपस्थित

माघ ७, पोखरा । प्रदेश नम्बर ४ को प्रदेशसभा सदस्य दीपक मनाङ्गे शपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् । ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई पाँच वर्षको जेल सजाय गर्ने पुनरावेदन अदालतकको फैसलालार्इ सर्वोच्च अदालतले सदर गरेको थियो । मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट विजयी भएका थिए । एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । पछि एमालेको समर्थनमा विजयी भए । तर, प्रदेशसभा सदस्यको सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएपनि उनको...