गण्डकी प्रदेशमा रहेका समाचारहरु

प्रदेशसभा सदस्यको सपथ आज : कुन प्रदेशको सपथग्रहण कहाँ ?

नेपालगन्ज,  ७ माघ । गत मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न निर्वाचनबाट निर्वाचित ७ वटै प्रदेशका प्रदेशसभा सदस्यको सपथ ग्रहण आइतबार (आज) हुँदैछ ।  सरकारले तोकेको अस्थायी प्रदेश मुकाममा प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण हुन लागेको हो । उनीहरुलाई सम्बन्धित प्रदेश प्रमुखले सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । प्रदेश नं १ का प्रदेशसभा सदस्यको सपथग्रहण प्रादेशिक अस्थायी राजधानी विराटनगरमा हुँदैछ । वीरेन्द्र सभागृहमा बिहान १० बजेदेखि सपथ ग्रहण...

प्रत्येक बर्ष नेपालमा सात हजार क्षयरोगी बिरामीको मृत्यु

माघ ६,नेपालगन्ज। नेपालमा करिब ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्यांक राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ । क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरकोटमा आयोजित दुई दिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगी मध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्कविहीन रहेको केन्द्रका निर्देशक डा केदार नरसिंह केसीले बताए ।उनका अनुसार प्रत्येक दिन १२० जनाको संख्यामा नयाँ क्षयरोगी देखापर्ने गरेका छन् भने क्षयरोगकै कारण नेपालमा वर्षेनी पाँचदेखि सात...

समानुपाति प्रणाली तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचितले पाए प्रमाणपत्र

 माघ ५, काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई शुक्रबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । आयोग प्राङ्गणमा आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उहाँहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् । प्रदेशसभा सदस्यको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा भएको थियो । समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा ४८ पुरुष र १७२ महिला गरी २२० जना निर्वाचित भएका छन् । समानुपातिक निर्वाचन...

नवनियुक्त प्रदेश प्रमुखले आजै सपथ ग्रहण गर्ने

काठमाडौं, ५ माघ– नवनियुक्त प्रदेश प्रमुखको सपथ आज गराउने गरी राष्ट्रपति कार्यालयले तयारी थालेको छ । भोली शनिबार परेकाले आइतबारसम्म कुर्नुभन्दा आज नै प्रदेश प्रमुखको सपथ खुवाउनु राम्रो हुने भन्दै राष्ट्रपति कार्यालयले तयारी थालेको हो । आइतबार प्रदेश प्रमुखले सपथ लिँदा निर्वाचन आयोगले राष्ट्रिय सभाका मतदाताको सूची बनाउन समेत समस्या हुने भएकाले आज नै प्रदेश प्रमुखको सपथ हुन लागेको बताइएको छ । राष्ट्रपति कार्यालयले नवनियुक्त प्रदेश प्रमुखलाई शुक्रबार अपराह्न ४ बजे...

सातै प्रदेशका प्रदेश प्रमुख ताेकिए, प्रदेश ५ मा उमाकान्त झा

३ माघ, काठमाडौं । सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो । प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ भन ५ जना कांग्रेसको सिफारिसमा छन् । प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा...

सरकारले तोक्यो अस्थायी मुकाम: प्रदेश ५ काे रूपन्देही

३ माघ, काठमाडौं । सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । बुधबार दिउँसो बसेको प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा  मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले  जानकारी दिए। जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ । ...

बाम गठबंधनले राष्ट्रिय सभाका ५६ मध्ये ४३ सिटमा उम्मेदवारी दिने

माघ ३,काठमाण्डौ।एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाका ५६ मध्ये ४३ सिटमा उम्मेदवारी दिने भएको छ। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको दुई पार्टीको कार्यदलको बैठकले स्थानीय तहमा आएको मतपरिणामलाई आधार मानेर दुई पार्टीलाई सिट बाँडफाँड गरेको हो। ‘एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेद्वारी दिने टुंगो लगाएका छौं,’ बैठकपछि एमाले नेता सुवास नेम्वाङले भने, ‘बाँकी १३ सिटको उम्मेदवारीका लागि अन्य दलहरुसँग छलफल गर्नेछौं।’ उनले ती अन्य दल को हुन् भन्नेबारे भने...

मन्त्री परिषद् बैठक बस्दै,आज अस्थाई प्रदेश मुकाम तोकिदै

माघ ३,काठमाडौँ ।  मन्त्रिपरिषद बैठक बुधबार बिहान सुरु भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र अस्थायी मुकाम तय गर्न सक्ने अनुमान गरिएको छ । सामान्यतया: दलहरु र मन्त्रीहरुबीच प्रदेश प्रमुख र अस्थायी केन्द्रबारे सहमति भइसकेको स्राेतले जनाएकाे छ। प्रदेश १ मा प्राध्यापक गोविन्द सुब्बाको नाम आएको छ भने प्रदेश ४ मा बाबुराम कुँवर प्रमुख बन्ने त्यसैगरी प्रदेश ६ का लागि कृष्णकेशरी खनालको नाम आएको छ भने प्रदेश ७ मा मोहनराज...

आज बाट राष्ट्र बैंक शनिबार पनि खुल्दै

पुस २९, काठमाडौं । नेपाल राष्ट्र बैंकका देशभरका शाखाहरु अबदेखि शनिबार र महिनाको अन्तिम दिन पनि खुला रहने भएका छन् । यसअघि राष्ट्र बैंकका शाखाहरु शनिबार र बिदाका दिन खुल्ने गरेका थिएनन् । अर्थ मन्त्रालयले गत असोज १ गते शनिबार र महिनाको अन्तिम दिन बैंक खुला राख्न गरेको निर्णय कार्यान्वयन गर्दै राष्ट्र बैंकले देशभरका कार्यालयलाई सर्कुलर गरेको हो ।राष्ट्र बैंकका अनुसार, आजैबाट यो निर्णय कार्यान्वयन हुँदैछ । ...

एसइई परीक्षा यसकारण कठिन बन्दै

काठमाडौँ, २७ पुस ।  आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय नरहने भएपछि माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा निकाल्न कठिन हुने देखिएको छ । कानुनी रूपमा संक्रमणकालीन व्यवस्था नहुँदा यस वर्षको एसइई परीक्षाको नतिजा आउन निकै समय लाग्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । उच्चस्तरीय शिक्षा आयोगको बुधबारको बैठकमा आयोग सदस्य तथा बोर्डका अध्यक्ष पौडेलले अहिले जिल्ला शिक्षा कार्यालयले एसइइको ९५ प्रतिशत काम सकेको बताए । जिशिका नहुने भएपछि यसको...