गण्डकी प्रदेशमा रहेका समाचारहरु

बाँकेमा घरेलु हिंसाका उजुरी बढे

नेपालगञ्ज, पुष २६ । जिल्ला प्रहरी कार्यालय बाँकेमा घरेलु हिंसाका उजुरी दर्ता बढेको छ । पारिवारिक विवाद, असमझदारी र घरेलु हिंसामा उजुरी दर्ता हुने सिलसिला बढ्ने क्रममा रहेको कार्यालयका प्रहरी सहायक निरिक्षक श्याम कुमारी मगरले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बाँकेमा आर्थिक वर्ष २०७२÷०७३ मा ३२८, २०७३÷०७४ मा ३९७ र पछिल्लो आर्थिक वर्षको ५ महिनामै १२६ वटा महिला सम्बन्धि उजुरी दर्ता भएको छ । त्यस्तै, महिला तथा बालबालिका हराएको विषयमा उजुरीको...

रहस्यमय मृत्यु भएका दुई मजदूरको सनाखत

पोखरा, १९ पुस : पोखरा–लेखनाथ महानगरपालिका–१८, सराङकोटमा निर्माणाधीन माउन्टेन रिसोर्ट एण्ड स्पा होटलको काममा कार्यरत रहस्यमय ढंगबाट मृत्यु भएका दुई मजदूरको चार दिनपछि सनाखत भएको छ । मृतकका आफन्त पोखरा आएपछि उनीहरुको सनाखत भएको हो । मृत्यु हुनेमा भोजपुर जिल्लाको षडानन्द नगरपालिकाका १५ वर्षीय निमाछीरी शेर्पा र ३८ वर्षीय आङलाक्पा शेर्पा भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । सख्त घाइते २७ वर्षीय आङदाना शेर्पाको भने मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको...

समानुपातिक सूची सच्याउन ६ पार्टीलाई पत्राचार

काठमाडौं, १८ पुस । निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको सूची सच्याउन ६ राजनीतिक दलहरुलाई पत्राचार गरेको छ । नेपाली कांग्रेस, राजपा, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई मंगलबार पत्राचार गरिएको हो । आयोगका अनुसार अन्य दलहरुको सूचीमा भने समस्या छैन । आयोग प्रवक्ता दिनेश घिमिरेका अनुसार २० गतेभित्र दलहरुले सच्याएर सूची बुझाइसक्नुपर्ने छ । ‘क्रमभंग भएको, समावेसी नभएको, महिला हुनुपर्नेमा पुरुष भएको लगायतका समस्या देखिएकाले संशोधित सूची...

समानुपातिक सूचि पठाउदा संस्थापनले एकलौटि गरेको भन्दै पौडेल समुह रुष्ठ

पुस १५,काठमाडौं। नेपाली काँग्रेसले प्रदेश सभाको लागि समानुपातिक तर्फबाट सांसद बनाउने नाम निर्वाचन आयोगलाई पठाएको छ। निर्वाचन आयोगमा दिउँसो नै पार्टीको तर्फबाट पत्र दर्ता भएको थियो। नाम भने राती मात्र पार्टीले बुझाउन सकेको हो।  L नेपाली काँग्रेसको कार्यसम्पादन समितिको विहानैदेखि रातीसम्म भएको वैठकले नामहरुको टुङगो लगाएको हो। प्रदेश १ देखि ७ सम्मबाट काँग्रेसले ७२ जनाको नाम निर्वाचन आयोगलाई पठाएको हो। जसअनुसार प्रदेश नम्वर १ बाट १३ जना, २ बाट ११ जना, ३ बाट १४ जना, ४...

काँग्रेसले प्रदेश सभा समानुपातिक तर्फको सूची बूझायो (नामसहित)

काठमाडौं, १४ पुस । नेपाली कांग्रेसले समानुपातिक प्रदेशसभा सांसदको बन्नेको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फ ७२ सिटका लागि सबै प्रदेशबाट सांसद बन्नेको सूची तयार गरेको हो । कांग्रेसले तयार पारेकासूची निर्वाचन आयोगलाई बुझाएको कांग्रेस स्रोतले जानकारी दिए । प्रदेश १ १३ प्रतापप्रकाश हाङमाङ विद्यानन्द चौधरी चन्द्रप्रसाद श्रेष्ठ लीला सुब्बा ज्योति सुब्बा शरदचन्द्र थापा लोकप्रसाद संग्रौला सीतादेवी पौडेल विन्दिया कार्की नवोदिताकुमारी चौधरी टेकचन्द्र विश्वास ओम सरावगी अनिताकुमारी साबू प्रदेश नम्बर २ ११ शिवचन्द्र चौधरी (धनुषा) ओमप्रकाश शर्मा (पर्सा) सरस्वती चौधरी (धनुषा) गीताकुमारी यादव...

प्रदेश सभा समानुपातिकमा एमालेले टुङ्गो लगायो

पुस १४,काठमाडौँ ।एमालेले प्रदेशसभामा समानुपातिकतर्फका आफ्ना सांसदको नाम तय गरेको छ । निर्वाचन आयोगमा यसअघि नै पठाइएको सबै समूहको सूचीक्रमअनुसारै नाम चयन गरिएको पार्टीले जनाएको छ । एमालेले सबै प्रदेशमा गरी समानुपातिकबाट ७५ सांसद पाएकोमा ४ मात्रै पुरुष परेका छन् । ३३ प्रतिशत महिला पुर्‍याउनुपर्ने बाध्यताका कारण ७५ मध्ये ७१ महिला पठाउनुपरेको हो । प्रदेश २ र ४ मा मात्र २/२ जना पुरुष परेका छन् ।  नयाँ सरकार गठनमा अवरोध खडा गरेको र समानुपातिक...

प्रदेश र स्थानीय तहका सेवा सञ्चालन गर्न १० खर्ब आवश्यक

पुस १२,गोकर्ण अवस्थी, कृष्ण आचार्य/काठमाडौँ : राजस्व र आन्तरिक ऋणले धान्न नसकेपछि सरकारले खर्च जुटाउन संघीयता कार्यान्वयनका लागि भन्दै दातृ निकायसँग सहयोग माग्ने भएको छ । चालु खर्च र संघीयता कार्यान्वयनका लागि अनुमानभन्दा धेरै रकम आवश्यक परेपछि स्रोत जुटाउन दातासँग सहयोग माग्न लागिएको हो । अर्थ मन्त्रालयका अनुसार प्रदेश र स्थानीय तहको पूर्वाधार एवं चालु खर्चका लागि स्रोतको दबाब परेपछि दातृ निकायसँग सहयोगका लागि छलफल थालिएको छ । ‘विश्व बैंकले अन्य दातृ निकायसँग...

सातै प्रदेशमा कूटनीतिक उपस्थिति हुने विषयमा परराष्ट्रको बहस सुरु

पुस १२, चन्द्रशेखर अधिकारी/काठमाडौँ : प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि सातै प्रदेशमा कूटनीतिक उपस्थिति हुने कि नहुने भन्ने विषयमा परराष्ट्र मन्त्रालयले बहस सुरु गरेको छ । यसअघि सातै प्रदेशमा सहसचिव राख्ने सुझाव आएका आधारमा परराष्ट्रले यस विषयलाई पुन: बहसमा ल्याएको हो ।सातै प्रदेशमा सहसचिवको उपस्थिति अव्यावहारिक र संविधानविपरीत रहेको भए पनि केही विकसित मुलुकको अभ्यास तुलना गर्दै पुन: ब्युँताउन खोजिएको हो । ‘प्रभावकारी कूटनीतिका लागि’ भन्दै परराष्ट्रले सोमबार पूर्वराजदूतहरूसँग गरेको छलफलमा सहसचिवस्तरका कूटनीतिक कर्मचारी...

आयोगद्वारा प्रदेश सभा समानुपातिक सिट सार्बजनिक

पुस ७,काठमाडौँ ।निर्वाचन आयोगले प्रदेशसभा समानुपातिक निर्वाचनतर्फ दलहरुले प्राप्त गरेको प्रदेशअनुसार सिट बाँडफाँड गरेको छ । आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा शुक्रबार पत्रकार सम्मेलन गर्दै दलहरुले प्राप्त गरेको मतको आधारमा सिट वितरण गरेको हो। जसअनुसार नेकपा एमालेले ७५, नेपाली कांग्रेस ७२, माओ‌वादी केन्द्र ३५, संघीय समाजवादी फोरम १३, राष्ट्रिय जनता पार्टी १२ सिट पाएका छन्। यसैगरी राप्रपा र विवेकशील साझा पार्टी ३/३, जनमोर्चाले २ र नयाँ शक्तिले १ सिट पाएका निर्वाचन आयोगले...

समानुपातिकतर्फको सिट संख्या सार्वजनिक हुँदै, कुन दलको कति सिट ?

काठमाडौँ, ७ पुस । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको दलहरुले प्राप्त गर्ने सिट संख्या आज सार्वजनिक गर्ने भएको छ । आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत बेगेन्द्रराज शर्मा पौड्यालले राजनीतिक दलले प्राप्त गर्ने कुल सिट संख्या र समावेशी आधारमा प्राप्त गर्ने सिटको बाडँफाँड, दलले प्राप्त गर्नुपर्ने न्यूनतम मत सीमा (थ्रेसहोल्ड) निर्धारण गर्ने लगायतको काम पूरा भएकाले आज नतिजा सार्वजनिक गर्ने जानकारी दिए । प्रदेश नं १ देखि...