गण्डकी प्रदेशमा रहेका समाचारहरु
नारायण काफ्ले, नेपालगन्ज । सङ्घीयताको संवैधानिक व्यवस्थासँगै केन्द्रीकृत आयोजना र दायित्व स्थानीय तहमा सरे पनि वित्तीय अधिकारमा भने अझै केन्द्र नै बलियो हुने गरी सरकारले वित्तीय हस्तान्तरण विधेयक तयार पारेको छ । सरकारले संसद्मा दर्ता गरेको अन्तरसरकारी वित्त व्यवस्थापन विधेयकअनुसार प्राकृतिक स्रोत बापतको रोयल्टी स्थानीय तहले पाँच प्रतिशतमात्र पाउनेछन् । पहिलोपटक स्थानीय तहले मूल्य अभिवृद्धि कर (भ्याट) तथा अन्तःशुल्कको रकम पाउन लागे पनि यसको हिस्सा भने निकै न्यून छ । विधेयकअनुसार...
म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ स्थित बेगखोलामा अस्थायी मोटरेबल पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले छ मिटर लामो अस्थायी पुल निर्माण गरेको हो । गत भदौमा आएको बाढीले बेगखोलामा रहेको बेलीब्रिज र झोलुङ्गे पुल बगाएको थियो । अस्थायी पुल निर्माण भएपछि बेनी जोमसोम सडकमा बर्खायाममा पनि सिधा सवारी सञ्चालन गर्न सकिने आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । पुलमा एकतर्फ रुपमा सवारी आवतजावत गर्न सक्नेछन् । बर्खायाममा...
लमजुङ। लमजुङमा स्थानीय तह निर्वाचनका उम्मेदवारले चुनावी खर्च बुझाउन सकेका छैनन् । खर्च विवरण बुझाउन निर्वाचन कार्यालयले दिएको समय सकिँदा पनि उम्मेदवारले खर्च विवरण बुझाउन नसकेका हुन् । जिल्ला निर्वाचन कार्यालयकाअनुसार हालसम्म तिनजना उम्मेदवारले मात्र अपूरो चुनावी खर्च विवरण बुझाएका छन् । नेपाली काँग्रेसका दुई र स्वतन्त्रका एक गरी तिनजना उम्मेदवारले मात्र बिल भरपाई बिनाको चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । “निर्वाचन सकिएको एक...
गोरखा । ‘गोरखा भूकम्प’ ले क्षति पु¥याएका गोरखाका विभिन्न १२ वटा स्वास्थ्य चौकी भवन पुनःनिर्माण गर्ने अनुमति लिएको युनिसेफले जिम्मेवारी लिएअनुसार तोकिएको समयभित्र स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरेको छैन । युनिसेफले दर्बुङ स्वास्थ्य चौकी भवन मात्रै पुनःनिर्माण गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गुम्दाको माछाखोला, गुम्दा गाउँ, बारपाक, लाप्राक, छोप्राक, आरुपोखरी, फुजेल, गोरखा नगरपालिकाअन्तर्गत तारानगर, बक्राङ, देउराली र नाम्जुङ स्वास्थ्य चौकी पुनःनिर्माण गर्ने जिम्मा लिएको युनिसेफले भूकम्प गएको डेढ...
तनहुँ। गत जेठ २४ गते खुकुरी प्रहार गरी फरार रहेका शुक्लागण्डकी नगरपालिका– ५ का ३३ वर्षीय ईश्वर श्रेष्ठलाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बेलचौतराको संयुक्त टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठलाई शुक्लागण्डकी– ४ दुलेगौडाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो । श्रेष्ठ व्यास नगरपालिका– १ का ३३ वर्षीय सन्तोष दरै र सोही नगरपालिका– २ का २४ वर्षीय सुरज कायस्थलाई म्याग्दे...
पोखरा । नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुले आपूm निर्वाचित भएका स्थानीय तहमा खानेपानी र विद्युत् लाइन विस्तार तथा सडक निर्माण नै जनचाहनाअनुरुप आपूmहरुको पहिलो प्राथमिकतामा परेको बताउनुभएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले पोखरामा आयोजना गरेको स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आउनुभएका प्रदेश नं ४ बाट निर्वाचित जनप्रतिनिधिले जनताका आकाङ्क्षा धेरै रहेकाले सीमित स्रोत र...
बागलुङ । अवैध लागुऔषधसहित भारतीय नागरिक दीपेन्द्र हरिजन पक्राउ परेका छन् । भारतको महाराजगन्च, झिम्टी गाउँका १८ वर्षीय हरिजनलाई बागलुङ नगरपालिका–१ रामरेखाबाट प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध फेनार्गन, नुर्फिन, डाइजपाम सय–सय एम्पुल र नाइट्राजेपाम दुई पत्ता बरामद गरिएको प्रहरीले जनाएको छ । हरिजनलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रनाउ अनिलकुमार खड्काले जानकारी दिनुभयो । हरिजन भारतबाट लागुऔषध ल्याई बागलुङ आसपासका क्षेत्रमा बेच्ने कार्यमा...
पर्वत। विसं २०४६ को जनआन्दोलनमा परेर आफ्नो दाहिने खुट्टा गुमाएका घाइते सरकारबाट उचित सहयोग नपाएपछि वर्षौंदेखि सहयोग माग्दै हिँड्न बाध्य हुनुभएको छ । रुकुमको सोलावाङका ४८ वर्षीया तारा खड्का हातमुख जोड्नकै लागि भिख माग्न बाध्य हुनुभएको छ । आन्दोलनका क्रममा काठमाडौँ नारायणहिटी दरबारअगाडि राजा महेन्द्रको सालिक भत्काउन खोज्दा उहाँलाई प्रहरीको गोली लागेको थियो । उहाँ सँगैका आठ व्यक्तिले गोली लागेपछि ज्यान गुमाएका थिए । खड्काको दाहिने गोडामा तीन गोली लागेको थियो...
म्याग्दी । ग्रामीण क्षेत्रमा सडक सुविधाको पहुँच विस्तारसँगै ऐतिहासिक महत्वका पाटीपौवाको अस्तित्व सङ्कटमा परेको छ । सडक र होटल सुविधा नभएको समयमा बटुवा र तीर्थयात्रीका लागि म्याग्दीका विभिन्न ठाउँमा निर्माण गरिएका पाटीपौवा संरक्षणको अभावमा सङ्कटमा परेका हुन् । जिल्लाका विभिन्न ठाउँमा रहेका सयवटाभन्दा बढी यस्ता पाटीपौवाको अस्तित्व संरक्षण र उपभोगको अभावमा सङ्कटमा परेको विगत ८ वर्षदेखि जिल्लाका धार्मिकस्थलमा जाने घोडेटो बाटो र बाटोमा पाटीपौवा निर्माण गर्दै आउनुभएका दरबाङका बमबहादुर शेरपुञ्जाले...
बागलुङ। घर छेउमै सडक आएपछि ७९ वर्षीय देवीदत्त पौडेल दङ्ग हुनुहुन्छ । जैमिनी नगरपालिका–५ बिनामारेका पौडेलले भन्नुभयो “नचिताएको ठाउँमा बाटो आयो ।” राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरसँग बिनामारे जोडिएपछि स्थानीय बासिन्दा औधी खुसी छन् । यातायात सुविधा लिन डेढ–दुई घन्टाको पैदलयात्रा गर्नुपर्ने बाध्यताबाट गाउँलेले मुक्ति पाएका छन् । सदरमुकाम बागलुङ बजार आउन छिमेकी पर्वत जिल्ला हुँदै यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । गाउँमा सडक आउने बिनामारेवासीको आशा वर्षौंपछि आएर बल्ल...