गण्डकी प्रदेशमा रहेका समाचारहरु
पर्वत । फलेवास नगरपालिका–१ कार्कीनेटाको रातामाटादेखि कार्कीनेटा बजारसम्मको पदमार्ग निर्माण सुरु भएको छ । धौलागिरि अञ्चलको पुरानो प्रवेशद्वारका रुपमा रहेको कार्कीनेटामा आन्तरिक तथा बाह्य पर्यटकलाई हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्यले पदमार्ग निर्माण गर्न लागिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु १० लाखको सहयोगमा निर्माण हुन लागेको पदमार्गको शुक्रबार फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले शिलान्यास गर्दै स्थानीय अवसर र सम्भावनाको पहिचान गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो...
बागलुङ । जैमिनी नगरपालिका–९ पैंयुथन्थापमा भएको स्त्रीरोगसम्बन्धी बहृत् निःशुल्क स्वास्थ्य शिविरबाट चार सय ५७ जना महिलाले लाभ लिएका छन् । दुईदिने शिविरमा पाठेघरको जटिल समस्यादेखि सामान्य स्त्रीरोगका बिरामीले जाँच र उपचार सेवा पाएका हुन् । ग्रामीण भेगका महिलालाई लक्ष्य गरी गैरआवासीय नेपाली सङ्घ हङकङ र पैंयुथन्थाप स्वास्थ्यचौकी मिलेर शिविर चलाएका हुन् । जाँच गराएकामध्ये सात महिलाको पाठेघरको शल्यक्रिया गरिएको स्वास्थ्यचौकीका प्रमुख कुष्मराज सुवेदीले जानकारी दिनुभयो । समस्याको निदान शिविरमै भए पनि...
पोखरा । पर्यटकीय नगरी पोखरालाई विश्वव्यापीरुपमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अन्नपूर्ण हिमालको आरोहण दिवस भोलि विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई लिइने र सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मोरिस हर्जोेगले सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो । अन्नपूर्ण हिमाल आरोहण गर्न आएको टोलीको चहलपहलसँगै पोखराको पर्यटकीय विकासको यात्रा सुरु भएका कारण पनि यसको आरोहण...
पोखरा । अव्यवस्थित सडकका कारण पर्यटकीय नगरी पोखरा पुग्न विदेशी पर्यटकले विभिन्न किसिमका समस्या झेल्नु परेको भारतीय पत्रकारले बताएका छन् । प्रेस क्लब अफ इन्डियाका अध्यक्ष गौतम लहिरीसहित पोखरा आइपुगेको नौ सदस्यीय पत्रकारको टोलीले पश्चिमाञ्चल होटल सङ्घ पोखराद्वारा बुधबार आयोजित अन्तरक्रियामा अव्यवस्थित सडकका कारण पर्यटकमा नकारात्मक प्रभाव पर्नसक्ने हुँदा त्यसतर्फ बेलैमा सम्बन्धित निकायको ध्यान पुग्नु आवश्यक भएको बताउनुभयो । नेपालको दक्षिणी सीमाबाट नेपाल प्रवेश गर्ने भारतीयलगायत अन्य देशका पर्यटकले साँघुरा, भत्किएका...
पोखरा । नेपालको संविधान २०७२ ले व्यवस्था गरेअनुसार स्थानीय तहलाई प्रदान गरिएका अधिकारको उपयोगको विषय यतिखेर सबैको चासो र चर्चाको विषय बनेको छ । सरकारले घोषणा गरेअनुसार देशमा स्थानीय तहको निर्वाचन अन्तर्गत पहिलोचरणको निर्वाचनको अधिकांश स्थानको मतपरिणाम घोषणा भई नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरिसकेका छन् । निर्वाचन आयोग पहिलोचरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरी दोस्रोचरणको निर्वाचनको तयारीमा जुटेको छ । पहिलोचरणको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले नयाँ व्यवस्थाअनुसारको स्थानीय तहका अधिकारको उपयोगलाई अव कार्यान्वयनमा...
पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी निर्वाचित भएका छन् ।गत बैशाख ३१ गते भएको स्थानिय तहको नर्वाचन अन्तर्गत भएको निर्वाचनमा नेपाली कांग्रेसका रामजी कुँवरलाई १३ हजार ७ सय २ मतको अन्तरले हराउँदै जिसी मेयरमा निर्वाचित भएका हुन् । मेयरमा निर्वाचित जिसीले ६० हजार ११८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गरे । संघीय समाजवादी फोरम नेपाल र...
म्याग्दी । म्याग्दीको उच्च हिमाली तथा पहाडी क्षेत्रमा लोपोन्मुख अवस्थामा रहेका हिमाली जटायु (गिद्ध) देखिन थालेका छन् । विषादीयुक्त आहारा, बढ्दो तापक्रमको प्रभाव र बासस्थानको अभावका कारण विश्वबाट नै लोप हुने अवस्थामा रहेको हिमाली जटायु म्याग्दीलाई डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा गरिएपछि उच्च भेगमा फाट्टफुट्ट देखिन थालेका स्थानीयवासीले बताएका छन् । चिमखोला, मुदी र लुलाङमा हिमाली जटायु देखिएका चिमखोलाका धु्रव पाइजाले जानकारी दिनुभयो । लोपोन्मुख जटायु संरक्षण गर्न म्याग्दीलाई पशु उपचारमा प्रयोग गरिने...
पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका वडा नं १२, १३ र १५ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । महानगरपालिका वडा नं १२ का अध्यक्षमा नेपाली काँग्रेसका कार्की एक हजार ४६ मतसहित विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का ऋषिराम लामिछानेले आठ सय २९ मत प्राप्त गर्नुभयो । वडाका महिला सदस्यमा काँग्रेसकी सीतादेवी बास्तोला, दलित महिला सदस्यमा एमालेकी विष्णु विश्वकर्मा तथा खुला सदस्यद्वयमा एमालेका निर्मलबहादुर थापा र देशभक्त केसी...
नेपालगन्ज । स्थानीय निर्वाचनको मतपरिणामा आइरहँदा एमालेलाई उछिनेर कांग्रेस उकालो लागेको छ । हाल सम्म २३ वटा स्थानीय तहको नतिजा प्राप्त भएकोमा एमालेको सुरुवाती अग्रतालाई रोक्दै कांग्रेस उकालो लागेको हो । हाल सम्म कांग्रेसले ९ वटा तहमा आफ्नो जित सुनिश्चित गरिसकेको छ भने पछि पछि रहेको एमालेले ७ ठाउँमा विजय हाँसिल गरेको छ । माओबादी केन्द्रले ६ ठाउँमा जितेको छ । एउटा गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारले समेत जितेका छन् । मंगलवार...
म्याग्दी:मंगलबार बिहान ६ बजेसम्म सार्वजनिक मतपरिणमअनुसार म्याग्दीको बेनी नगरपालिका समेत ७ वडामा एमाले विजयी भएको छ। कांग्रेसले दुई र माओवादी केन्द्रले दुई गाउँपालिकाका प्रमुख हात पारेका छन् । एमालेले बेनी नगरको १ र २, अन्नपूर्ण गापा १ र ३, मंगला गापा १, मालिका गापा, २ र धौलागिरि गापा २ वडामा प्यानलनै विजयी भएको छ। कांग्रेसले मालिका गापा १ र रघुगंगा गापा १ वडामा प्यानल जितेको छ । माओवादी केन्द्रले धौलागिरि...