गण्डकी प्रदेशमा रहेका समाचारहरु

बिजुली उद्धारका लागि प्राधिकरणका चार सञ्चालक चार क्षेत्रमा

नेपालगन्ज । नेपाल विद्युत प्राधिकरणले अविरलको बर्षा र बाढीका कारण क्षतिग्रस्त बनेको सिष्टम पुनः सञ्चालनका लागि मुलुकका चार स्थानमा सञ्चालक नेतृत्वको टोली खटाएको छ। पुर्वाञ्चलमा चेतराज जोशी, मध्यमाञ्चलमा उमेशप्रसाद थानी, पश्चिमाञ्चलमा चन्द्र टण्डन एवं मध्य र सूदुर पश्चिममा भक्तबहादुर पुन संयोगक रहेको टोली खटाइएको हो। उनीहरुले क्षतिको अवस्था आँकलन गरि तत्काल उद्धारको उपाय सुझाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। त्यस बाहेक विपदका बेला प्राधिकरणका संरचना भत्कँदा आउने क्षति न्यूनिकरणको...

खोलामा पुल नहुँदा मनाङबासीलाई सास्ती

मनाङ:नेस्याङ गाउँपालिकाको पिसाङ खोलामा पुल नहुँदा सवारीसाधन आवात जावतमा मनाङबासीले सधैँ सास्ती भोग्नु परेको छ । हिउँदको बेलामा खोला घटेर बाटो सहज भए तापनि बर्खामा खोलामा भेल आउने हँुदा सवारीसाधन ओहोर दोहोर गर्न बाधा पुग्नेगरेको छ। मनाङको बाटो आफँैमा कठिन छ, त्यसमा पनि ठाउँ ठाउँमा भएका खहरे खोलामा पक्की पुल नहुनु र भएका काठका पुल पनि बगाउने समस्याले वर्षैपिच्छे यस्तो सास्ती झेल्नु परेको छ । हिउँदमा बढी चिसो हुने हुँदा...

तेह्रौँ सागका पाँचभन्दा बढी खेल पोेखरामा हुँदै

वासुदेव पौडेल, पोखरा । नेपालमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको तयारी भइरहँदा पर्यटकीय नगरी पोखरामा पाँच भन्दा बढी खेल हुने विषयले यतिखेर यहाँ चासो चर्चा बढाएको छ । अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक गन्तव्य वन्दै गएको पोखरामा पहिलोपटक हुने क्षेत्रीयस्तरको साग प्रतियोगितालाई विशेष महत्वको कार्यक्रमका रुपमा पनि लिइएको छ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले गत मंगलबार पोखरा रंगशालाको स्थलगत निरीक्षण गरेर पूर्वाधार तयार गरिसक्न निर्देशनसमेत दिनुभएको थियो । आगामी सागमा पोखरामा पाँचभन्दा...

‘मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रको निर्वाचन’

पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रका निर्वाचन सम्पन्न गर्ने गरी दलबीच छलफल सुरु भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले आफूहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रमुखबाट मात्र राजनीतिक स्थिरता, समृद्धि र विकास सम्भव भएको कुरा सुरुदेखि नै उठाउँदै आएको उल्लेख गर्नुभयो । भरतपुरको निर्वाचनका सम्बन्धमा पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले नेकपा(एमाले)का...

ट्याक्सी पुरियो, लोकमार्ग अवरुद्ध

बागलुङ । जिल्लाको गलकोट नगरपालिका–११ रिघा, काउचेमा मध्यपहाडी पुष्पलाल लोकमार्ग माथिबाट पहिरो खस्दा ट्याक्सी चालक घाइते भएका छन् । मंगलबार साँझ गलकोटदेखि मनेवा जाँदै गरेको ध १ ज ६५७ नं को ट्याक्सी पहिरोमा पर्दा चालक थम्मन परियार घाइते भएका हुन् । चालक परियारमात्र सवार ट्याक्सी गुडिरहेकै अवस्थामा पहिरो खसेको प्रहरीले जनाएको छ । घाइते अवस्थामा ट्याक्सीको सिसा फोरेर परियार भाग्न सफल भएको खरबाङ्ग प्रहरी चौकीका हवल्दार कमल भट्टराईले बताउनुभयो । “चालकको टाउको,...

स्वाइन फ्लूबाट स्याङजामा एकजनाको मृत्यु, सचेत रहन चिकित्सकको सुझाव

स्वाइन फ्लूका कारण स्याङ्जाको वालिङका एकजनाको मृत्यु भएको पुष्टि भएको छ । उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल काठमाडौँमा गत सोमबार स्याङ्जाको वालिङ–१४ का ४९ वर्षीय खुमप्रकाश अर्यालको मृत्यु भएको हो । ‘अर्यालको मृत्यु स्वाइन फ्लूका कारण भएको पुष्टि सरुवा रोग नियन्त्रण महाशाखाबाट हामीलाई प्राप्त भएको छ’, वालिङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन तथा सञ्चालक समितिका संयोजक दिलीपप्रताप खाँणले भने, ‘वालिङ तथा आसपासका क्षेत्रमा स्वाइन फ्लूको प्रकोप हुन सक्ने भएकाले सचेत भएर...

बेपत्ता महिलाको शव फेला

पोखरा: सेतीनदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ । पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित पशुपति घाटबाट बेपत्ता भएकी दाङ जिल्लाको बणगलाचुली गाउँपालिका–३ पाखापानी बस्ने १८ वर्षीया संगीता नेपालीको शव तनहुँ जिल्लाको रिसिङ गाउँपालिका–१ हुक्सेखोलास्थित सेतीनदीको किनारामा भेटिएको हो । बुधबार साँझ भेटिएको शव मृतकको सानीआमा सुमित्रा नेपालीले सनाखत गरी परीक्षणका लागि जिल्ला अस्पताल तनहुँमा पठाइएको क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ । सोमबार साँझ नुहाउने क्रममा...

सेती नदीमा आएको बाढीले बगाउँदा ३ जना बेपत्ता

पोखरा :सेती नदीमा नुहाउने क्रममा आएको बाढीले बगाउँदा ३ जना बेपत्ता भएका छन् । सोमबार दिउँसोकै घटना भएपनि प्रहरीले भने साँझमात्र थाहा पाएको थियो । पोखरा-लेखनाथ महानगरपालिका-३३ पशुपतीघाटमा नुहाउने क्रममा बगेर सोमबार २ युवतीसहित ३ जना बेपत्ता भएका हुन् । सोमबार अपराहृन करीब साढे ३ बजे नुहाउने क्रममा एक्कासी बढेको बाढीले बगाउँदा साविक ताप्रे-७ दाङ घर भई हाल पशुपतीघाटमा मजदुरी गर्दै आएका १८ वर्षीया संगीता नेपाली, ध्वनी नेपाली र सुनील परियार बेपत्ता...

मिडिया सेन्टर एवम् तालीम कक्ष स्थापना

पोखरा: नेपाल पत्रकार महासङ्घ, कास्कीको भवनमा रु आठ लाखको लागतमा सुविधासम्पन्न मिडिया सेन्टर एवम् तालीम कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ । पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको सो सेन्टरमा नौवटा कम्प्युटर, फोटो कपि मेसिन, स्क्यानर, प्रोजेक्टर लगायतका विभिन्न सामग्री रहेका छन् । सो नवनिर्मित मिडिया सेन्टर र तालिम कक्षको पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्दै श्रमजीवी पत्रकारको हकहित र पेशागत सुरक्षाका लागि महानगरले सक्दो सहयोग गर्ने बताउनुभयो...

साउन १ गतेदेखि मतदाता नामावली सङ्कलन

नेपालगन्ज । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको आगामी निर्वाचन प्रयोजनका लागि आगामी साउन १ देखि १५ गतेसम्म सबै जिल्लास्थित निर्वाचन कार्यालयमा मतदाता नामावली सङ्कलन कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले मतदाता नामावलीमा नाम समावेश गर्न नाम दर्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । आयोगबाट गत वैशाख ३ गते प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएका व्यक्तिले स्थायी बसोबास भएको...