गण्डकी प्रदेशमा रहेका समाचारहरु
लमजुङ । ८ स्थानीय तह रहेको लमजुङमा धमाधम मतदाता परिचय पत्र वितरण भइरहेको छ । वैशाख ३१ गते हुने स्थानीय तह चुनावमा मतदान गर्ने मतदातालाई विभिन्न मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गरिएको हो । एक सय ५५ मतदान केन्द्र रहेको यो जिल्लाको कूल मतदाता १ लाख ५ हजार ९ सय ९२ छन् । वैशाख २८ गतेबाट सुरु गरिएको मतदाता परिचयपत्र वितरण शनिबार साँझ ७ः३० बजेसम्म वितरण गरिने निर्वाचन कार्यालयले जनाएको...
भवानी अधिकारी, स्याङ्जा : गल्याङ् नगरपालिकाका मेयर पदका उम्मेदवार लालगोपाल अर्यालको घरमा सुतली बम जस्तो बस्तु फेला परेको छ । अर्याल नेपाली कांग्रेस तर्फका उम्मेदवार हुनुहुन्छ । गल्याङ् नगरपालिका ११ तुलसीभन्ज्याङ स्थित अर्यालको घरको पिडींको छेउमा राखिएको सो बम शुक्रवार बिहान देखेपछि सुरक्षाकर्मीलाई खबर गरिएको हो । अहिले सो स्थानमा जनपद, सशस्त्र र नेपाली सेनाको बाक्लो उपस्थिती छ । सुतली बम जस्तो देखिएको सो बस्तुको परीक्षण पछि निस्क्रिय पार्ने नेपाली सेनाका...
काठमाडौं : मतदान केन्द्रको सुरक्षा खलबलिए पाँचदेखि १० मिनेटभित्र त्यहाँ थप सुरक्षाकर्मी पुग्ने भएका छन् । केन्द्रीय सुरक्षा समितिको निर्वाचन सुरक्षा योजनाअनुसार मतदान केन्द्रमा आवश्यक परे तत्काल थप सुरक्षाकर्मी पुग्नेछन् ।गृह मन्त्रालयका प्रवक्ता तथा मन्त्रालयको शान्तिसुरक्षा महाशाखाका प्रमुख बालकृष्ण पन्थीले जस्तोसुकै अवस्था आए पनि हतियार नचलाई व्यवस्थापन गर्न सकिने गरी सुरक्षा योजना बनाइएको बताउनुभयो । ‘सामान्य अवस्थामा जति सुरक्षाकर्मी परिचालन गरिनेछन् त्यति नै पर्याप्त हुनेछ । त्यसबाहेक कुनै असामान्य...
वालिङ। स्याङ्जाको वालिङ नगरपालिका–११ प्रितिपका २७ दलित घरधुरीमा खानेपानीको समस्या रहेको छ । “पूरै दलित बस्ती रहेको यस ठाउँको मुख्य समस्या भनेको खानेपानीको हो”, स्थानीयवासी हरिलाल विकले भन्नुभयो, “लाइनमा बसेर जसोतसो पानी भर्छौं तर त्यो पर्याप्त छैन ।” हामीलाई पिउने पानीको निक्कै समस्या छ भने गाईवस्तुलाई खुवाउन र नुहाई धुवाई गर्ने कुरा धेरै परको भो, विक बताउनुहुन्छ । २७ घरधुरीको बीचमा एउटा धारा रहेको छ जहाँ पाँच किमी परबाट पाइपको...
नेपालगंज:। फेसबुक र ट्वीटर जस्ता ‘सोसियल मिडिया’ मार्फत आफूले समर्थन गर्ने पार्टी र उम्मेदवारको पक्षमा प्रचार-प्रसार गर्ने र विपक्षीको उछितो काढ्नेहरुले आज मध्यरातपछि होसियार हुनुपर्नेछ । मतदानको ४८ घण्टाअघिदेखि शुरु हुने मौन अवधिको आचारसंहिता उम्मेदवार र राजनीतिक दललाई मात्र होइन, सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत लागु हुने निर्वाचन आयोगले जनाएको छ। मौन अवधिमा एस.एम.एस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगको आचारसंहितमा उल्लेख छ । सामाजिक सञ्जालमार्फत मत...
दमौली । तनहुँको व्यास नगरपालिका–५ पाटनमा निर्माण हुने १४४ मेगावाट क्षमताको तनहँु जलविद्युत् आयोजनाका प्रभावित बसिन्दालाई रु ३२ करोड ९५ लाख चारहजार ८७१ मुआब्जा वितरण गरिएको छ । १७० जना प्रभावितलाई सो रकम मुआब्जा वितरण गरिएको हो । जिल्ला प्रशासन कार्यालय तनहुँकी लेखापाल राधिका गौतमले प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा दिने काम भइरहेको बताउनुभयो । जग्गाको अवस्था हेरेर प्रतिरोपनी रु दुई लाखदेखि रु आठ लाखसम्म मुआब्जा दिइएको जानकारी उहाँले दिनुभयो । आयोजनाको...
दमौली। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसवादी दलहरुलाई सँगसँगै लैजान काँग्रेस सफल भएको बताउनुएको छ । नेपाली काँग्रेस व्यास नगर समन्वय समितिद्वारा आज दमौलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले काँग्रेसले मधेसवादी दलहरुलाई सहमतिमा ल्याउने प्रयास गरिरहेका बेला नेकपा (एमाले)को ढिपीले मुलुकलाई विखण्डनतर्फ धकेल्दै लगेको आरोप लगाउनुभयो। नेता पौडेलले भन्नुभयो, “अन्य पार्टीहरु मुलुकभित्र समस्या जन्माउन सक्छन् । त्यसको समाधान काँग्रेसले मात्रै गर्न सक्छ ।” कृषि, पर्यटन र जलस्रोतको क्षेत्रमा विकास...
पोखरा । पश्चिमाञ्चलका सबै जिल्लामा चुनावी सुरक्षा तयारी पूरा भएको क्षेत्रीय प्रशासन कार्यालय पोखराले जनाएको छ ।चुनाव हुनुपूर्व, चुनावको समय र चुनावपछिको अवस्थालाई समेत मध्यनजर गरेर सुरक्षा प्रवन्ध मिलाइएको छ । क्षेत्रीय प्रशासक यामकुमारी खतिवडाले भनिन्, ‘निर्वाचनको समयमा कुनै घटना भएको पाँच मिनेटभित्रै प्रहरी घटनास्थलमा पुगेर सुरक्षा दिने ब्यवस्था मिलाएका छौं ।’ कुनै घटना भएमा सधैंझैं प्रहरीको कन्ट्रोल रुम १०० र क्षेत्रीय प्रहरीको १११३ नम्बरमा फोन गरेमा पाँच मिनेटभित्रै सुरक्षा ब्यवस्था...
बागलुङ। बागलुङ सदरमुकामस्थित नेपाल टेलिकमको कार्यालय परिसरमा करेन्ट लागेर आज बिहान दुई युवाको मृत्यु भएको छ । कार्यालयको निर्माणाधीन भवनमा मजदुरी गर्दै आएका जिल्लाको निसीखोला गाउँपालिकाका १५ वर्षीय बमबहादुर घर्ती र दुधन घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । भवन निर्माणस्थल नजिकैको रुखमा रहेको कागको गुँड रडले खसाल्न खोज्दा विद्युत्को हाइटेन्सन लाइनमा रड ठोक्किइ करेन्ट लागेको जनाइएको छ । सुरुमा बमबहादुरलाई करेन्ट लागेको देखेपछि साथीलाई बचाउन खोज्दा दुधनलाई...
म्याग्दी । भौगोलिक हिसाबले म्याग्दीको सबैभन्दा ठूलो धौलागिरि गाउँपालिकाको चुनावी मैदानमा उत्रिएका उम्मेदवारले धौलागिरिलाई पर्यटनको केन्द्र बनाउने चुनावी मुद्दालाई प्राथमिकता दिएका छन् । एक हजार ३७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको सात वटा वडा रहेको धौलागिरि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् भने एमालेका उम्मेदवार एक्लै चुनावी मैदानमा उत्रिएका छन् । साविकको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मराङ र ताकम गाविस समावेश भएको धौलागिरिमा १४ हजार १०४...