गण्डकी प्रदेशमा रहेका समाचारहरु

४ महानगरपालिकामध्ये ३ ओटामा एमालेको अग्रता, भरतपुरमा माओवादी केन्द्र

नेपालगन्ज । पहिलो चरणको निर्वाचनको मतगणना जारी रहँदा चार महानगरपालिकामध्ये तीन ओटामा नेकपा एमालेले अग्रता लिएको छ । यस्तै एक महानगरमा माओवादी केन्द्रले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार काठमाडौं, ललितपुर र पोखरा महानगरपालिकामा एमालेले अग्रता लिएको हो । यस्तै भरतपुर महानगरमा भने माओवादी केन्द्रले अग्रता लिएको हो । सर्वाधिक चासोको रुपमा हेरिएको काठमाडौं महानगरपालिकाको मतगणना रोचक बन्दै गएको छ । सुरु देखिनै पहिलो पटक चुनाव लडेका साझा पार्टीका किशोर थापाले राम्रो...

बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी

बागलुङ:बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा कांग्रेसको उम्मेदवार विजयी भएका छन् । गाउँपालिका प्रमुखमा कांग्रेस उम्मेदवार जोकलाल बुढा दुई हजार २ सय २९ मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी माओवादी केन्द्रले १२ सय ६९ मत ल्याएको थियो । यस्तै उपप्रमुखमा पनि कांग्रेसकै मानसरी शेरचन २ हजार १ सय १५ मत ल्याएर विजयी भएकी छिन् । उनको प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाले ८ सय १२ मत मात्र ल्याएको छ । जम्मा ६ वटा वडा रहेको...

मुस्ताङको लोमान्थाङ गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

मुस्ताङ:मुस्ताङमा स्थानीय तह निर्वाचनको मतगणना अनुसार लोमान्थाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सुवर्णकुमार विष्ट विजयी भएका छन् । उनी ६ सय ३ मत प्राप्त गरि विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्रका इन्द्रधारा विष्टले ४ सय ९५ मत ल्याए । अर्को अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका घुर्मीवाङदेल विष्टले १ सय ८ मत ल्याएका निर्वाचन अधिकृत चिरन्जीवी पौडेलले जानकारी दिए । यहाँ एमालेले अध्यक्षमा उम्मेदवार उठाएको थिएन । त्यस्तै, उपाध्यक्षमा कांग्रेसकै पेमा डोल्मा विष्ट...

पोखरा लेखनाथ महानगरको मतगणना सुरु

काठमाडौं । देशकै सबैभन्दा ठूलो महानगरपालिका पोखरा लेखनाथको मतगणना सुरु हुँदा एमालेले सुरुवाती अग्रता लिएको छ ।एमालेका मानवहादुर जिसीले २५ मत पाएर अग्रता लिइरहँदा कांग्रेसका रामजी कुँवरले १७ मत प्राप्त गरेका छन् । यहाँ माओवादी केन्द्रले कांग्रेसलाई समर्थन गरेको छ । उपमेयरमा एमालेकी मञ्जु गुरुङले २२ मतका साथ अग्रता लिइरहेकी छिन् भने कांग्रेसकी सरस्वती गुरुङले १३ मत प्राप्त गरेर मञ्जुलाई पछ्याइरहेकी छन् । ...

मनाङको नेस्याङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा बिजय हासिल

काठमाडौं । मनाङको नेस्याङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा बिजय हासिल गरेको छ ।भर्खरै सकिएको मतगणना अनुसार एमालेका कान्छा घले ६२७ मत प्राप्त गरी बिजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका बिनोद गुरुङले ४६१ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा एमालेकी मिंखु गुरुङले ६११ मत प्राप्त गरेर जित्दा कांग्रेसकी छिरिङ ओङमा गुरुङले ५०४ मत प्राप्त गरेको निर्वाचन अधिकृत उद्वीर नेपालीले बताए । यसअघि मनाङको चामे गाउँपालिकामा पनि एमालेका...

मनाङको चामे गाउँपालिकामा एमाले बिजयी

मनाङ । हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामे गाउँपालिकाबाट एमालेले बिजयी शुरुवात गरेको छ । चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रवहादुर घले २१४ मत प्राप्त गरी बिजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । उपप्रमुखमा भने कांग्रेसका मुनिन्द्रजंग गुरुङ बिजयी भएका छन् । उनले १६९ मत प्राप्त गरेर बिजयी हुँदा एमालेकी टिकनदेवी गुरुङ ९ मतले पछि परिन् । मनाङमा एमालेले चुनाव जितेको इतिहासमै यो...

अज्ञात समूहद्वारा एकको हत्या एक गम्भीर घाइते

दमौली । तनहँुको व्यास नगरपालिका–१ भादगाउँस्थित छाला उद्योगनजिकै आज अपराह्न अज्ञात समूहले ढुङ्गा प्रहार गरी एक जनाको हत्या गरेको छ । सोही समूहले अर्का एक जनालाई घाइते बनाएको छ । ढुङ्गा प्रहारबाट मृत्यु हुनेमा व्यास नपा–१ भादगाउँ घर भई हाल काठमाडौँ बस्दै आएका ४२ वर्षीय विक्रम परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङले बताउनुभयो । पाँच÷छ जनाको समूहले परियारलाई ढुङ्गाले हानेर गम्भीर घाइते बनाएको...

स्थानीय चुनावमा उत्साहजनक सहभागिता, ७१ प्रतिशत मत खस्यो

नेपालगन्ज । निर्वाचन आयोगले आइतबार भएको स्थानीय तह निर्वाचनमा ७१ प्रतिशत भन्दा बढी मत खसेको जनाएको छ। मतदान सकिए पछि आयोगले पत्रकार सम्मेलन गर्दै निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको बताएको छ। दलहरुसँगको छलफल पछि आजबाटै वा सोमबारबाट मतगणना सु्रु हुने आयोगले जनाएको छ। तीन स्थानमा मतदान स्थगित दोलखा, काभ्रे र कोलिकोट गरी तीन स्थानमा मतदान स्थगित भएको छ । दोलखाको मेलुङ गाउँपालिकाको सत्येश्वरमा बुथ कब्जा गर्न खोज्ने र प्रहरीबीच झडप हुँदा सुरक्षाकर्मीको गोलीबाट एक जनाको...

कास्कीमा स्थानीय तहको चुनाव शान्तिपूर्ण रुपमा मतदान हुदै

सन्देश श्रेष्ठ/पोखरा । पहिलो पटक हुन लागेको स्थानीय तहको चुनाव कास्कीमा शान्तिपूर्ण रुपमा सुरु भएको छ ।कास्कीको पोखना लेखनाथ महानगरपालिकामा मतदाताहरुले शान्तिपूर्ण रुपमा मतदान गरेका छन् । विहान ७ बजेदेखि नै मतदान शुरु भएको छ । मतदाताहरु उत्साहित देखिएका छन् ।मतदानको सुरु मै पोखरा लेखनाथ महानगरपालिकाका मेयरका प्रत्यासीहरुले मतदान गरेका छन् । मेयरका अधिकांश उम्मेदवारहरुले आ-आफ्ना मतदान केन्द्रबाट मत खसालिसकेको मतदान अधिकृतहरुले जानकारी दिएका छन् । पोखरा लेखनाथ महानगरपालिकाका कांग्रेसका तर्फबाट...

३४ जिल्लामा स्थानीय निर्वाचन शुरु

काठमाडौं । संघीय संरचना अनुसार स्थानीय तह चयनका लागि आज ३४ जिल्लामा मतदान हुँदैछ ।विहान ७ बजेबाट मतदान सुरु भएको छ। पहिलो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहमा स्थानीय जनप्रतिनिधि चयनका लागि मतदान हुन हुदैछ । मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ । मतदानका लागि ४९ लाख ५६ हजार ९ सय २५ मतदाता छन् । मतदानका लागि झण्डै चार हजार मतदान स्थलमा मतदान भईरहेको छ...